सिमकोट – भन्सार छलेर सदरमुुकाम सिमकोटमा सामान ल्याउँदै गरेको ट्र्याक्टर सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको छ।
चीनको ताक्लाकोटबाट हिल्सामा ल्याईएको सामान ट्र्याक्टरमा सदरमुुकाम सिमकोट ल्याउने क्रममा सशस्त्र प्रहरीको गस्तीमा रहेको टोलीले सिमकोट गाउँपालिका–६ को लादेबाडा ओखरको बोटबाट नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मको सशस्त्र प्रहरीको गस्ती टोलीले भन्सार नतिरी सामान ओसारी रहेको ट्र्याक्टकर नियन्त्रणमा लिएको जनाएको छ।
गस्ती गर्ने क्रममा ट्र्याक्टरमा लत्ता कपडा लोड भएको ट्र्याक्टर आई रहेको देखेपछि गस्तीको सशस्त्र प्रहरीले चालकलाई सोधेको र चालकले भन्सार तिरेको जवाफ दिएपछि कागज देखाउन प्रहरी आग्रह गरेको थियो। गस्ती टोलीलाई आवश्यक कागजात ल्याएर आउँछुु भनेर चालक निस्केको र त्यसपछि फिर्ता नआएर फरार रहेका छन्। सामान सहितको ट्र्याक्टर सशस्त्र प्रहरी नियन्त्रणमा रहेको छ। एक ट्र्याक्टर लत्ता कपडा रहेको छ।
लुु ४ त ८४०३ नम्बरको ट्र्याक्टर छ। सिमकोट गाउँपालिका– ६ को माथिल्लो गाउँमा सडक निर्माण भइरहेको कारण ट्र्याक्टरलाई प्रहरीकोमा ल्याउन समस्या भई रहेको र प्रहरीले सामान मात्र ल्याएर भन्सार बुुझाउने कार्य अगाडि बढाउने तयारी गरेको छ।
सामान के–कति मूल्य बराबर रहेको भन्ने भन्सार तिरेपछि थाहा हुनेछ। चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।


