शुक्र, असार १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नगरपालिकामा दुई महिनादेखि तालाबन्दी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नगरपालिकामा दुई महिनादेखि तालाबन्दी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सर्लाही । आर्थिक वर्षको अन्तिममा अन्य पालिकामा धमाधम निर्माणका काम भइरहे पनि सर्लाहीको हरिपूर्वा नगरपालिकामा भने दुई महिनादेखिको तालाबन्दी अझै खुल्न सकेको छैन् । चालू आर्थिक वर्ष २०७९–८० सक्किन अब करिव एक महिना बाँकी रहँदा तालाबन्दीका कारण हरिपूर्वा नगरपालिकामा कुनै योजना सञ्चालन हुन नसकेको हो । यो वर्ष नगरको करोडौँ विकास बजेट खर्च नहुने अवस्था छ ।

राजनीतिक विवादकै कारण यो नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत आउन मानिरहेका छैनन् । दुई महिनाको अवधिमा चार जना प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गराएर पठाइएको छ ।  यसअघि पहिलो कार्यकालका जनप्रतिनिधिले पाँच वर्ष विवादै विवादमा विताउँदा विकास निर्माण ठप्पजस्तै बनेको हरिपूर्वा नगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएको एक वर्ष नाघिसक्दा फेरि उस्तै समस्या देखिएको हो । फरक राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिबीचको द्वन्द्वका कारण नगरपालिकाको नगरसभा नै ढिलोगरी भयो ।

गत मङ्सिरमा नगरसभा भए पनि विकासको काम अघि बढ्न सकेन । नगरपालिकाको भवन निर्माण गर्ने स्थान, प्रहरी चौकी निर्माण, कार्यालय सहयोगी भर्नाजस्ता विषयमा जनप्रतिनिधि र राजनीतिक दलबीच कुरा नमिल्दा तालाबन्दीको अवस्था आएको हो ।

नगरप्रमुख विनोद साह तेली आफै निर्वाचित भएको दल नेपाली कांग्रेससहित नेकपा (एमाले), जनता समाजवादी पार्टी, माओवादी केन्द्रसहितको पार्टीहरूले बिकाउ यादवको नेतृत्वमा गठन गरेको सर्वदलीय सङ्घर्ष समितिले आफ्नै जमिनमा नगरपालिकाको कार्यालय भवन बनाउनु पर्ने, प्रहरी चौकीका लागि खरिद गरेकै जमिनमा भवन बनाउनु पर्नेलगायतका नौ बुँदे माग राखेको छ ।

माग पूरा गर्न नगरपालिकाले चासो नदिएपछि सङ्घर्ष समितिले नगरप्रमुख साह, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको कोठामा दुई महिना अघिदेखि तालाबन्दी गरेको छ । सङ्घर्ष समितिका संयोजक यादवले नगरप्रमुखबाट आफूहरुको माग सुनुवाई नभएकाले तालाबन्दी जारी रहेको बताउनुभयो ।

नगरपालिकाको तालाबन्दी खुलाउन जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले प्रयास गरे पनि सफल हुन सकेको छैन् । नगरप्रमुख र सङ्घर्ष समितिबीचको टकराबले विकास निर्माणका काम ठप्प हुँदा हरिपूर्वा नगरपालिकाका स्थानीयले चिन्ता व्यक्त गरेका छन् । नगर प्रमुख विनोद साह तेलीले नगरको विकासका लागि आफू लागिपरे पनि सङ्घर्ष समितिले दुई महिनादेखि तालाबन्दी गरी असहज स्थिति सिर्जना गरेर काम गर्न नदिएको गुनासो गर्नुभयो । गाेरखापत्र

यो पनि पढ्नुहोस्

जापानमा पहिरोको जोखिम बढ्याे

जापानमा पहिरोको जोखिम बढ्याे

२० मिनेट अगाडि
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य  निर्धारण

आज सुनको मूल्य बढ्याे

२६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ प्रतियोगिताको तयारी पूरा

जापानमा पहिरोको जोखिम बढ्याे

एलपिजीमा लगाइएको प्रतिबन्ध हट्याे

भेनेजुएलामा भूकम्पबाट ३२ जना को मृत्यु हुँदा ७०० घाइते

विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक