शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सन् १९७५ मा काठमाडौंबाट चोरी भएकाे टुँडाल फिर्ता हुने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सन् १९७५ मा काठमाडौंबाट चोरी भएकाे टुँडाल फिर्ता हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । नेपालबाट दशकौं पहिले चोरी भएको नेपालको प्राचीन शिल्पकला टुँडाल अस्ट्रेलियाले नेपाललाई फिर्ता गर्ने भएको छ । अस्ट्रेलियाका सहायक विदेशमन्त्री टीम वाट्सले नेपाल भ्रमणका क्रममा नेपाल सरकारलाई मंगलबार उक्त प्राचीन धरोहर हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

१३ औं शताब्दीमा निर्माण गरिएको उक्त टुँडाल सन् १९७५ मा काठमाडौंबाट चोरी भएको थियो । चोरी गरिएको उक्त शिल्पकला करिब दुई दशकअघि अस्ट्रेलियाको सिड्नीमा रहेको आर्ट ग्यालरी अफ न्यु साउथ वेल्सले दानका रुपमा पाएको थियो । उक्त शिल्पकला ४ वर्षअघि सन् २०१९ मा आयोजना गरिएको प्रदर्शनीका क्रममा नेपालको भएको पत्ता लागेको थियो । उक्त शिल्पकला नेपालबाट चोरी भएको र नेपालको सम्पत्ती रहेको थाहा भएपछि त्यसलाई नेपाल फिर्ता गर्ने प्रक्रिया सुरु गरिएको थियो । उक्त शिल्पकलालाई अस्ट्रेलियाली सहायक विदेशमन्त्री बाट्सको भ्रमणका क्रममा औपचारिक कार्यक्रम गरेर नेपाल सरकारलाई मंगलबार हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । आर्ट ग्यालरी अफ न्यु साउथ वेल्सले समेत उक्त शिल्पकला नेपाललाई मंगलबार हस्तान्तरण गरिने जनाएको छ ।

अस्ट्रेलियाले हस्तान्तरण गर्न लागेको उक्त शिल्पकला काठमाडौं उपत्यकाको पाटन दरबार स्क्वायरमा रहेको रत्नेश्वर मन्दिरको हो । न्यु साउथ वेल्स आर्ट ग्यालरीका निर्देशक माइकल ब्रान्डले नेपालको प्राचीन धरोहरका रुपमा रहेको उक्त शिल्पकला नेपाललाई फिर्ता गर्न पाउँदा खुसी लागेको जनाएका छन् । ब्रान्डले मंगलबार हस्तान्तरण गरिने उक्त शिल्पकला तत्काललाई पाटनस्थित संग्राहलयमा राखिने स्थानीय समाचारसंस्था द सिड्नी मर्निङ हेराल्डलाई बताएका छन् । सहायक विदेशमन्त्री वाट्सले नेपालको धरोहर नेपाललाई नै दिन पाउनु नैतिक अभ्यास र अन्तर्राष्ट्रिय दायित्वहरूको उच्च मापदण्ड र पालनाप्रति अस्ट्रेलियाको प्रतिबद्धताअनुरूप रहेको बताएका छन् । उक्त मन्दिरमा रहेका ती टुँडालहरू चोरी भएपछि नेपाल सरकारले करिब ३० वर्षअघि मन्दिरलाई जीर्णोद्धार गर्ने क्रममा टुँडालजस्तै देखिने प्रतिकृति राखिसकेको छ ।

न्यु साउथ वेल्सको आर्ट ग्यालरीमा भेटिएको उक्त शिल्पकला नेपालको भएको पत्ता लागेपछि सन् २०२१ देखि नै नेपाल फिर्ताका लागि गृहकार्य सुरु गरिएको आर्ट ग्यालरीले जनाएको छ । बोर्डले सन २०२२ मा नेपाललाई फिर्ता गर्नका लागि अनुमोदन गरेको थियो भने गत अक्टोबरमा अस्ट्रेलियाली कानुन अनुसार न्यु साउथ वेल्स राज्यका गर्भनर्रले उक्त निर्णयलाई अनुमोदन गरेका थिए ।

एसियाली भ्रमणमा रहेको समयमा यही मंगलबार र बुधबार दुईदिने औपचारिक भ्रमणका लागि सहायकमन्त्री वाट्स नेपाल आउँदै छन् । अस्ट्रेलियास्थित नेपाली राजदूत कैलाशराज पोखरेलका अनुसार अस्ट्रेलियाका सहायक विदेशमन्त्री वाट्सले भ्रमणका क्रममा नेपालबाट दशकौं पहिले चोरी भएको उक्त टुँडाललाई पाटन मन्दिर परिसरमा मंगलबार आयोजना हुने कार्यक्रम नेपाल सरकारलाई हस्तान्तरण गर्नेछन् ।

उनले नेपालका परराष्ट्रमन्त्रीसँग मंगलबार नै औपचारिक भेटघाट गर्ने कार्यक्रम तय भएको दूतावासले जनाएको छ । त्यसका साथै उनले प्रधानमन्त्रीका साथै दलका उच्चनेताका साथै अस्ट्रेलियाले सञ्चालन गरेका केही महत्त्वपूर्ण योजनाबारे जानकारी लिने बताइएको छ । करिब ३ दशकपछि हुन लागेको औपचारिक भ्रमणका क्रममा उनले नेपालको परम्परागत कलासंस्कृति तथा पर्यटकीय स्थलको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

नेपाललाई अस्ट्रेलियाले फिर्ता गर्न लागेको शिल्पकला । तस्बिर आर्ट ग्यालरी अफ न्यु साउथ वेल्स

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

४ घण्टा अगाडि
नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक