शुक्र, जेष्ठ २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रुस-युक्रेन युद्ध: बखमुत पूर्णरूपमा रूसी कब्जामा आएको दावी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
रुस-युक्रेन युद्ध: बखमुत पूर्णरूपमा रूसी कब्जामा आएको दावी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी– बखमुतमा लडिरहेको रूसको वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले शनिबार पूर्वी युक्रेनको बखमुतलाई पूर्ण रुपमा कब्जामा लिएको दाबी गरेका छन्।

युक्रेनले सहरको अवस्था ‘नाजुक’ रहेको स्वीकारेको छ, तर त्यहाँ अझै पनि केही जमिन नियन्त्रण रहेको जनाएको छ।
‘बखमुतमा भारी लडाइँ छ। स्थिति गम्भीर छ,’ उपरक्षामन्त्री गन्ना मल्यारले टेलिग्राममा लेखेका छन्। उनले युक्रेनी सेनाले सहरको ‘आकाश क्षेत्र’ मा ‘रक्षा शक्ति कब्जा’ गरिरहेको दाबी गरे।
‘अहिलेसम्म, हाम्रा रक्षकहरूले यस क्षेत्रमा केही औद्योगिक र पूर्वाधार सुविधाहरू नियन्त्रण गर्न सफल छन्।’
बखमुतका लागि लडाइँको नेतृत्व गरेका वाग्नर समूहले सहरमा महिनौंसम्म चलेको युद्धमा ठूलो क्षति बेहोरेको विश्वास गरिएको छ।
‘आज मे २० का दिन मध्याह्नतिर बखमुतलाई पूरै कब्जा गरिएको छ,’ प्रिगोजिनले टेलिग्राममा पोस्ट गरेको एक भिडियोमा भनेका छन्।
वाग्नर लडाकूहरूले मे २५ सम्ममा आधिकारिक रूसी सेनालाई हस्तान्तरण गर्नुअघि कब्जा गरिएको सहरको परीक्षण गर्ने जनाएका छन्।
प्रिगोजिनले भने, ‘मे २५ सम्ममा हामी बखमुतको पूर्ण परीक्षण गर्नेछौं, प्रतिरक्षाका लागि आवश्यक लाइनहरू सिर्जना गर्नेछौं र सेनालाई हस्तान्तरण गर्नेछौं। परीक्षणका लागि हामी आफै शिविरस्थलहरूमा जानेछौं।’
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जापानमा भएको जी–७ शिखर सम्मेलनमा भाग लिइरहँदा वाग्नरले यस्तो घोषणा गरेको हो।
बखमुत नियन्त्रणमा लिने अभियान २२४ दिनसम्म चलेको प्रिगोजिनले जनाए। कुनै समय करिब ७० हजार जनसङ्ख्या रहेको नुन खानी केन्द्रलाई यस युद्धले ध्वस्त पारेको छ।
आधिकारिक रूसी सेनासँग सार्वजनिक पटाक्षेपमा मुछिएका प्रिगोजिनले भने, ‘यदि अक्षम जनरलहरू नभएको भए मस्कोको घाटा निकै कम हुने थियो।’
उनले लामो समयदेखि वाग्नरलाई उचित मात्रामा गोलाबारुद नदिएको गुनासो गर्दै आएका छन्। ‘यहाँ ९बखमुतमा० वाग्नर मात्र थिए,’ उनले भिडियोमा भनेका छन्।
वाग्नर प्रमुख प्रिगोजिनले भने, ‘हामीले यहाँ युक्रेनी सेनासँग मात्र होइन, रूसी कर्मचारीतन्त्रसँग पनि सङ्घर्ष गर्नुपरेको थियो।’
उनले बखमुतमा कति वाग्नर लडाकू मारिएका छन् भन्ने नखुलाए पनि रूसको सैन्य नेतृत्वका कारण पाँच गुणा बढी क्षति भएको जनाए।
उनले रक्षामन्त्री सर्गेई शोइगु र चिफ अफ जनरल स्टाफ भ्यालेरी गेरासिमोभले आक्रमणलाई ‘आफ्नै मनोरञ्जन’मा परिणत गरेको आरोप लगाएका छन्।
प्रिगोजिनले भनेका छन्- ‘इतिहासमा एक दिन उनीहरूले आफ्नो कार्यको मूल्य चुकाउनेछन्।’

यो पनि पढ्नुहोस्

नेपालसँगको सहयोग र साझेदारी बढाउने पाकिस्तानको प्रतिबद्धता

नेपालसँगको सहयोग र साझेदारी बढाउने पाकिस्तानको प्रतिबद्धता

२ वर्ष अगाडि
सार्कलाई नवजीवन दिनुपर्नेमा पाकिस्तानको जोड

सार्कलाई नवजीवन दिनुपर्नेमा पाकिस्तानको जोड

२ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्राप्त जिम्मेवारी निष्ठापूर्वक सम्पादन गर्नुपर्नेमा जाेड

के संसद  तमासा देखाउने ठाउँ हो?

एसीसी महिला प्रिमियर कपमा नेपालले भुटानलाई ११४ रनको लक्ष्य

नेपाल राष्ट्रसङ्घीय महासभाको अध्यक्षमा निर्वाचित

राजनीतिक संस्कार स्खलित भएका नेताहरु !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक