शनि, असार २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार शिक्षा

त्रिवि पनिकाको नमूना लापर्वाही !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
स्वतन्त्र विद्यार्थी युनियन  निर्वाचनमा रङ्रोगन र पोस्टर टासेर प्रचारप्रसार गर्न नपाइने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा कक्षा सकिएको महिनौंपछि मात्र परीक्षा सञ्चालन हुने गरेको विद्यार्थीले गुनासो चाैतर्फि हुँदा पनि माैन छ ।  परीक्षाको नतिजा थाहा पाउन १८ महिनासम्म कुर्नुपर्ने विद्यार्थीले परीक्षा दिन पढाइ सकिएको १२ महिनासम्म प्रतीक्षा गर्नुपर्ने बाध्यता अझै कायम रहेकाे छ ।

निर्धारित समयमा कोर्स पूरा भए पनि परीक्षा आवेदन फाराम नखुल्ने, समयमा रुटिन नआउने समस्याले महिनौंसम्म परीक्षा पछाडि धकेलिने गरेको विद्यार्थीको भनाइ छ ।

मानविकी संकाय स्नातकमा २०७७ चैतमा भर्ना भएका विवेक वर्णवाल गत मंसिरदेखि कोर्स सकेर दोस्रो वर्षको परीक्षाको तयारीमा छन् । विश्वविद्यालय र क्याम्पसमा सरासर पढाइ र तालिकाअनुसार परीक्षा लिइएको भए उनी तेस्रो वर्षमा हुन्थे । तर परीक्षा नियन्त्रण कार्यालयले दोस्रो वर्षको परीक्षा आवेदन फाराम मंगलबार मात्रै खुलाएको छ । ‘कक्षा सकिएको ७ महिना भइसक्यो, फाराम बुझाउनै एक महिना लाग्छ, कहिले रुटिन आउने र परीक्षा दिने रु,’ अनिश्चियको भावमा प्रश्न गर्दै उनले भने, ‘४ वर्षे स्नातक पूरा गर्न ६ वर्ष लाग्छ जस्तो छ ।’ परीक्षा आवेदन खुलेपछि रुटिन आउन र परीक्षा सञ्चालन हुन कम्तीमा ३ महिना लाग्छ ।

विवेकसहितका विद्यार्थीको पहिलो वर्षको नतिजा जाँच सकिएको १४ महिनापछि सार्वजनिक भएको थियो भने अघिल्लो ब्याचको नतिजा १८ महिनामा भएको थियो । मानविकी, व्यवस्थापन, शिक्षा, विज्ञान, प्रविधि संकायका हजारौं विद्यार्थी दोस्रो वर्षको परीक्षाको तयारीमा छन् । २०७८ मा भर्ना भएका विद्यार्थी पहिलो वर्षको परीक्षा दिएर दोस्रो वर्षको पठनपाठन गर्दै छन् । तेस्रो वर्षको कक्षामा हुनुपर्ने विद्यार्थी परीक्षा नहुँदा दोस्रो वर्षमै छन् ।

‘सबै संकायमा समयमा परीक्षा सञ्चालन नहुँदा प्रत्येक कक्षामा ब्याच खप्टिएको छ,’ त्रिचन्द्र क्याम्पसका एक सहप्राध्यापकले भने, ‘एउटै वर्षमा दुई गुप्र विद्यार्थी खप्टिएर बसेका छन्, एउटा पढाइ सकेका अर्को पढ्दै गरेका गुप्र छन् ।’ स्नातक तहको पहिलोदेखि चौथो वर्षसम्म एउटै समस्या रहेको उनले औंल्याए । वैशाखमा कक्षा १२ को परीक्षा सकिएको छ । तर अघिल्लो वर्षको स्नातकको पहिलो वर्षको पढाइ भर्खरै चैतबाट सुरु भएको छ । त्रिविको यही अवस्था कायम रहे आगामी शैक्षिक सत्रमा पनि दुई ब्याचका विद्यार्थी ग्रुप खटिप्ने निश्चित रहेको कलेज सञ्चालक बताउँछन् ।

त्रिविमा मात्रै होइन, पोखरा, पूर्वाञ्चललगायतका विश्वविद्यालयमा समेत समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन हुन सकेको छैन । ‘परीक्षा दिनका लागि महिनौं कोठा भाडा तिरेर बस्नुपर्छ,’ स्नातक तह तेस्रो वर्षका विद्यार्थी संगम लम्सालले भने, ‘तोकिएको समयमा पढाइ सक्ने, परीक्षा दिने र थप पढाइ र जागिरमा प्रवेश गर्ने कुनै टुंगो नै छैन ।’ विश्वविद्यालय र परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीले परीक्षा र नतिजाको कुनै टुंगो नभएको उनले गुनासो गरे । ‘पढाइ सकिएको ७र८ महिनापछि परीक्षा फाराम खुल्छ, त्यसपछि रुटिन आएर परीक्षा सञ्चालन गर्दा एक वर्ष त्यत्तिकै खेर जान्छ,’ लम्सालले भने ।

स्नातक तह पहिलो वर्षको परीक्षा ३ पटक सरेपछि गत वैशाखमा सञ्चालन गरिएको थियो । एकपटक परीक्षा स्थगित हुँदा कम्तीमा महिना दिन पछाडि धकेलिन्छ । ‘विद्यार्थीको झविष्यमा हेलचेत्र्याइँ भइरहेको छ, समयमा परीक्षा र नतिजा नहुँदा पनि धेरै विद्यार्थी विदेश पढ्न जान बाध्य भएका छन्,’ उनले भने । आंगिक क्याम्पसमा अझै चाडै कोर्स सकिएपछि परीक्षाका लागि लामो समय कुर्नुपर्ने विद्यार्थीले जनाए ।

‘निजीले कक्षा कार्यहरू गरेर समय लम्ब्याउँछन्, आंगिकले फटाफट पढाएर चाँडो सक्छन्,’ विद्यार्थी आरती थापाले भनिन् । स्नातक तहको विभिन्न वर्षको परीक्षा सञ्चालन र नतिजा सार्वजनिक गर्न ढिलाइ हुँदा स्नातकोत्तर तहको शैक्षिक सत्र पनि एक वर्षसम्म पछाडि धकेलिने गरेको छ । ‘गत साउनमा हुनुपर्ने डिग्रीको भर्ना गत फागुनमा मात्र गरियो,’ सरस्वती क्याम्पसका एक प्राध्यापकले भने ।

परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न संलग्न परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाई विश्वविद्यालयले ३० प्रतिशतसम्म भत्ता उपलब्ध गराउँदै आए पनि समयमा कामकाज हुन नसकेको उनले जनाए । त्रिवि कार्यकारी परिषद्ले परीक्षा र नतिजा प्रकाशन ढिलाइमा असन्तुष्टि जनाउँदै गत वर्ष भत्ता रोकेको थियो । कर्मचारीले झनै ढिलाइ गरेपछि भत्तालाई निरन्तरता दिइएको छ । सेमेस्टर प्रणालीको परीक्षा डिन कार्यालय र वार्षिक प्रणालीको परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गर्छ । कोभिडपछि परीक्षा र नतिजाको समय तालिका व्यवस्थापन झनै लथालिंग भएको विद्यार्थीको गुनासो छ ।

सेमेस्टर प्रणालीको परीक्षामा खासै समस्या नरहेको मानविकी संकायकी डिन कुसुम शाक्यले जनाइन् । ‘पहिले कर्मचारी अभावले अलिअलि ढिला भएको थियो, अहिले त्यस्तो छैन,’ उनले भनिन् । वार्षिक परीक्षाको सम्पूर्ण जिम्मेवारी नियन्त्रण कार्यालयको हुने उनले जनाइन् ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोरोनाकालमा समयमा परीक्षा सञ्चालन गर्न नसकेर नतिजासमेत पछाडि सर्ने गरेको जनाए । ‘अहिले पढाइ सकिनेबित्तिकै परीक्षा र परीक्षा दिएको ३ महिनाभित्रै सबै संकायको नतिजा सार्वजनिक गर्ने गरी काम गरिरहेको छौं,’ दोस्रो पटक नियन्त्रकमा दोहोरिएका जोशीले विगतकै भनाइ दोहोर्‍याउँदै भने, ‘रोकिएका काम सकिएपछि समयतालिकाअनुसार नै हुन्छ ।’ विश्वविद्यालयका उपकुलपतिलगायत पदाधिकारीले दुई वर्षदेखि परीक्षा र नतिजा समयभित्रै सञ्चालन गर्न निर्देशन दिए पनि कार्यान्वयन हुन सकेको छैन । हजारौं विद्यार्थी त्यसको मारमा परेका छन् ।

यो पनि पढ्नुहोस्

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

३ दिन अगाडि
पनिकाले आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्यायो

विद्यार्थी संगठनका संरचना हटाउन निर्देशक

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सवारी दुर्घटनामा चार जनाको मृत्यु

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

स्विट्जरल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार हस्तान्तरण

मौलिक नामकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक