शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

रास्वपालाई सरकारमा फर्काउने जिम्मा प्रधानमन्त्रीलाई

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
१० दलको बैठकमा निस्किएन कुनै निष्कर्ष
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / सत्तारूढ गठबन्धनमा रहेका दलहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई जिम्मा दिएका छन् । शीर्ष नेताहरूको बुधबारको बैठकले अहिलेकै गठबन्धनलाई निरन्तरता दिँदै रास्वपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री दाहाललाई जिम्मा दिएको हो । तर दाहालले बुधबार नवौं पटक मन्त्रिपरिषद् विस्तार गरेपछि रास्वपालाई फर्काउन थप जटिल हुने देखिएको छ ।

कांग्रेसले आफ्नो कोटामा परेका तीन मन्त्रालयमा मन्त्री पठाएपछि प्रधानमन्त्री दाहालले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । कांग्रेस उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री बनेका हुन् । प्रधानमन्त्री दाहालसँग अब जसपाको भागमा परेको वन तथा वातावरण र जनमत पार्टीले छाडेको खानेपानी मन्त्रालय छन् ।

रास्वपाले पुरानै मन्त्रालय (उपप्रधानसहित गृह, शिक्षा र श्रम) मन्त्रालय मागेको छ । ती मन्त्रालय हाल माओवादी, जसपा र लोसपाको भागमा छन् । गृहमन्त्री छाड्न माओवादीले मानेको छैन । आफ्नो भागमा परेको मन्त्रालय छाड्न जसपा र लोसपाले पनि आनाकानी गरिरहेका छन् । ‘रास्वपालाई सरकारमा ल्याउन प्रधानमन्त्रीले छलफल गरिरहनुभएको छ । त्यसलाई उहाँले नै सम्बोधन गरेर निष्कर्षमा पुर्‍याउनुहोला,’ कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने ।

उपप्रधान एवं गृहमन्त्री तथा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले रास्वपालाई सरकारमा सामेल गराउन कोसिस हुने र सहभागी हुन चाहे मन्त्रिपरिषद् हेरफेर हुन सक्ने बताए । ‘रास्वपा सरकारमा आए लिन्छौं । तर पुरानै मन्त्रालय सम्भव छैन,’ उनले भने, ‘अरू मन्त्रालय लिएर आउन चाहे त्यसबारे कुरा गर्ने जिम्मा प्रधानमन्त्रीकै हो ।’

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले गृहसहित पहिलेकै मन्त्रालय पाए काम गर्न सजिलो हुने रास्वापको भनाइ रहेको बताए । रास्वपा सभापति रवि लामिछाने पुस ११ मा गृह तथा उपप्रधानमन्त्री नियुक्त भएका थिए । रास्वपाले शिक्षा र श्रम मन्त्रालय पनि पाएको थियो । सभापति लामिछानेको सांसद पद नै नरहेपछि रास्वपा माघ २२ मा सरकारबाट बाहिरिएको थियो । सरकारमा फेरि सहभागी हुने/नहुने भन्नेबारे निर्णय लिन रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको छ । सरकारमा सहभागी हुन रास्वपाले राखेका सर्तमध्ये पुरानै मन्त्रालय पाउनुपर्नेबाहेकमा प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक छन् ।

रास्वपाका एक नेताले गृह मन्त्रालय नपाए सरकारमा सहभागी हुने सम्भावना कम रहेको बताए । ‘पहिला पार्टी सभापति उपप्रधान तथा गृहमन्त्री हुनुभएको थियो,’ उनले भने, ‘पहिला जुन वरीयता र जिम्मेवारी थियो, त्यसमा घटुवा भएर अहिलेको सरकारमा सहभागी हुने भन्ने त हुँदैन । यस विषयमा शुक्रबारको पार्टी बैठकमा छलफल हुन्छ ।’ ती नेताका अनुसार प्रधानमन्त्री दाहाल र कांग्रेस नेताहरूले रास्वपालाई सरकारमा सहभागी गराउन पहल गरिरहेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले रास्वपालाई सरकारमा सहभागी गराउन कुनै ‘बटमलाइन’ नरहेको बताए । ‘रास्वपा सरकारमा सहभागी हुनेमा प्रधानमन्त्रीज्यू आशावादी हुनुहुन्छ,’ उनले भने, ‘प्रधानमन्त्रीले बिनाबटमलाइन रास्वापासँग कुराकानी गर्नुभएको छ ।’ सरकारको नीति तथा कार्यक्रममा रास्वापाको चासोलाई सम्बोधन गरी मन्त्रिपरिषद्मा सहभागी गराउने प्रयास भइरहेको उनले जानकारी दिए ।

बालुवाटार स्रोतका अनुसार उपनिर्वाचनमा बारा–२ बाट निर्वाचित भएका जसपा अध्यक्ष उपेन्द्र यादव मन्त्री बन्ने तयारीमा छन् । जसपाको भागमा वन तथा वातावरण मन्त्रालय परेको छ । जसपाले अर्को शिक्षा मन्त्रालयमा अशोक राईलाई यसअघि नै पठाइसकेको छ । ‘हामी छिट्टै थप मन्त्रीको नाम सिफारिस गर्छौं,’ जसपा अध्यक्ष यादवले भने ।

बुधबार नै सत्ता गठबन्धन बैठकमा आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल सुरु भएको छ । बैठकमा समसामयिक राजनीतिको समीक्षा र आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता तय गर्नेबारे छलफल भएको कांग्रेसका प्रमुख सचेतक लेखकले जानकारी दिए । ‘सरकारको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा गठबन्धन दलहरूबीच साझा अवधारणा बनाउनेबारे छलफल भएको छ,’ उनले भने ।

यो पनि पढ्नुहोस्

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

१ दिन अगाडि
मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

एनपीएलमा आज एक खेल मात्र हुँदै

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक