काठमाडौं । ऊँ माता जेनि ट्रष्टले भोकालाई भोजन, प्यासीलाई पानी भन्ने नाराका साथ निःशुल्क भोजन गराउँदै आइरहेको जय महांकाल युवा समुहलाई ३५ बोरा चामल सहयोग हस्तातरण जेठ ५ गते शुक्रबार गरिएको छ ।
धादिङको विकट ठाउँका बासिन्दाहरुलाई खाद्यान्न, तरकारी आफूले सो संस्थालाई वितरण गरेको ऊँ माता जेनि ट्रष्टका अध्यक्ष रामकुमार खड्गीले जानकारी गराए ।
करिब दुइ बर्ष अगाडि देखि ऊँ माता शक्तिशाली दियो अभियान सहित चलाउँदै आइरहेको सो संस्थाले सामाजिक एवम् मानव सेवा समेत गर्दै आइरहेको छ ।


