आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तुइनकै भरमा कर्णाली नदी वारपार गर्नुपर्ने बाध्यता

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
तुइनकै भरमा कर्णाली नदी वारपार गर्नुपर्ने बाध्यता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हुम्ला, २१ जेठ । राष्ट्रिय सडक सञ्जाल नजोडिएको माथिल्लो हुम्ला आउजाउ गर्न पैदल यात्रुहरुलाई अहिले पनि तुइनकै भरमा कर्णाली नदी वारपार गर्नुपर्ने बाध्यता छ। तुइन निर्माण गरिएका स्थानमा झोलुङ्गे पुल निर्माण नभएको कारण पैदल यात्रुुहरुलाई कर्णाली नदी तर्न तुइनको प्रयोग गर्नुपर्न अवस्था छ ।

सर्केगार्ड गाउँपालिका– २ को लेप्चेमा कर्णाली नदी पार गर्न तुुईन तर्दै गर्नुभएको पैदल यात्रु युकेस बोहराले यसरी नदी पार गर्नु रहर नभएर बाध्यता भएको बताए । सर्केगार्डबाट सिमकोटतर्फ आउँदै गरेका उनले स्याल्तडीको झोलुङ्गे पुल तर्दा डेढ घण्टाको बाटो लामो हिँड्नुपर्ने भएपछि ल्याप्चेमा तुुईन तर्नु परेको बताए । उनले पैदल यात्रुहरु जोखिम भएपनि बाटो छोटो हिँड्नुपर्ने भएपछि तुइनमै चढेर नदी पार गर्ने गरेको बताए ।

तुइन चढेर तर्ने क्रममा हावा लागेर उहाँले आफ्नो टोपी समेत गुमाउनु परेको थियो । कर्णाली करिडोरको सडक निर्माण गरी रहेको नेपाली सेनाले ल्याप्चेमा तुइन निर्माण गरेको छ । यसअघि सो स्थानमा स्थानीयले निर्माण गरेको तुइन थियो । तर अहिले सेनाले आफू पनि नदी वारपार गर्नका लागि निर्माण गरेको तुइन भने राम्रो छ । सो स्थानमा तुइन नतरेर पैदल यात्रुहरुले जानुपर्ने रिपगार्ड, लिप्ने, राता पानी, जिउसा हुँदै स्याल्तडी निस्केर झोलुङ्गे पुल तर्नु पर्दा साढे दुुई घण्टा हिँड्नुपर्छ ।

स्याल्तडीबाट सेना निर्माण गरेको सडकबाट आए पैदल हिडे एक घण्टामा तुइन निर्माण भएको स्थानमा पुग्न सकिन्छ । अर्का पैदल यात्रु राजे बुढाले ल्याप्चेको तुइनमा दैनिक एक सयसम्म पैदल यात्रुहरुले तर्ने गरेको बताउँदै डर लागेपछि समय छोटो लाग्ने भएको कारण तुइन तरेर नदी पार गरेको बताए । डर मान्ने यात्रुहरु भने झोलुङ्गे पुल तर्ने हिसावले लामै बाटोबाट जाने गर्छन् । तुइन तार्नका लागि भने कोही पनि बसेको हुँदैन । यसका लागि पैदल यात्रु तुइन तर्न सक्ने हुनुपर्छ ।

तुइन तर्न नजान्ने पैदल यात्रुहरुले भने अन्य मानिस आउन्जेल तुइन पार गर्ने स्थानमा कुरेर बस्नुपर्ने हुन्छ । यस्तै, हाल तुइनमै नदी पार गर्नुपर्ने अवस्था खार्पुनाथ गाउँपालिकाको लालीबगर, सर्केगार्ड गाउँपालिकाको दुल्लीकुना, अदानचुली गाउँपालिकाको गल्फागार्ड रहेका छन् ।

यो पनि पढ्नुहोस्

फूल–माला बिक्री वितरणमा रोक

फूल–माला बिक्री वितरणमा रोक

२३ मिनेट अगाडि
सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

७ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

एनपीएलमा आज एक खेल मात्र हुँदै

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक