आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कश्मीरमा जी–२० सम्मेलन राखेपछि केही देश बैठकमा अनुपस्थित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
कश्मीरमा जी–२०  सम्मेलन राखेपछि केही देश बैठकमा अनुपस्थित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नयाँदिल्ली । भारतले जी–२० को एउटा सम्मेलन कश्मीरमा राखेपछि चीनसहित केही देश बैठकमा अनुपस्थित भएका छन् । बैठकमा साउदी अरब, टर्की, इन्डोनेसिया र इजिप्टका प्रतिनिधि पनि अनुपस्थित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जी–२० सदस्य राष्ट्रहरूको टुरिजम वर्किङ ग्र्रुपको बैठक सोमबारदेखि कश्मीरको राजधानी श्रीनगरमा आयोजना गरिएको हो । जी–२० को अध्यक्षता गरिरहेको भारतले त्यसअन्तर्गतका विभिन्न सम्मेलन अलग अलग सहरहरूमा गर्दै आएको छ । पर्यटनसम्बन्धी सम्मेलन श्रीनगरमा राखेको हो ।

कश्मीरको भूगोलमाथि पाकिस्तानले समेत दाबी गर्दै आएकाले उक्त क्षेत्र विवादित मानिँदै आएको छ । तर, भारतले कश्मीरमा कुनै पनि विवाद नरहेको भन्दै आएको छ । सन् २०१९ मा नरेन्द्र मोदी नेतृत्वको सरकारले कश्मीरलाई दिँदै आएको विशेष राज्यको दर्जासमेत खोसेर केन्द्र सरकार मातहतको राज्यमा परिणत गरेको थियो । कश्मीरलाई विशेष राज्यको सुविधा दिन संविधानको अनुच्छेद ३७० मा गरिएको व्यवस्था नै सरकारले खारेज गरेको थियो ।

श्रीनगरमा अन्तर्राष्ट्रियस्तरको कार्यक्रमको आयोजना गरेर भारतले कश्मीरमाथि आफ्नो पूर्ण पकड रहेको र आफ्नो भूभाग भएको सन्देश दिन खोजेको छ । जी–२० को सदस्य नरहेको पाकिस्तानले कश्मीरमा गर्न लागिएको कार्यक्रमप्रति आपत्ति जनाइसकेको छ । संघाई सहयोग संगठन एससीओको बैठकमा सहभागी हुन भारत आएका बेला पाकिस्तानी विदेशमन्त्री बिलवाल भुट्टोले श्रीनगरमा हुन लागेको जी–२० को बैठकले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको भनेका थिए ।

लगत्तै चीनले पनि कश्मीरमा हुने बैठकप्रति आपत्ति जनाएको थियो । कश्मीरलाई विवादित क्षेत्र भन्दै चीनले त्यहाँ हुने बैठकमा सहभागी नहुने सार्वजनिक गरेको थियो । यसअघि गत मार्चमा अरुणाचल प्रदेशमा गरिएको जी–२० को एउटा बैठकप्रति पनि चीनले आपत्ति जनाउँदै सहभागिता जनाएको थिएन । बैठकका लागि श्रीनगरको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । सम्मेलनमा सहभागी हुन विदेशी पाहुनाहरू पुगेका छन् ।

२२–२४ मेसम्म हुने पर्यटन सम्मेलनमा ६० भन्दा बढी प्रतिनिधि सहभागी हुँदै छन् । जी–२० का सदस्य देशबाहेक भारतले श्रीनगरको बैठकका लागि बंगलादेश, इजिप्ट, मोरिसस, नेदरल्यान्ड, नाइजेरिया, ओमान, सिंगापुर, स्पने र यूएईलाई पनि निम्तो दिएको छ । अन्य अन्तर्राष्ट्रिय संस्थाहरूलाई पनि बोलाइएको छ । १९९९ मा स्थापना भएको जी–२० मा अर्जेटिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, इन्डोनेसिया, इटली, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, बेलायत, अमेरिका र युरोपियन युनियन सदस्य छन् । यी देशका राष्ट्राध्यक्षहरूको शिखर सम्मेलन हरेक वर्ष हुन्छ ।

यस पटक उक्त बैठक भारतमा हुनेछ । राष्ट्राध्यक्षहरूको शिखर सम्मेलनपूर्व विभिन्न विषयगत समितिको सम्मेलन भारतले गराउँदै आएको छ । जी–२० को अध्यक्षता पाएको भारतले यसलाई ठूलो अवसर र विश्वमा भारतको सशक्त उपस्थितिको रूपमा उपयोग गर्दै छ ।

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

९ घण्टा अगाडि
नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक