सोम, जेष्ठ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

नेपालको जग्गामा भारतीयको खेतीपाती

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपालको जग्गामा भारतीयको खेतीपाती
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

झापा– हरेक बिहान घाम नउदाउँदै एक हुल मानिस भारतबाट सीमा छिचोलेर नेपाली भू–भागतिर पस्छन्। दशगजा जोडिएको नेपाली खेतमा कोही हलो जोत्छन्, कोही झार उखेल्छन्। खाजा र भात नेपालतिरै खान्छन्। बेलुकी घाम अस्ताउनुअघि मेची नदीमा नुहाएर उनीहरू भारततिरै बाटो लाग्छन्।

यो दृश्य मेचीपारिको नेपाल भनेर चिनिएको मेचीनगर–१५ ग्वालाबस्तीको हो। बस्तीको पूर्वबाट मेची नदी बग्ने भएका कारण हजारौं बिघा जग्गा रहेको यो नेपाली भू–भाग टापुजस्तो अवस्थामा मेचीपारि छ। यहाँ नेपाली खेतमा भारतीय नागरिक आएर वर्षौँदेखि निर्वाध खेतीपाती गर्दै आएका छन्।

भारतको पश्चिम बंगाल प्रान्तको चुन्नीलाल जोत निवासी ३१ वर्षीय वासुदेव मुर्मूले विगत लामो समयदेखि नेपाली भूमिमा तरकारी खेती गरिरहेको बताइन्। उनले तीन बिघा जग्गामा यसपालि पर्वल, करेला र लौका खेती गरिरहेकी छिन्।

हरेक दिन कामदार लिएर उनी भारतबाट नेपालतिर आउँछिन्। वास्तविक जग्गाधनीको नाम र ठेगाना पनि उनलाई थाहा छैन। तर धुलाबारीतिरका एक व्यक्तिले सो जग्गाको वार्षिक १० हजार भाडा उठाउने गरेको उनले बताइन्। ‘यसपालि पर्वलखेती राम्रो फस्टाउला भन्ने आशा छ,’ तरकारीका बिरुवा गोडमेल गर्दै मुर्मूले सुनाइन्, ‘आकाशे पानी पनि राम्रै परिरहेको छ। बजारभाउ बढ्यो भने निकै नाफा हुन्छ होला।’

मेचीपारि मेचीनगर–१५ मा ग्वालाबस्ती र सिसौडाँगी गरी दुई नेपाली बस्ती छन्। एक दशकमा लगभग आधा बस्ती बसाइँ हिँडेपछि खेतमा भारतीयहरू आउन थालेको स्थानीयवासी बताउँछन्। नेपालतिर आएर भारतीयले खेतीपाती गर्ने क्रम बर्सेनि बढ्दै गएको छ।

विसं २०१८ देखि ग्वालाबस्तीमा बसोबास गर्दै आएका ८२ वर्षीय राजेन्द्र यादवले बस्तीमा विकासे पूर्वाधार केही नभएका कारण बसाइँ हिँड्ने क्रम बर्सेनि बढ्दै गएको बताए। बसाइँ हिँड्ने बढेपछि बस्तीका कतिपय खेत बाँझै रहने गरेका छन्। त्यही भएर सीमापारिका मान्छेहरूले नेपाली खाली भू–भागमा आँखा लगाउन थालेको स्थानीयवासी बताउँछन्।

बसाइँ सरेर मेचीवारि आएकाहरू खेतीका लागि मेची नदी तरेर जान रुचि राख्दैनन्। बरु भाडामा खेती गर्न आउने भारतीयलाई नै जग्गा दिने गरेको यादव बताउँछन्। बलौटे तर उर्वर माटो भएकाले त्यहाँ अन्नबालीभन्दा तरकारी बाली फस्टाउने गरेको भारतीय कृषक मुर्मू बताउँछिन्। सो बस्तीमा कुनै नेपाली सुरक्षा पोस्ट नभएको हुँदा भारतीयलाई आउजाउ गर्न सहज छ। पाकेको बालीसमेत उनीहरू ट्र्याक्टर र मोटरसाइकलमा लोड गरेर भारततिरै लैजान्छन्।

‘तरकारी फलेपछि भारतीय बजार बतासी र अधिकारीमा लगेर बेच्छौं’, उनले भनिन्, ‘नेपाली जग्गामा फलेको सब्जी भनेपछि भारतीय हाटबजारमा किन्नेहरू हारालुछ गर्छन्।’ कहिलेकाहीँ धेरै उत्पादन हुँदा भारतका ठूला सीमावर्ती बजार पानीटङ्की र नक्सलबारीमा लगेर सब्जी बेच्ने गरेको उनले जानकारी दिइन्।

ग्वालाबस्तीमा पाँच बिघा बगरखेती भएका डुक्कु बेस्रा मेचीवारि नै बसोबास गर्छन्। मेची नदी तरेर जाने झन्झट उठाउनुको साटो उनले पनि भारतीय नागरिकलाई नै जग्गा भाडामा दिने गरेका छन्।

उनले दिएको जग्गामा तरकारी र अनारस ९भुइँकटहर० खेती हुर्किरहेको छ। महँगो मूल्यमा बिक्री हुने र बिक्रीका लागि बजारको समस्या नरहेकाले अनारस खेतीमा भारतीय नागरिकको आकर्षण बढेको पाइएको छ। ती जग्गामा सिँचाइका लागि इनार खनिएका छन्। इनारको पानीलाई सानो वाटरपम्प मेसिनको सहायताले तानेर खेत भिजाउने गरिएको छ। भारतीयहरूले उतैबाट रासायनिक मल ल्याएर प्रयोग गर्दै आएका छन्।

मेचीपारिका ती बस्तीहरू तरकारी खेतीका लागि वर्षौंदेखि प्रसिद्ध छन्। यहाँको बगरखेतीमा फल्ने खरबुजा, काँक्रा, लौका, फर्सीजस्ता तरकारीले नेपालको भद्रपुर, काँकरभिट्टा, धुलाबारी र बिर्तामोडसम्म बजार पाउँथ्यो। तर एक दशकयता नेपालीहरूले खेतीपाती घटाउँदै लगेका कारण भारतीय नागरिकको हालीमुहाली बढ्दै गएको छ।

नेपाली सुरक्षा निकायको कुनै चौकी नभएको ग्लालाबस्ती र सिसौडाँगीमा सशस्त्र प्रहरीको सीमा सुरक्षा हेर्ने बिओपी ज्यामिरगढीको गस्तीटोली कहिलेकाहीँ पुग्ने गरेको छ। RSS

यो पनि पढ्नुहोस्

थिचोमिचो विरुद्ध प्रदर्शन

थिचोमिचो विरुद्ध प्रदर्शन

१४ घण्टा अगाडि
दुई दिने चिकित्सक सङ्घकाे सम्मेलन आयोजना हुने

दुई दिने चिकित्सक सङ्घकाे सम्मेलन आयोजना हुने

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

दुई दिने चिकित्सक सङ्घकाे सम्मेलन आयोजना हुने

रास्वपाका सभापति भारत भ्रमणमा जादै

तेलंगाना राज्यमा अत्यधिक गर्मीबाट १६ जनाको मृत्यु

सुनको भाउ प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक