काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले वर्तमान अर्थतन्त्रको समस्याको दीर्घकालीन समाधान गर्न निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
काठमाडौंमा उद्योग वाणिज्य महासंघले बिहीवार आयोजना गरेको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन सार्वजनिकीकरण एवं छलफल कार्यक्रममा मन्त्री रिजालले उनले व्यापार व्यवसायमा आएको संकुचनको कारण राजस्व संकलनमा समस्या उत्पन्न भएको बताए।
उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न निरन्तर तत्पर रहेको बताए। उनले आगामी बजेटमा निजी क्षेत्रका समस्या सम्बोधन गर्ने गरी ल्याउने बताए।
उनले निजी क्षेत्रले उठाएको मर्यादा क्रमको मागमा सरकार गम्भिर रहेको पनि बताए। उनले सरकार रोजगारी सिर्जना,राजश्व संकलनको कमीलगायत विषयमा संवेदनशील रहेको बताए।


