काठमाडौं । दक्षिणकाली नगरपालिका-१ स्थित चाल्ना खेलमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं महानगरपालिका-९ सिनामंगल भत्केको पुल नजिक हाल नाम, थर, वतन, नखुलेका करिब ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
चितवन, भरतपुर महानगरपालिका-५ रामबाग बस्ने ५५ वर्षीय राम बहादुर गुरुङ आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


