शुक्र, असार ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

टोयोटाको नाफा प्रषेपणभन्दा बढी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
टोयोटाको नाफा प्रषेपणभन्दा बढी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

टोकियो। सबैभन्दा बढी बिक्री हुने जापानी कार निर्माता कम्पनी, टोयोटाले बुधबार आफ्नो पूरा वर्षको खुद नाफाले अपेक्षालाई उछिनेको बताएको छ । कम्पनीले आगामी आर्थिक वर्षका लागिसमेत राम्रो बिक्री र राजस्व सङ्कलनमा थप योगदानको प्रक्षेपण गरेको छ ।

जापानी फर्मले गत आर्थिक वर्षको लागि २.४५ ट्रिलियन येन (१८.१२ अर्ब अमेरिकी डलर) को शुद्ध मुनाफा को रिपोर्ट गरेको छ । यो कोभिडले थला परेको विश्व अर्थतन्त्र र युक्रेनमा जारी युद्धका कारण प्रभावित बजारमा अपेक्षा गरिएको २।३६ ट्रिलियन येनको प्रक्षेपणभन्दा बढी हो । यद्यपि, एक वर्ष पहिलेको तुलनामा यो १४ प्रतिशत कम हो । २.३६ ट्रिलियन येनको प्रक्षेपणलाई पछाडि पारेको छ ।

सेमीकन्डक्टर आपूर्तिमा सुधार र उत्पादन स्थलहरूको प्रयासका कारण आगामी वर्षका लागि पूर्ण वर्षको खुद मुनाफा पाँच प्रतिशतले वृद्धि भई २.५८ ट्रिलियन येन पुग्ने अनुमान गरिएको छ ।

अधिकांश उद्योगले महामारीका कारण प्रभावित बजार र विश्वव्यापी चिप अभावको प्रभावसँग जुधिरहेको समय जापानी विशाल कार कम्पनीले सन् २०२२ मा लगातार तेस्रो वर्ष आफ्नो सबैभन्दा बढी बिक्री हुने सवारी साधनका रूपमा रेकर्ड राखेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कोजी सातोले भन्नुभयो, “एक शब्दमा भन्ने हो भने यो वर्ष हाम्रा ग्राहकलाई गाडी उत्पादन र डेलिभरी गर्न निकै कठिन वर्ष थियो ।

प्रमुख वित्तीय अधिकारी योइची मियाजाकीले गत आर्थिक वर्षमा उत्पादन अवरोधका लागि प्राकृतिक प्रकोपदेखि चिप सङ्कटसम्म सबै कुरा उद्धृत गर्दै आफ्नो आम्दानीलाई उत्साहजनक भन्नुभएको छ ।

टोयोटाले गत आर्थिक वर्षमा विश्वभर एक करोड पाँच लाखभन्दा बढी कार बेचेको थियो, जसमा हिनो मोटर्स र दाइहात्सुजस्ता सहायक कम्पनीले बनाएका कार पनि समावेश छन् ।

“सेमीकन्डक्टर आपूर्ति र मागमा सुधार भएको छ, हामी सबै क्षेत्रमा वृद्धिको अपेक्षा गर्दछौँ,” मियाजाकीले भन्नुभयो ।

टोकाई टोकियो रिसर्च इन्स्टिच्युटका वरिष्ठ विश्लेषक सेइजी सुगिउराले परिणाम घोषणा हुनुअघि एएफपीसँग भन्नुभयो, “उत्पादन क्षमतामा वृद्धिले सेमीकन्डक्टरको अभावको प्रभाव घट्दै गएको सङ्केत गर्छ ।”

अनुसन्धान तथा परामर्श फर्म टीआईडब्लुका अटो एनालिस्ट सतोरु ताकाडाका अनुसार भूकम्पजस्ता प्राकृतिक प्रकोपको प्रभावसँग जुध्न सक्ने प्रणाली निर्माण गर्न टोयोटाले ‘निकै कडाइ’ गरेको र यसबाट आम्दानीमा थप उल्लेख्य योगदानको अपेक्षा गरिएको छ ।

यस वर्षको सुरुमा टोयोटाले अकियो टोयोडाको स्थानमा ५३ वर्षीय सातोलाई कार्यकारी प्रमुखको रूपमा नियुक्त गरेको थियो ।

उहाँले सन् २०२६ सम्ममा ’नेक्स्ट जेनेरेसन’ लेक्सस गाडीको आविष्कारसहित ‘नयाँ दृष्टिकोण’ मार्फत ब्याट्रीबाट चल्ने विद्युतीय सवारीसाधनको विकासलाई‘’गति’ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

केही आलोचक भन्छन्, “उत्सर्जन अटोमोबाइलको लागि माग बढेको अवस्थामा टोयोटाले हाइब्रिड कारहरूको नेतृत्व गरेको छ । कम्पनी ब्याट्री–सञ्चालित इन्जिनमा स्थानान्तरण गर्न ढिलो भएको छ । जबकि कम उत्सर्जन अटोमोबाइलको लागि माग बढेको छ ।”

कम्पनीले सन् २०२६ सम्ममा विद्युतीय कारको बिक्री १५ लाख युनिट पुर्‍याउने लक्ष्य राखेको छ, जुन सन् २०२२ मा २० हजार रहेको देखिन्छ । रासस/एएफपी

यो पनि पढ्नुहोस्

एसईई नतिजा यसरी हेर्न सकिन्छ नतिजा !

एसएलसीई कक्षा १२ को पूरक परीक्षा २ र ३ साउनमा हुने

४ मिनेट अगाडि
चार अध्यादेश अगाडि बढाउने विषय यथावत

चार अध्यादेश अगाडि बढाउने विषय यथावत

८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

४ दिने शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बबईका अनुदान शिक्षक सहजकर्ताले ज्ञापन पत्र बुझाए

जनपक्षीय पत्रकारिताका गुरु शक्ति दाइ

रास्वपाको महाधिवेशन भव्य तयारी

हिरासतबाट छुटेपछि जेनजीले भनेः बालेन सरकारले हाम्रा आवाज बन्द गर्नसक्दैन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक