शुक्र, असार १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रधानमन्त्री कार्यालयमा नै नक्कली प्रतिवेदन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रधानमन्त्री कार्यालयमा नै नक्कली प्रतिवेदन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री, पूर्वगृहसचिवको प्रत्यक्ष संलग्नता खुलेपछि विगतमा गृह मन्त्रालयका नेतृत्व सम्हालेका अन्य व्यक्तिमाथि समेत अनुसन्धान सोझिने देखिएको छ ।

प्रहरीले यति ठुलो प्रकरण बाहिर ल्याउने आँट कसरी गर्यो र लेनदेनका गोप्य कागजपत्र कसरी फेला पार्यो भन्ने कौतुहलता आम रूपमा देखिएको छ । सङ्गठित गिरोहको प्रभावमा भएको यो घटनाको पर्दाफास भने एक रोचक घटनासँग जोडिएको छ ।

नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहको योजनाअनुरूप २०७६ वैशाखमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनमा कार्यदल गठन भएको थियो ।

पूर्वसहसचिव बालकृष्ण पन्थी संयोजक तथा गणेशबहादुर केसी विज्ञ र दीपकप्रसाद न्यौपाने सदस्य सचिव रहेको कार्यदलले झापा, मोरङलगायतका जिल्ला पुगेर तेस्रो मुलुक जान छुटेका शरणार्थीको पुनः प्रमाणीकरण गर्यो ।

कार्यदलले तयार पारेको प्रतिवेदन तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई बुझाइयो । सो प्रतिवेदन हालसम्म गोप्य छ । नक्कली भुटानी शरणार्थी बनी अमेरिका जान पर्खेका पीडितले ठगिएको भन्दै काठमाडौँ प्रहरीमा उजुरी दिएपछि मात्र गृहमन्त्रालयबाटै कुनै गलत काम भएको सूचना पाएको प्रहरीले निकै चलाखीपूर्ण रूपमा अनुसन्धान सुरु ग¥यो ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार गृह मन्त्रालयले अति गोप्य रूपमा राखेको प्रतिवेदन झिकाएर अनुसन्धान गर्न खोज्नु प्रहरीका लागि आफैँमा चुनौतीपूर्ण काम थियो । प्रहरी परिसर काठमाडौँले प्रहरी प्रधान कार्यालयमार्फत पत्र लेखेर सो प्रतिवेदन झिकायो ।

प्रहरीले विशेष स्रोत परिचालन गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेको प्रतिवेदन फेला पार्यो तर त्यो नै नक्कली पाइएपछि मात्र प्रहरी अनुसन्धानले नयाँ मोड लिएको हो । गृह मन्त्रालयबाट प्राप्त प्रतिवेदन सामान्य प्रकृतिको रहेकाले प्रहरीलाई चुरो कुरो पत्ता लगाउन कठिन भयो तर सो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगिसकेको जानकारी प्रहरीले पायो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्मा पुगेको प्रतिवेदन न प्रहरी परिसरले झिकाएर आउने अवस्था थियो न त प्रहरी मुख्यालयले पत्र लेखेर झिकाउने अवस्था नै रह्यो । प्रहरीले विशेष स्रोत परिचालन गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेको प्रतिवेदन फेला पार्यो तर त्यो नै नक्कली पाइएपछि मात्र प्रहरी अनुसन्धानले नयाँ मोड लिएको उच्च अधिकारीको दाबी छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्रहरीले फेला पारेको सो प्रतिवेदनमा किर्ते गरी अनुसूची थप गरी नक्कली भुटानी शरणार्थी भनी ४२९ जना नेपालीको नाम थपेको पाइएको छ । यो प्रतिवेदन तत्कालीन गृहमन्त्री रामबहादुर थापा वा बालकृष्ण खाण कसको समयमा मन्त्रीपरिषद्मा पठाइयो भन्ने खुलेको छैन । यस विषयमा प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको बुझिएको छ ।

नक्कली प्रतिवेदन तयार गर्न गृह मन्त्रालयका कोको कर्मचारी वा तत्कालीन नेतृत्व संलग्न थिए भन्नेबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ । कार्यदलको उक्त प्रतिवेदनमा संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालय ९यूएनएचसीआर० र जिल्ला प्रशासन कार्यालय, झापामा रहेको शरणार्थी समन्वय एकाइ ९आरसीयू० ले पहिचान गरेको भनी ४२९ जनाको नाम अनुसूचीमा राखेर थपेको पाइएको छ ।

प्रतिवेदनमा किर्ते गरी अनुसूची थप गरी नक्कली भुटानी शरणार्थी भनी ४२९ जना नेपालीको नाम थपेको पाइएको छ ।
२०७४ फागुनदेखि २०७७ असार २९ गतेसम्म गृह मन्त्रालयको नेतृत्व नेकपा ९एमाले० का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले गर्नुभएको थियो । बादलको पालामा कार्यदल गठन भई तयार पारेको प्रतिवेदनमा अनुसूची थप गरी नक्कली फाइल तयार भएको पाइएको छ । यसमा कसकसको संलग्नता छ भन्नेबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

यो पनि पढ्नुहोस्

जापानमा पहिरोको जोखिम बढ्याे

जापानमा पहिरोको जोखिम बढ्याे

२१ मिनेट अगाडि
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य  निर्धारण

आज सुनको मूल्य बढ्याे

२७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ प्रतियोगिताको तयारी पूरा

जापानमा पहिरोको जोखिम बढ्याे

एलपिजीमा लगाइएको प्रतिबन्ध हट्याे

भेनेजुएलामा भूकम्पबाट ३२ जना को मृत्यु हुँदा ७०० घाइते

विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक