शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै देशैभर प्रदर्शन गर्ने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै देशैभर प्रदर्शन गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल)ले भ्रष्टाचारी, मानव तस्करहरुलाई कारबाही गर्न र राष्ट्रघाती नागरिकता विधेयक खारेज गर्न माग गर्दै काठमाडौं उपत्यकासहित देशका सातवटै प्रदेशमा विरोध प्रदर्शनसहित आमसभा गर्ने भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरण र नेकपा (मशाल)का महासचिव सन्तबहादुर नेपालीले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा प्रदर्शनसहित आमसभाका कार्यक्रम सार्वजनिक गरिएको छ ।
जारी प्रेस विज्ञप्ती अनुसार बैशाख ३० गते काठमाडौंको शान्तिबाटिकामा र जेठ १ गते पोखरा, जेठ २ गते बुटबल, जेठ ३ गते सुर्खेत र हटौडा। जेठ ४ गते धनगढी र विराटनगर र जेठ ५ गते जनकपुरमा प्रदर्शनसहित आमसभाको कार्यक्रम राखिएको छ ।
विज्ञप्तीमा सम्पूर्ण जिल्लाहरुमा समेत प्रदर्शन र आमसभा गर्ने जनाइएको छ ।
विज्ञप्तीमा पछिल्लो समयमा सरकारमा बसेका मन्त्री, सांसद, नोकरशाह र संसदवादी राजनीतिक पार्टीका नेताहरुसहितको संगठित गिरोहहरु मानव तस्करीमा सक्रिय सहभागि हुनुले अन्तर्राष्ट्रिय रुपले नेपालको बदनाम भएको उल्लेख गर्दै यसबाट सिंगो नेपाली नागरिकको प्रतिष्ठामा आँच आएको बताइएको छ र भनिएको छ, “यो देशका लागि अक्षम्य राष्ट्रघात र जनविरोधी हर्कत हो । भुटानी शरणार्थीहरुको कोटामा नक्कली भुटानी बनाई नेपालीहरुलाई अमेरिका छिराउनु राष्ट्रिय स्वाभिमान गुमाउनु मात्र भएको छैन, इतिहासको सबैभन्दा लज्जास्पद विषय भएको छ ।”
विज्ञप्तीमा अगाडि भनिएको छ, “यस्तै प्रकारको राष्ट्रघातमा नागरिकता विधेयक पनि आएको छ । विगतका राष्ट्रपतिले अस्वीकार गरेको विधेयकलाई पुनः पारित गरी अंगीकृत नागरिकलाई बंशजको नाताले हुने नागरिक बनाउन खोजिएको छ । यसले देशको सार्वभौमिकतामाथि दखल पु¥याएको छ ।”
विज्ञप्तीमा यतिखेर नेपालको दलाल नोकरशाही पुुँजीवादी सत्ता इतिहासमै सबैभन्दा बदनाम भएको उल्लेख गर्दै देशका सबै क्षेत्र भ्रष्टाचारबाट आक्रान्त छन्, संसदीय व्यवस्थाको स्थापनादेखि नै संस्थागत भ्रष्टाचारका जराहरु गाडिएर हुन् भनिएको छ ।
विज्ञप्तीमा नोकरशाही दलाल संसदीय व्यवस्था स्थापना भएपछि यसको चरित्र अनुसार नै लाउडा काण्ड, सुनकाण्ड, मेलम्ची, ओम्नी, यती, ललिता निवास, वाईड बडी, सेक्युुरिटी प्रेस लगायतका सयौं भ्रष्टाचारका काण्डहरु घटेका उल्लेख गर्दै भ्रष्टाचारीहरुमाथि कार्यवाही गर्न सरकारलाई दवाव दिन र उक्त विधेयक खारेज गराउन सम्पूर्ण क्रान्तिकारी, जनवादी शक्तिहरुमा हार्दिक अपिल गरिएको छ ।
यस्तो छ विज्ञप्तीको पूर्णपाठ :
“यतिखेर नेपालको दलाल नोकरशाही पुुँजीवादी सत्ता इतिहासमै सबैभन्दा बदनाम भएको छ । देशका सबै क्षेत्र भ्रष्टाचारबाट आक्रान्त छन् । संसदीय व्यवस्थाको स्थापनादेखि नै संस्थागत भ्रष्टाचारका जराहरु गाडिएर हुन् । नोकरशाही दलाल संसदीय व्यवस्था स्थापना भएपछि यसको चरित्र अनुसार नै लाउडा काण्ड, सुनकाण्ड, मेलम्ची, ओम्नी, यती, ललिता निवास, वाईड बडी, सेक्युुरिटी प्रेस लगायतका सयौं भ्रष्टाचारका काण्डहरु घटेका छन् । पछिल्लो समयमा सरकारमा बसेका मन्त्री, सांसद, नोकरशाह र संसदवादी राजनीतिक पार्टीका नेताहरुसहितको संगठित गिरोहहरु मानव तस्करीमा सक्रिय सहभागि हुनुले अन्तर्राष्ट्रिय रुपले नेपालको बदनाम भएको छ र सिंगो नेपाली नागरिकको प्रतिष्ठामा आँच आएको छ । यो देशका लागि अक्षम्य राष्ट्रघात र जनविरोधी हर्कत हो । भुटानी शरणार्थीहरुको कोटामा नक्कली भुटानी बनाई नेपालीहरुलाई अमेरिका छिराउनु राष्ट्रिय स्वाभिमान गुमाउनु मात्र भएको छैन, इतिहासको सबैभन्दा लज्जास्पद विषय भएको छ । 
यस्तै प्रकारको राष्ट्रघातमा नागरिकता विधेयक पनि आएको छ । विगतका राष्ट्रपतिले अस्वीकार गरेको विधेयकलाई पुनः पारित गरी अंगीकृत नागरिकलाई बंशजको नाताले हुने नागरिक बनाउन खोजिएको छ । यसले देशको सार्वभौमिकतामाथि दखल पु¥याएको छ । 
भ्रष्टाचारीहरु माथि कार्यवाही गर्न सरकारलाई दवाव दिन र उक्त विधेयक खारेज गराउन सम्पूर्ण क्रान्तिकारी, जनवादी शक्तिहरुमा हामी दुई पार्टी हार्दिक अपिल गर्दछौं । साथै निम्न अनुसार कार्यक्रमहरु सफल तुल्याउन पनि अपिल गर्दछौं । 
कार्यक्रम तालिका
– वैशाख ३० गते – प्रदर्शनसहित आमसभा – शान्तिबाटीका (काठमाडौं)
– प्रादेशिक राजधानीहरु निम्नानुसार प्रदर्शन तथा आमसभाहरु सम्पन्न गर्ने
जेष्ठ १ गते पोखरा
 जेष्ठ २ गते बुटवल
 जेष्ठ ३ गते सुर्खेत 
 जेष्ठ ३ गते हेटौंडा
 जेष्ठ ४ गते धनगढी
 जेष्ठ ४ गते विराटनगर 
 जेष्ठ ५ गते जनकपुर 
– सम्पूर्ण जिल्लाहरुमा प्रदर्शन र आमसभा गर्ने  । 

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

३ घण्टा अगाडि
नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक