आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

बजेटमा माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारी आन्दोलित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
बजेटमा माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारी आन्दोलित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। बजेटमा आफ्ना माग नसमेटिएको भन्दै विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरु आन्दोलित बनेका छन् । सरकारले नीति तथा कार्यक्रममा विद्यालयका माग सम्बोधन गरेपनि बजेटमा नसमेटिएपछि विद्यालय कर्मचारी आन्दोलित बनेका हुन् ।

बुधवार शिक्षा पत्रकार समूहमा पत्रकार सम्मेलन गर्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । जसअनुसार जेठ २० गतेदेखि २६ गतेसम्म विद्यालयको तालाचावी बुझाई सम्पूर्ण विद्यालय कर्मचारीहरुले सम्बन्धित जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना दिने जनाइएको छ । त्यस्तै, जेठ २७ गतेदेखि असार १ गतेसम्म काठमाडौंस्थित भद्रकालीमा रिले अनशन बस्ने विद्यालय कर्मचारी परिषद्ले जनाएको छ । यति गर्दा पनि सरकारले माग सम्बोधन नगरे आगामी असार २ गतेदेखि माग पूरा नहुञ्जेलसम्म सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्ने परिषद्ले जनाएको छ ।

नीति तथा कार्यक्रममा समावेश बुँदा नम्बर १२७ बजेटबाट गायब भएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए । तिवारीले मुलुकभरका सामुदायिक विद्यालयहरुमा न्युन वेतनमा कार्यरत कर्मचारीको पीडा बुझ्न नसकेको र उनीहरुको मागप्रति सरकार संवेदनशील हुन नरहेको आरोप लगाए । ‘विद्यालय कर्मचारीहरुले शिक्षक महासंघ र दलका नेताहरुबाट धेरै आश्वासन पाए तर अधिकार पाएनन्, अब सडकबाटै माग सम्बोधन गराएरै छाड्छौं’–तिवारीले भने, ‘अब कुनैपनि नेताको दैलोमा धाउँदैनौं, आन्दोलनबाटै अधिकार प्राप्त गरेरै छाड्छौं ।’

नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले सरकारले नीति तथा कार्यक्रमको व्यवस्था बजेटमा नसमेटेर १० दिनमै विद्यालय कर्मचारीको विश्वास गुमाएको बताए । १० दिनमै कर्मचारीका विश्वास गुमाउने सरकारले जनताको विश्वास गुमाउन धेरै समय नलाग्ने उनले चेतावनी दिए । अब घोषित आन्दोलनबाट एक इञ्च पछाडि नहट्ने भन्दै महासचिव योगीले माग पूरा नभएसम्म मुलुक भरका सामुदायिक विद्यालयको पठनपाठन ठप्प पार्ने बताए । योगीले अहिलेको अवस्थामा काम गर्न नसकिने भन्दै विद्यालयको तालाचावी स्कुललाई बुझाएर आन्दोलनमा होमिने बताए । आफूहरूको चाहना विद्यालय बन्द गर्नु नरहेको भन्दै बाध्य हुनुपरेको महासचिव योगीको भनाइ छ ।

हाल मुलुकभर सामुदायिक विद्यालयमा विद्यालय सहयोगी २७,८९० र लेखा सहायक ७,१ ७८ गरी ३५ हजार ६८ विद्यालय कर्मचारी कार्यरत रहेका छन् । तर, विद्यालय पियनले मासिक ८ हजार र लेखापालले मासिक १३, ५०० मात्रै पारिश्रमिक पाउँदै आएका छन् । उनीहरुको व्यवस्थापनका लागि थप ७ अर्ब ८१ करोड २६ लाख रकम लाग्ने भनेर शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निणय गरी प्रक्रिया अगाडि बढाएको भएपनि बजेटमा नसमेटिँदा विद्यालय कर्मचारी आन्दोलित बनेका हुन् ।

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

१५ घण्टा अगाडि
नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक