बुध, बैशाख ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बाह्य शक्तिकै चलखेलका कारण दल विभाजन : महासचिव पोखरेल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
बाह्य शक्तिकै चलखेलका कारण दल विभाजन : महासचिव पोखरेल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बाह्य शक्तिको चलखेलका कारण नेपाली राजनीति अस्थिर बनेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा एक सन्देश लेख्दै पोखरेलले बाह्य शक्तिकै चलखेलका कारण दल तथा नेताहरुले विभाजनको पीडा खेप्नु परेको पनि उल्लेख गरेका छन्।

अहिले नेपाली राजनीतिको विकल्पका रुपमा अघि सार्न खोजिएको ‘पपुलिस्ट राजनीति’ले सही दिशा र बाटो समात्न नसकेको पोखरेलको भनाइ छ। ‘पपुलिस्ट राजनीति’ भू–राजनीतिक स्वार्थको गोटी बन्ने सम्भावना बढी रहने पोखरेलको भनाइ छ।

राजनीति सही नीति, कार्यक्रम र संगठनको बलमा अघि बढ्दछ भन्ने मान्यता राख्ने हो भने त्यो आवश्यकता उदारवाद कि समाजवाद भन्ने अजेण्डा भित्र नै खोज्नुपर्ने पोखरेलको भनाइ छ।

नयाँका नाममा पपुलिस्ट राजनीतिक गरिरहेकाहरुले पनि आफ्नो बाटो उदारवाद कि समाजवाद भनेर नीतिगतरुपमा स्पष्टता दिन सक्नुपर्ने उनको भनाइ छ।

‘संकटको पहिचान र समाधानको उपाय’ शीर्षकमा पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्–
जतिबेला नेकपा (एमाले) बलियो बन्छ र राम्रो काम गर्न सुरु गर्छ त्यतिबेला नेकपा (एमाले) भित्र अन्तरसंघर्ष बढेकोरबढाइएको र विभाजनको पीडा बेहोर्नु परेको छ।

राम्रो काम गर्दा विभाजनको पीडा बेहोर्नु पर्दा जनता र कार्यकर्तामा नेतृत्व असफल भएको लाग्नु स्वभाविक नै हो। तर काम गर्न खोज्ने प्रमुख नेतृत्वको पीडा पनि आफ्नै खालको छ।

यस्तो स्थिति एमालेका हकमा मात्र होइन, नेपाली कांग्रेस भित्र पनि उस्तै छ। यद्यपि कांग्रेसमा उदारवादी यथास्थितिबाद तर्फको झुकाउ बढेका कारणले उसको कार्यकर्ता पंक्ति र समर्थकमा भने नेकपा ९एमाले० पंक्तिको जस्तो पीडाको अनुभूति कम देखिन्छ।

ठूला ठूला संघर्ष र बलिदानको संघर्षवाट हुर्केका नेता र पार्टी भित्रको त्यो पीडा उनीहरुको मात्र कमजोरी ठान्नु ठूलो भुल हुनेछ। त्यसमा भूराजनीतिक स्वार्थहरुको प्रभाव बढी छ।

नेपालमा राजनीतिक अस्थिरता सिर्जना गरी आफ्नो प्रभाव विस्तार गर्ने वाह्य शक्तिहरुको चलखेलले नेपाली राजनीति अस्थिर बनेको छ।

नियोजित रुपमा सिर्जना गरिएको राजनीतिक अस्थिरताका कारणले पनि नेपाली राजनीतिले सही दिशा र बाटो समाप्त सकेको देखिँदैन।

तर नेपाली राजनीतिको विकल्पका रुपमा अघि सार्न खोजिएको पपुलिस्ट राजनीतिले राजनीतिक संकटको समाधान दिने कुनै सम्भावना नै छैन। बरु त्यो भूराजनीतिक स्वार्थको गोटी बन्ने सम्भावना बढी रहन्छ।
पछिल्लो चुनाव पछिको सत्ता राजनीतिक संघर्षको विश्लेषण गर्ने हो भने त्यस्तै भइरहेको छ।

राजनीति सही नीति, कार्यक्रम र संगठनको बलमा अघि बढ्दछ भन्ने मान्यता राख्ने हो भने त्यो आवश्यकता उदारवाद कि समाजवाद भन्ने अजेण्डाभित्र नै खोज्नुपर्ने हुन्छ। राजनीतिलाई त्यसकै वरिपरी ध्रुविकृत गर्नुपर्ने हुन्छ।

नयाँका नाममा पपुलिस्ट राजनीतिक गरिरहेकाहरुले पनि आफ्नो बाटो उदारवाद कि समाजवाद भनेर नीतिगतरुपमा स्पष्टता दिन सक्नु पर्दछ। सधैभरी पपुलिस्ट कुरा गरेर समाजलाई सही गन्तव्यमा पुर्‍याउन सकिँदैन।

नेपाल जस्तो मुलुकमा उदारवादले व्यापारिक पुँजीवादलाई प्रश्रय दिने काम गर्दछ। त्यसको लाभ आम जनताले पाउन सक्तैन। त्यसबाट दलाल नोकरशाही पुँजीवाद नै लाभान्वित वन्न पुग्दछ। नेकपा ९एमाले०लाई परमादेशबाट हटाएपछिको ५ दलीय सरकारले अवलम्बन गरेको नीति उदारवाद नै हो। त्यसको परिणाम के हुँदो रहेछ हामीले चरम आर्थिक संकटका रुपमा भोगिरहेका छौं।

समाजवाद हाम्रो जस्तो मुलकमा स्वाधिन अर्थतन्त्र निर्माणको बाटो हो। तर अहिलेकै अवस्थामा नेपाली समाजले समाजवादी कार्यक्रम लागु गरिहाल्न सक्ने अवस्था पनि छैन। यस्तो अवस्थामा समाजवाद उन्मुख आर्थिक समाजिक विकासको बाटो नै उपयुक्त बाटो हो। तर त्यसका लागि पनि बलियो राष्ट्रिय शक्तिका रुपमा समाजवादका पक्षधर शक्ति सुदृढ हुनु पर्दछ।

अहिले जस्तो नेपाली समाज विचारधाराका आधारमा केन्द्रीकृत र ध्रुविकृत नहुने हो भने बलियो राष्ट्रिय शक्तिको विकास हुन सक्तैन। आजको संकटको समाधान पनि हुन सक्तैन। त्यसैले जनमतलाई विभाजित हुनबाट जोगाउँ। विचारधाराको जगमा जनमतलाई सुदृढ गरी बलियो राष्ट्रिय शक्तिका रुपमा राजनीतिक दलहरुलाई सुदृढ गरौँ।

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्रीसँग अमेरिकी सहायकमन्त्रीले गरे शिष्टाचार भेट

परराष्ट्रमन्त्रीसँग अमेरिकी सहायकमन्त्रीले गरे शिष्टाचार भेट

१ दिन अगाडि
भूपदेव शाह रास्वपाका महामन्त्री

भूपदेव शाह रास्वपाका महामन्त्री

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक

इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा

वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै

रविविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक