बिहि, असार ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल लाइफ इन्स्योरेन्स २३ औं वर्षमा प्रवेश

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नेपाल लाइफ इन्स्योरेन्स २३ औं वर्षमा प्रवेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २२ वर्ष पूरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ । २०५८ साल वैशाख २१ गते स्थापित यस कम्पनीले बिहीवार विभिन्न कार्यक्रमहरू गरेर आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्पूर्ण ग्राहकहरूले गरेको विश्वास, कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा अभिकर्ताहरू, मार्गनिर्देशन प्रदान गर्ने संचालक पदाधिकारीहरू, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरू, माया, स्नेह प्रदान गर्ने शेयरधनी, नेपाल बीमा प्राधिकरण, अन्य नियामक निकायहरूका साथसाथै २२ वर्षको अवधिमा सहयोग गरी नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न अतुलनीय भूमिका खेल्ने सबै सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गरेका छन् ।

आगामी दिनहरूमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरूको सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने बताए । यसका साथै सम्पूर्ण सरोकारवालाहरूको अपेक्षालाई पूरा गर्न कम्पनी दत्त चित्त भएर लागि पर्ने उनको भनाइ थियो ।

२२ वर्ष पूरा गरी २३ वर्षमा प्रवेश गरेको सुखद अवसरमा कम्पनीले सातवटै प्रदेशबाट रक्तदान कार्यक्रम संचालन गरेको छ । उत्त कार्यक्रममार्फत कोशी प्रदेशको विर्तामोडमा ५६, मधेश प्रदेशको वीरगन्जमा १६, बागमती प्रदेशको नारायणघाटमा ३९ र काठमाडौंमा ४१, गण्डकी प्रदेशको पोखरामा ५६, लुम्बिनी प्रदेशको बुटवलमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३२ र सुदूरपश्चिम प्रदेशकोे महेन्द्रनगरमा ४५ गरी कुल ३ सय १० पिन्ट रगत संकलन गरिएको छ ।

‘किनकि जीवन अमुल्य’ छ भन्ने मूल नारालाई आत्मसाथ गर्दै २२ वर्षदेखि नेपालीहरूको घर दैलोमा जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०८० चैत मसान्तसम्ममा लगानी रु। १६२।२८ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमा कोष करिब १५८ अर्व रुपैयाँ संचित रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना करिब १ सय ९२ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

यो पनि पढ्नुहोस्

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

६ घण्टा अगाडि
विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेप्से परिसूचक घट्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

विश्वकपमा फ्रान्सकाे विजयी सुरुआत

इरानले खेल समाप्त हुनेबित्तिकै अमेरिका छाड्नुपर्ने

४५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक