शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कोपिलाका पाँच पुस्तक

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
कोपिलाका पाँच पुस्तक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रकाशन गृह कोपिला किताबले पाँच बालपुस्तक एकसाथ बजारमा ल्याएको छ । बुधबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा ‘टेल्स एन्ड लाइज’ शृङ्खलाअन्तर्गत विभिन्न लेखकले लेखेका पाँच बालपुस्तक बेखामान र राक्षस, साङ्केनको खुलदुली, अन्नको बखान, कपासको घोडा र जन्तरमन्तर सार्वजनिक गरियो ।ती पुस्तकको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, थाङ फाउन्डेसनकी अध्यक्ष मार्लिन फिसर भरबुक, कथावाचक समाजका अध्यक्ष प्रा.डा.ध्रुवकुमार घिमिरे, नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, कार्टुनिस्ट क्लबका अध्यक्ष वासु क्षितिज र प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले विमोचन गरे ।

कार्यक्रममा कथावाचक समाजका अध्यक्ष प्रा.डा.घिमिरेले कथाका लागि नेपाल समृद्ध देश रहेको बताए । यहाँ कथाका लागि अनगिन्ती विषय रहेको र कोपिला किताबले ल्याएका यी पुस्तकले बालबालिकालाई किंवदन्तीदेखि नवीन विषयवस्तुसमेत प्रस्तुत गरेको उनको भनाइ छ । उनले चित्रमा माध्यमबाट प्रष्ट गरिएको विषयलाई शब्दको गाम्भीर्यले थप प्रभावकारी बनाएको बताए ।

यस्तै, कार्टुनिस्ट क्लबका अध्यक्ष क्षितिजले बालसाहित्यको क्षेत्रमा कोपिला किताबले छोटो समयमा प्रभावकारी काम गरेको बताए । यसले प्रकाशन गरेका पुस्तक अन्तर्राष्ट्रिय स्तरको रहेको र नेपाली बालसाहित्यले नयाँ फड्को मारेको यसले प्रस्ट्याएको उनको भनाइ छ । उनले अक्षर मात्र भएको पुस्तक सबैलाई मन नपर्न सक्छ, तर चित्रसहितको पुस्तकले सबैलाई आकर्षित गर्ने बताए । यही विषयलाई बुझेर कोपिला किताबले बालबालिकाका लागि बहुउपयोगी पुस्तक प्रकाशन गरेको उनको भनाइ छ ।

बालबालिकालाई विशेषगरी पुस्तकले मनोरञ्जन दिनुपर्ने नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले जनाए । उनीहरुलाई जब पुस्तकको पंक्तिले तान्छ, त्यसपछि उनीहरु पुस्तक पढ्न आकर्षित हुन्छन्, त्यसैले बालपुस्तक सुरुमा मनोरञ्जनात्मक हुनुपर्ने उनको भनाइ छ । कोपिला किताबले प्रकाशन गरेका यी पुस्तक मनोरञ्जनात्मकसँगै ज्ञानमूलक पनि रहेको उनले जनाए ।

जबसम्म बालबालिकालाई पठन संस्कृतिमा ढाल्न सक्दैनौं, तबसम्म साहित्यका पाठक बढाउन सकिन्न । त्यसैले बालबालिकालाई उपयोगी हुने किसिमले आएका यी पुस्तकले साहित्यका पाठक बढाउन सकिने गरी बालबालिकालाई आकर्षित गर्ने उनको भनाइ छ । कार्यक्रममा थाङ फाउन्डेसनकी अध्यक्ष मार्लिन फिसर भरबुकले बालसाहित्यका विषयमा आफ्ना धारणा राखेकी थिइन् । उनले बालसाहित्यका विविध विषयमा प्रकाश पारेकी उनले कोपिला किताबले प्रकाशन गरेका बालपुस्तक अन्तर्राष्ट्रिय स्तरका भएको बताइन् ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति हार्तम्छालीले कोपिला किताबले ल्याएका पुस्तकले नेपाली बालसाहित्यको आयाममा नयाँपन थपेको दाबी गरे । शब्द र चित्रका माध्यमबाट प्रदान गरिएको ज्ञान बालबालिकाका लागि बहुउपयोगी हुने र त्यो अवसर कोपिला किताबले दिएको उनको भनाइ छ ।

‘बेखामान र राक्षस’ पुस्तक विक्रमभक्त जोशीले लेखेका हुन् । यसमा चित्रकार शोभितमान बनियाँले चित्राङ्कन गरेका छन् । अर्काे बालपुस्तक ‘जन्तर मन्तर’ की लेखक बिन्दु शर्मा हुन् । उनको लेखनमा चित्रकार एलिना छन्तेलको चित्राङ्कन छ । साथै ‘कपासको घोडा’ बालपुस्तक इन्द्र चौधरीले लेखेका हुन् । यसमा चित्रकार प्रकाश रञ्जितको चित्राङ्कन छ । अर्को बालपुस्तक ‘अन्नको बखान’ को लेखन भने जितेन्द्र बस्नेतले गरेका हुन् । यसमा चित्रकार सुमन महर्जनले चित्राङ्कन गरेका छन् । अर्काे पुस्तक ‘साङ्केनको खुलदुली’ का लेखक सृजना राई हुन् । यस पुस्तकमा चित्रकार सुरज राईले चित्राङ्कन गरेका छन् । सबै पुस्तकको सम्पादकमा बालकथाकार अनुराधा रहेकी छन् ।

बालबालिकाको मनोविज्ञान बुझेर र त्यस्तो मनोविज्ञानलाई चित्र अनि सरल भाषामार्फत बुझाइएको पुस्तक ल्याउनुपर्छ भन्ने मनसायले आफ्नो प्रकाशन गृहले यी बालपुस्तक ल्याएको कोपिला किताबका अध्यक्ष भानु भट्टराईले बताए । ‘बालबालिकाका लागि सबै किसिमबाट उत्कृष्ट पुस्तक प्रकाशन गरौं भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘त्यसैले हामीले यी पुस्तकमा बालबालिकाको उमेरअनुसारको भाषा र चित्र समेटेका छौं । उनीहरूले चित्र मात्र हेरेर पनि कथा बुझून् भन्ने उद्देश्य राखेर पुस्तक प्रकाशनमा ल्याएका छौं ।’ बाल साहित्यकार कृष्णदीप सिग्देलले सञ्चालन गरेको कार्यक्रममा उनले बालसाहित्यका विविध पक्षमाथि आफ्ना धारणा राखेका थिए । कार्यक्रममा लेखकले समेत आआफ्ना लेखन अनुभूति साटेका थिए ।

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

७ घण्टा अगाडि
नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक