आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भए अर्थमन्त्री जवाफदेही हुनुपर्छः पूर्वअर्थमन्त्री खतिवडा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भए अर्थमन्त्री जवाफदेही हुनुपर्छः पूर्वअर्थमन्त्री खतिवडा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न रहेको भए अर्थमन्त्री जवाफदेही हुनुपर्ने बताएका छन्।

काठमाडौंमा सोमवार आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोष्ट बजेट– अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तक्रिया कार्यक्रममा डा. खतिवडाले गत वर्षजस्तै यो वर्ष पनि बजेट बनाउँदा अनधिकृत व्यक्ति छिरेको आशंका गरेर मिडियामा समाचार आउन थालेको भन्दै त्यो सत्य नहोस् भन्ने पक्षमा आफू रहेको बताए।

उनले यो वर्ष पनि करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश भए अर्थमन्त्री कठघरामा उभिनुपर्ने बताए। उनले पनि अघिल्लो वर्षमा भएका करका अनियमितता हल र कोष करेक्कन नभएको बताए। उनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षका बजेट कमजोर जगमा बनेको बताए।

उनले कसैलाई खुशी पार्न नसक्ने बजेट आलोचित हुने बताए। उनले स्टक्चर बनाउन खोजेको छ तर जग पनि कमजोर रहेको बताए। उनले बजेट कमजोर जगमा बनेकाले कार्यान्वयन र लक्ष्य हासिल हुने कुरामा प्रश्न उठ्ने बताए।

उनले विद्युतीय सवारी साधनमा सरकारले अहिले नै प्राथमिकता दिनुपर्ने बेला नभएको बताए। उनले विद्युतीय सवारी साधनले मात्रै वातावरण प्रदूषण नगरेको भन्दै काठमाडौंमा चल्ने सवारी साधन मात्रै नभएर आन्तरिक अन्य कारण प्रदूषण भइरहेको बताए।

उनले प्रदूषणको कारण गाडी मात्र नभएको बताए। उनले नेपालमा सिम्टा बालेर बस्ने, पुल्ठो बालेर बस्ने, प्लास्टिक बालेर आगो ताप्ने मानिस रहेको भन्दै यसमा पनि ध्यान दिनुपर्ने बताए।

उनले अहिले सबै विद्युतीय गाडीको पछि लागेको भन्दै विद्युत् खपतमा सरकारले औद्योगीकरण र उद्योगलाई विद्युत् सस्तो बनाउन आवश्यक रहेको बताए।

उनले विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई लक्ष्य गरी विद्युतीय सवारी साधनले मात्रै विद्युत् खपत नहुने बताए। उनले विद्युतीय सवारी साधनले बढीमा २ सय मेगावाट पनि विद्युत् खपत नहुने भन्दै ४ हजार मेगावाटसम्म खपत हुन नसक्ने बताए।

उनले सस्तोलोकप्रियताका लागि मात्रै अर्थमन्त्री हुनु नहुने र अहिले गाली खाए पनि पछि वाहीवाही पाइने बताए। उनले अर्थमन्त्रीले लोक रिझाइभन्दा पनि गाली खाने गरी बजेट निर्माण गर्न सक्नुपर्ने बताए।

यो पनि पढ्नुहोस्

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

२ दिन अगाडि
मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक