शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

झिसमिसेमै युक्रेनको राजधानीमा हान्यो क्षेप्यास्त्र

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
झिसमिसेमै युक्रेनको राजधानीमा हान्यो क्षेप्यास्त्र
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

रुसले युक्रेनको राजधानी किभमा मंगलबार बिहान झिसमिसेमै घातक हवाई आक्रमणहरू गरेको छ । युक्रेनका अनुसार मंगलबार बिहान उज्यालो हुन नपाउँदै रुसी सेनाले ब्यालिस्टिक क्षेप्यास्त्र, क्रुज क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हो ।

किभको सैन्य प्रशासनका अनुसार आज कतिपटक युक्रेनी सेनाले हवाई आक्रमण गर्‍यो भनेर खुल्न सकेको छैन । तर, आफूहरूले धेरै ड्रोन हमला र केही क्षेप्यास्त्रलाई विफल बनाएको उनीहरूको भनाइ छ । रुसी हवाई आक्रमण कति सफल भयो भनेर पनि खुलाइएको छैन । तर, रोयटर्सले सार्वजनिक गरेको भिडियोमा शहरको आकाशमा आगोका झिल्का र विस्फोटनको आवाज सुन्न सकिन्छ ।

अप्रिलयता रुसले लामो दूरीको क्षेप्यास्त्र युक्रेनमा पुनः आक्रमण गर्न थालेको देखिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आइतबार र सोमबारको विदेश भ्रमणबाट फर्किएसँगै रुसले राजधानी किभमै हवाई हमला गरेको हो । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफूले विदेशबाट शक्तिशाली हतियारहरू ल्याएको दाबी गरेका छन् । युक्रेनले अब चाँडै रुसविरुद्ध जवाफी कारबाही थाल्ने पनि बताइसकेको छ । जसका कारण युक्रेनका राष्ट्रपति हतियार सहयोग माग्न विदेश भ्रमणमा गएका थिए ।

आइतबार र सोमबार बेलायत, फ्रान्स र जर्मनीले घोषित रूपमै युक्रेनलाई हतियारहरू दिने प्रतिबद्धता जनाएका छन् । अमेरिका र नेटोबाट पनि औपचारिक रूपमै युक्रेनमा हतियार आपूर्ति भइरहेको छ । केही समयमै युक्रेन कब्जा हुने अनुमानबीच अहिले रुस र युक्रेनबीच जारी युद्ध १५ महिनामा प्रवेश गरिसकेको छ ।

रुसले केही हप्ताअगाडि आफ्नो विजयी दिवसमा पश्चिमा राष्ट्रले एक भएर आफूविरुद्ध युद्ध छेडेको संकेत दिएका थिए । उनले अब विश्व परिवर्तनको नयाँ विन्दुमा पुगेको पनि उल्लेख गरेका थिए ।

विश्लेषकहरूले रुसको यस्तो अभिव्यक्तिलाई उसले परमाणु हतियार प्रयोग गर्ने विषयलाई इंगित गरिरहेको टिप्पणी गरेका छन् । पछिल्ला दिनहरूमा युक्रेनविरुद्ध रुसी आक्रमण धेरै हदसम्म कमजोर भएको पनि पाइएको छ ।

यो पनि पढ्नुहोस्

अमेरिकी कंग्रेसको आज देशभर मतदान

अमेरिकी कंग्रेसको आज देशभर मतदान

५ दिन अगाडि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप

ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक