शनि, जेष्ठ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अदालत

नेता रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा सर्वोच्चले कारण देखाउ आदेश

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नेता रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा सर्वोच्चले कारण देखाउ आदेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं– टीकापुर घटनामा दोषी ठहर भएका ‘थारु नेता’ रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको मंगलबारको इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो। सिंहको इजलासले उक्त मुद्दामा अग्राधिकार दिने आदेश समेत जारी गरेको छ। कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा तीनै तहका (जिल्ला, उच्च र सर्वोच्च) अदालतबाट दोषी ठहर भएका चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा आममाफी दिएका थिए।

टीकापुर घटनाका पीडित शारदा कडायत बोहोराले दायर गरेको रिटमाथि मंगलबार पहिलो सुनुवाइ भएको हो। यसअघि न्यायाधीशहरु आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासमा पेस परेपनि हेर्न नभ्याइने हुँदै सुनुवाइ सरेको थियो। मंगलबार रिट दायरकर्ताको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ता हरि प्रसाद पंगेनी, अधिवक्ता रामचन्द्र पौडेल, अधिवक्ता लोकेन्द्र सिंह धामी, अधिवक्ता चेत बहादुर थापा लगायतले बहस गरे।

अधिवक्ता पंगेनीले ३ वटै अदालतबाट गरेको फैसलालाई उल्टाउने अधिकार राष्ट्रपतिलाई नभएको तथा क्रूर यातनासहितको अपराधमा आममाफी दिनु विधिको शासनको उपहास भएको जिकिर गरे। रिटमा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ। सर्वोच्चको कारण देखाउ आदेशपछि अब राष्ट्रपति कार्यालयले आममाफीका सन्दर्भमा लिखित जवाफ पेस गर्नुपर्नेछ। अग्राधिकार दिने आदेश समेत भएकाले अब मुद्दाको पेसी पनि अग्र भागमा चढ्नेछ।

यो पनि पढ्नुहोस्

राप्रपाको केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग

राप्रपा फेरि विभाजन

१३ घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

सेयर काराेबार घट्याे

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

उपत्यकाकाे झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने

तातो हावाको कारण कम्तिमा २० जिल्ला प्रभावित हुने पूर्वानुमान

ट्रेड यूनियन अधिकर कुण्ठित गर्ने कदम विरुद्ध जेनेभामा विषय उठाउँछौंः जेटियुसिसि अध्यक्ष श्रेष्ठ

Urban Dabali Highlights the Medieval Urbanism and Architectural Heritage of Mithila/Tirhut

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक