काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुधबार पत्नी निकिता पौडेलसहित भारत भ्रमणमा गएका छन्।
रास्वपा स्रोतका अनुसार लामिछाने व्यक्तिगत कामका लागि मुम्बईतर्फ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल चारदिने भ्रमणका लागि भारत गएकै दिन रास्वपा सभापति लामिछाने पनि भारत भ्रमणमा निस्किएका हुन्।
आफू मुम्बईयात्रामा निस्केपछि लामिछानेले संसदीय दलको कार्यबाहक नेतामा काठमाडौँ ८ बाट निर्वाचित सांसद विराजभक्त श्रेष्ठलाई जिम्मेवारी दिएका छन्।


