आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

नेपालीले ओडिसा रेल दुर्घटनाः आफन्तको शव खोज्दै

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपालीले ओडिसा रेल दुर्घटनाः आफन्तको शव खोज्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रेल दुर्घटनामा मारिएका भाइ र बहिनीको छोराको शव खोज्न दुई दिदीबहिनी सहित चार जना आफन्त भुवनेश्वरका अस्पतालमा भौंतारिइरहेका छन्।

भारतको ओडिसा राज्यको बालासोर जिल्लामा तीन दिनअघि भएको रेल दुर्घटनाले अवरुद्ध रेलसेवा शुरू भएपछि २७५ जनाको ज्यान लिएको शताब्दीकै घातक भनिएको दुर्घटनाको पीडाले मृतकका आफन्तजनलाई पिरोलिरहेकै छ।

दुर्घटनामा ज्यान गुमाउनेका आफन्तहरू अहिले भुवनेश्वरका अस्पतालमा आफन्तको शव खोज्न भौंतारिइरहेका छन्। यसरी भौंतारिनेमा नेपालबाट आएका दुई दिदीबहिनी सहित चार जना आफन्त पनि छन्। उनीहरूलाई कहाँ जाने र कसलाई सम्पर्क गर्दा आफन्तको शव पाउन सकिएला भन्ने अन्योल छ। जेठ २२ गते भुवनेश्वर आइपुगेका उनीहरू आफन्तको शव खोज्दै त्यहाँ तीन वटा अस्पताल पुगिसके। तर, कहीं पनि उनीहरूले आफन्तको पत्तो पाउन सकेका छैनन्।

उनीहरूले बताए अनुसार उनीहरूका दुई जना आफन्त ‘कोरोमण्डल एक्सप्रेस’ मा यात्रा गरिरहेका थिए। उनीहरूले एक जना आफन्तको शवको पहिचान गरे पनि अर्को शवको खोजीमा किम्स अस्पताल, त्यसपछि क्यापिटल अस्पताल र अन्त्यमा एम्स अस्पताल पुगे। त्यहाँ उनीहरूले रात बिताएर फेरि शव खोजी कार्य जारी राखे।

“मेरा भाइ र बहिनीका छोरा नेपालबाट आएका थिए। उनीहरू शुक्रबार साँझ ७ बजेतिर रेल चढेका थिए जुन रेल पछि दुर्घटनामा पर्‍यो। हामीले एक जनाको शवलाई त चिन्यौं, तर अर्को शवको खोजीमा भौंतारिइरहेका छौं। हामीसँग भएको फोटो लगायत सबै कुरा अधिकारीहरूलाई देखाए पनि हाम्रा सबै प्रयास व्यर्थ भइरहेका छन्। उनीहरू हामीलाई अर्को अस्पतालमा जानू भन्छन्,” दुई मध्ये एक दिदीले आँखाभरि आँसु पार्दै भनिन्।

“शुक्रबार साँझ उद्धार कार्यमा लागेका एक स्थानीयले भाइको मोबाइलबाट हामीलाई फोन गरेर ‘तपाईंको आफन्तको रेल दुर्घटनामा मृत्यु भयो’ भन्ने समाचार दिए। त्यसपछि हामी बालासोर आयौं। यहाँका अस्पतालहरूमा गयौं, तर शव पाउन सकेनौं। भुवनेश्वर पनि गयौं। त्यहाँका तीनवटै अस्पतालमा जाँदा पनि शव पाउन सकेका छैनौं। अब के गर्ने हो, तपाईं नै भन्नुस्,” एक जना आफन्तले भने।

ओडिसा टिभीको अनलाइन संस्करणमा प्रकाशित प्रदीप पटनायकको रिपोर्टको नेपाली रूपान्तर।
https://www.himalkhabar.com/news/136253

यो पनि पढ्नुहोस्

अमेरिकी कंग्रेसको आज देशभर मतदान

अमेरिकी कंग्रेसको आज देशभर मतदान

५ दिन अगाडि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप

ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

एनपीएलमा आज एक खेल मात्र हुँदै

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक