बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

गोकर्णेश्वर नगरपालिकाको एक गुम्बामा दादुरा फैलिँदा ५४ जना संक्रमित 

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
गोकर्णेश्वर नगरपालिकाको एक गुम्बामा दादुरा फैलिँदा ५४ जना संक्रमित 
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका आरुबारीमा रहेको एक गुम्बामा दादुरा फैलिँदा ५४ जनामा संक्रमण देखिएको छ।

परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका खोप अधिकृत भरत भण्डारीका अनुसार गोकर्णेश्वरमा रहेको एक बौद्ध गुम्बामा दादुरासँग मिल्दोजुल्दो लक्षण भएका ५४ जना बिरामी फेला परेपछि यी मध्ये ४ वटा नमूनालाई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रगत परीक्षण गर्दा दादुरा पुष्टि भएको हो।

‘आरुबारीमा रहेको एउटा गुम्बामा ५० जना दादुराका लक्षण भएका बिरामी भेटिएका थिए तीमध्ये ५ वटा नमुना परीक्षण गर्दा दादुरा पुष्टि भएको छ यही आधारमा हामीले ५४ जना नै दादुराको बिरामी भएको मानेर आइसोलेसनम राख्न भनिएको छ’ भण्डारीले भने

‘ल्याब रिपोर्टमा ४ जनामा पुष्टि भए पनि लक्षण देखिएका सबै दादुराका बिरामी हुन् किनकि संक्रमण पुष्टि भएका बिरामीसँगै बसेका उनीहरूमा सबै दादुराकै लक्षण देखिएको छ।’

दादुरा संक्रमण देखिनेमा ३ वर्षा बालबालिकादेखि ३८ वर्ष सम्मका युवा रहेको खोप अधिकृत भण्डारीले बताए।

उनले भने, ‘उक्त गुम्बामा जम्मा ५६० जना बस्नुहुँदो रहेछ जसमध्ये ५४ जनामा दादुरा संक्रमण देखिएको हो यसरी भेटिएका बिरामीहरू ३ वर्षदेखि ३८ वर्ष सम्मको हुनुहुन्छ तर धेरैजसो १५ वर्षमुनिका हुनुहुन्छ।’

यसरी भेटिएका बिरामीमध्ये धेरैले दादुरा विरुद्धको खोप नलगाएको पाइएको समेत खोप अधिकृत भण्डारीले बताए।

हावाको माध्यमबाट छिटो फैलने हुँदा दादुराको एक केसलाई नै महामारीको रूप लिने गरिन्छ तर काठमाडौंमा एकै ठाउँमा नै ५४ जना बिरामी भेटिँदा संक्रमण फैलने जोखिम छैन? भन्ने थाहाखबरको प्रश्नमा भण्डारीले भने, ‘गुम्बाभित्र संक्रमण देखिएको हुँदा त्यसभित्र रहनु भएकाहरु खासै बाहिर ननिस्कने हुँदा समुदायमा संक्रमण फैलने जोखिम कम रहेको र अहिले संक्रमण पुष्टि भएका बाहेककालाई समेत निगरानीमा राखिएको छ।’

हाल संक्रमण देखिएकाहरूलाई आइसोलेसनमा राखिएको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको समेत भण्डारीले बताए। ‘हामीले निगरानी गरिरहेका छौँ उता स्थानीय तहले पनि काम गरिरहनु भएको छ गुम्बाभित्र भएको हुँदा बाहिर समुदायमा खासै फैलने जोखिम छैन तर त्यस आसपासको क्षेत्रलाई हामीले जोखिम भनेर निगरानी गरिरहेका छौँ, आवश्यकता भए खोप कार्यक्रमण पनि सन्चालन गर्ने हामीले तयारी गरिरहेका छौँ’  खोप अधिकृत भण्डारीले भने।

सन् २०२३ मा नेपाललाई दादुरा रुबेलामुक्त घोषणा गर्ने नेपाल सरकारको लक्ष्य रहेको थियो। सन् २०२३ मा नेपालमा दादुरा रुबेला रोगको अन्त्य गर्ने लक्ष्य राखिएको भए पनि १२ पुस २०७९ मा बाँकेको नेपालगञ्जबाट ‘आउट ब्रेक’ भएको थियो।

पुसमा नेपालगञ्जमा पनि १५ वर्षमुनिका बालबालिकामा दादुरा रुबेला महामारीको रुपमा देखिएको थियो र एकजनाको मृत्यु भएको थियो।

दादुरा संक्रमण फैलिन थालेपछि सरकारले पुन: सन् २०२६ सम्म नेपाललाई दादुरा तथा रुबेलामुक्त देश बनाउने लक्ष्य लिएको छ।  दादुराको एकजना बिरामीले १८ जना सम्मलाई संक्रमण सार्न सक्ने हुँदा दादुरा संक्रमणलाई निकै छिटो फैलन संक्रमणको रूपमा लिने गरिन्छ।

दादुरा संक्रमण फैलँदै गएपछि  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नौ जिल्लाका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ। स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका अनुसार आजदेखि नौ जिल्लामा दादुरा रुवेलाविरुद्धको खोप अभियान सुरु गरिएको हो।

सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइने भएको हो।

यसअघि अघिल्लो वर्षमा सार्वजनिक नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले पनि नेपालमा पछिल्लो ५ वर्षमा बालबालिकालाई लगाइने नियमित खोपको कभरेज घटेको देखाएको थियो।

२३ महिनासम्मका बालबालिकामा लगाउनुपर्ने क्षयरोगविरुद्ध बिसिजी खोप डिपिटी पोलियोको खोप दादुरा-रुबेला जस्ता लगाउनैपर्ने खोप विगत पाँच वर्षमा ४ प्रतिशत बालबालिकाले नलगाइएको पाइएको थियो।

के हो दादुरा?

दादुरा श्वासप्रश्वासको माध्यमबाट सर्ने र सजिलै फैलिने खालको सरुवा रोग हो। मिजल्स भाइरसको संक्रमणको कारण यो रोग लाग्ने गर्छ। खासगरी यस रोगले कुपोषित बच्चाहरूको बढी मृत्यु गराउँछ।

दादुराले फोक्सोको संक्रमण भएपछि निमोनिया, मस्तिष्कको संक्रमण, मुटुको संक्रमण, कलेजोको संक्रमण‚ मिर्गौलाको संक्रमण, कानको संक्रमण, आँखाको संक्रमण र रगतमा प्लेटलेटको मात्रा कम गराई रगत बग्ने जस्ता जटिल खालका स्वास्थ्य समस्या निम्त्याउँछ।

दादुरा रोग लागेका बालबालिकालाई पोषिलो खाना र झोलिलो खाने कुरा जरुरी हुन्छ। दादुरा रोग अतिसंक्रमित रोग भएकाले यस रोगको प्रतिरोधात्मक क्षमता कम भएका बालबालिका रोगीको सम्पर्कमा आएमा दादुरा रोगबाट संक्रमित हुन्छन्।

यो पनि पढ्नुहोस्

पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

२२ मिनेट अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

भोलिदेखि पश्चिम नेपालका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने संकेत

३९ मिनेट अगाडि

दादुरा रोगीको नाक तथा घाँटीबाट निस्किने तरल पदार्थको सम्पर्कमा आउँदा, हाच्छ्युँ गर्दा र खोक्दा यसका विषाणु हावामा फैलिन्छन् र यो रोग सर्ने गर्दछ।

दादुरा सरुवा रोग भएका कारण संक्रमण देखिएका बिरामी खोक्दा, खाने कुरा बाँडेर खाँदा, एउटै कपडा पालैपालो गरेर प्रयोग गर्दा अन्य व्यक्तिमा सर्छ। दादुरा संक्रमित बालबालिकामा ज्वरो आउनु र शरीरमा राता बिमिरा देखा पर्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने जस्ता लक्षण देखिन्छ।

समयमै उपचार नहुँदा दादुराको संक्रमणबाट बालबालिकाको मृत्यु हुने जोखिम पनि हुन्छ। विशेषगरी कुपोषित बालबालिकाहरूमा दादुरा संक्रमण भयो भने मृत्यु हुने जोखिम हुन्छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नक्कली भुटानी शरर्णर्थी प्रकरणमा फैसला

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

उठिबास पीडित सुकुम्बासीहरूलाई ती होल्डिङ्ग सेन्टरबाट हट्न अल्टिमेटम दिने

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले गर्यो कार्यसमिति विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक