शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

महवाकांक्षी बजेट ल्याउने तयारीमा सरकार

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
महवाकांक्षी बजेट ल्याउने तयारीमा सरकार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । देशको अर्थतन्त्र संकुचन भएको अवस्थामा सरकारले दिगो, फराकिलो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने महत्वाकांक्षी योजनासहित आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउने तयारी गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आइतबार संसद्मा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मन्दी र बजारमा आर्थिक समस्या देखिरहेको बेला महत्वाकांक्षी बजेट ल्याउने संकेत दिएका हुन् ।

स्रोतको अभावका कारण बजेटको आकार नै खुम्चिएर पुँजीगत खर्चसमेत कटौती गर्नुपर्ने दबाबलाई बेवास्ता गर्दै सरकार सस्तो लोकप्रियता खोज्दै छ । राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्ष २०७९÷८० मा २.१६ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने बताइरहेको बेला अर्थमन्त्री महतले भने चालू आवमा जस्तै ८ प्रतिशतको आर्थिक वृद्धि हुनेगरी बजेट ल्याउने तयारी गरेका हुन् ।

अर्थमन्त्री महतले आगामी बजेटमा आर्थिक वृद्धि, रोजगारी र सुशासन प्रवद्र्धनलाई प्राथमिकता दिइने जानकारी सदनलाई दिए ।

उपभोग्य वस्तुमा वैदेशिक निर्भरतालाई कम गरिने, लघु घरेलु उद्योग प्रवद्र्धन गर्न कार्यक्रम सञ्चालन गरिने, निर्यात प्रवद्र्धन गर्न नगद अनुदानलगायतका कार्यक्रम सञ्चालन गरिनेजस्ता पुराना महत्वाकांक्षी योजना अर्थमन्त्री महतका रहेका छन् ।

आवासविहीनका लागि आवास कार्यक्रम सञ्चालन गरिने, नेपालको विकासका लागि आर्थिक कूटनीति अपनाइने कुरा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा उल्लेख गरिएको छ ।

रोजगारीको अवसर बढाउने र सुशासन प्रवद्र्धन गर्नेतर्फ लक्षित हुँदै भ्रष्टाचारमा शून्य सहनशिलता अपनाइने पनि मन्त्री महतले बताए ।

संघीय संसद्का दुवै सदनमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि सैद्धान्तिक छलफलको प्रस्ताव राख्दै अर्थमन्त्री महतले अप्ठेरोका बीच पनि केही महत्वाकांक्षी भएरै बजेट ल्याउने संकेत दिएको आजको राजधानी दैनिकमा खवर छ ।

यो पनि पढ्नुहोस्

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

६ घण्टा अगाडि
जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

मन्त्रिपरिषद्को बैठक जारी

आज सुनको मूल्य बढ्याे

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक