बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विपन्नको सहारा बन्दै स्वास्थ्य बिमा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
‘स्वास्थ्य बीमा गरेर फाइदा भएन’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं – बागलुङ नगरपालिका–४ उपल्लाचौरका मोहदत्त आचार्यले स्वास्थ्य बिमा गर्न थालेको छ वर्ष पुग्यो। स्वास्थ्य बिमाबाट उपचार गराउँदा ठूलो राहत मिलेको आचार्यको भनाइ छ। “लगातार छ वर्षदेखि स्वास्थ्य बिमा गर्दै आएको छु, गत वर्ष त एक लाख रकम नै उपचारमा सकियो, तीन हजार पाँच सय रकम तिरेर एक लाखको उपचार पाउँदा निकै राहत महसुस भयो”, आचार्यले भने, “स्वास्थ्य बिमाले उपचारमा सहज बनाएको छ, अहिले स्वास्थ्य बिमा गर्न आवश्यक छ भनेर आफैँले समेत अरुलाई भन्ने गरेको छु।”
बागलुङको धौलागिरि अस्पतालको स्वास्थ्यसेवा विस्तारसँगै स्वास्थ्य बिमाको पहुँच बढ्न थालेको हो।  पैसा बोकेर अस्पताल जानेहरू अहिले स्वास्थ्य बिमाको कार्ड बोकेर अस्पताल धाउन थालेका छन्। आर्थिक अवस्था कमजोर भएकालाई स्वास्थ्य बिमाले निकै सजिलो भएको बिमाकर्ताहरू बताउँछन्। अहिले धौलागिरि अस्पतालमा दैनिक न्यूनतम तीन सय जना स्वास्थ्य बिमा गरेका बिमितहरू सदस्य नियमित सेवा लिन अस्पतालमा आउन थालेको धौलागिरि अस्पतालको भनाइ छ। अस्पतालमा दिन नसकिएको सिटिस्क्यान, एमआरआई र अन्य ठूला रोगको उपचारका लागि स्वास्थ्य बिमाबाटै रिफर गर्दै आएको अस्पतालले जनाएको छ।
पछिल्लो समयमा जिल्लामा स्वास्थ्य बिमा गर्नेको सङ्ख्यामा क्रमशः बढ्दै गएको  छ। स्वास्थ्य बिमाबाट बिमित परिवारलाई रु एक लाख बराबरको एक वर्षसम्म निःशुल्क उपचारको सेवा प्रदान गर्ने भएपछि बिमा कार्यक्रममा सहभागी हुनेको सङ्ख्या पनि उल्लेख्यरूपमा वृद्धि भएको छ।  जिल्लामा ४० प्रतिशत नागरिक हाल स्वास्थ्य बिमाको पहुँचमा आइसकेको स्वास्थ्य बिमा बोर्ड बागलुङले जनाएको छ।
बागलुङ जिल्लामा ३१ हजार नौ सय १० परिवारका ९७ हजार नौ सय ८९ जना स्वास्थ्य बिमामा आबद्ध भएका स्वास्थ्य बिमा बोर्ड बागलुङका जिल्ला संयोजक दिनेश जिसीले जानकारी दिए। गत वर्षको तुलनामा यसवर्ष स्वास्थ्य बिमा गर्नेको सङ्ख्या सात प्रतिशतले वृद्धि भएको जिसीको भनाइ छ।
बागलुङ जिल्लामा ५१ हजार सात सय ३३ महिला र ४६ हजार दुई सय ६१ पुरुष स्वास्थ्य बिमामा आबद्ध भइसकेको र सबैभन्दा बढी बिमा बागलुङ नगरपालिकामा भएको जिसीले बताउनुभयो। “विपन्न समुदायका लागि स्वास्थ्य बिमा निकै प्रभावकारी बनेको छ, उपचार पाएकाले बिमा नवीकरण गर्ने गरेका छन् भने केहीले उपचार नपाएको गुनासोसमेत गर्ने गरेका छन्”, जिसीले भने, “बिमाबाट सेवा पाएकाले अन्यलाई समेत बिमा गर्न हौसला दिएका छन्, त्यसैको प्रभावले बिमामा आबद्ध हुनेको सङ्ख्या क्रमशः वृद्धि भएको छ।” यो वर्ष स्वास्थ्य बिमामा आबद्ध हुनेको सङ्ख्यामा १० प्रतिशत वृद्धि गरी ५० प्रतिशत पु¥याउने स्वास्थ्य बिमा गर्ने योजना छ।
बागलुङका १० स्थानीय तहमध्ये केही पालिकाले स्वास्थ्य बिमालाई प्राथमिकतामा राखेका कारण स्वास्थ्य बिमा गराउनेको सङ्ख्यामा वृद्धि हुँदै आएको हो। जिल्लाको बडिगाड गाउँपालिका र निसीखोला गाउँपालिकाले लक्षित वर्षलाई निःशुल्क स्वास्थ्य बिमा गराउन थालेको छ। गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरी सबै नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गराउन निःशुल्क स्वास्थ्य बिमा गराउने गरी जिल्लाका पालिका अगाडि बढेको देखिन्छ।
जिल्लाको काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र  जैमिनी नगरपालिकाले गरिब तथा विपन्नका लागि निःशुल्क स्वास्थ्य बिमा गर्ने योजनाका साथ कार्यक्रम अगाडि बढाएका छन्। बडिगाड गाउँपालिकाले अति विपन्न, एकल महिला, एकल पुरुष, स्वास्थ्य स्वयंसेविका र अपाङ्गता भएकालाई निःशुल्क बिमा गर्न थालेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए। बिमा कार्यक्रममा सहभागी गराउनका लागि जिल्लामा ७८ जना दर्ता सहयोगी खटाइएको स्वास्थ्य बिमा बोर्ड बागलुङले जनाएको छ।
स्वास्थ्य बिमा गरेका बिरामीका लागि बागलुङ सदरमुकाममा रहेको धौलागिरी अस्पताल, ढोरपाटनमा रहेको बुर्तिबाङ प्राविधिक स्वास्थ्य केन्द्र, गल्कोट नगर अस्पताल, जैमिनीको कुश्मीसेरामा रहेको नगर अस्पताल प्रथम सेवा विन्दुको रूपमा रहेर बिमितहरूलाई उपचार सेवा दिइरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले जानकारी दिए।
धौलागिरि  अस्पतालमा मात्रै दैनिक ८० प्रतिशत बिरामी स्वास्थ्य बिमाका बिमित सदस्य आउने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रविरञ्जन प्रधानले जानकारी दिए। ग्रामीण क्षेत्रका विपन्न परिवारलाई अझै पनि स्वास्थ्य बिमाको फाइदाको विषयमा जानकारी हुन नसक्दा उनीहरू बिमित हुन नसकेको स्वास्थ्य बिमा बोर्डको भनाइ छ।
  पाँच जनाको परिवारले रु तीन हजार ५०० सय तिरेमा एक वर्ष सम्मका लागि रु एक लाखसम्मको स्वास्थ्य बिमाले तोकेको अस्पतालमा उपचारका लागि रकम तिर्नुपर्दैन। यदि परिवारमा थप सङ्ख्या भए एकजना बराबर सात सय थप गर्नुपर्छ। बिमा कार्यक्रममा ज्येष्ठ नागरिक, अति गरिब परिवार, एचआइभि एड्स सङ्क्रमित र द्वन्द्वपीडितलाई परिचयपत्रको आधारमा निःशुल्क बिमा गर्ने गरिएको छ।

यो पनि पढ्नुहोस्

वर्तमान सरकारको सय दिनको कार्यकालमा अधिनायकवादी

वर्तमान सरकारको सय दिनको कार्यकालमा अधिनायकवादी

१५ घण्टा अगाडि
चर्चामा ‘गौँथली’, मदनकृष्णदेखि अरुणसम्मको अभिनयले दर्शक मन्त्रमुग्ध

चर्चामा ‘गौँथली’, मदनकृष्णदेखि अरुणसम्मको अभिनयले दर्शक मन्त्रमुग्ध

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नक्कली भुटानी शरर्णर्थी प्रकरणमा फैसला

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

उठिबास पीडित सुकुम्बासीहरूलाई ती होल्डिङ्ग सेन्टरबाट हट्न अल्टिमेटम दिने

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले गर्यो कार्यसमिति विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक