काठमाडाैं । सुनको भाउ आज ह्वात्तै बढेको छ ।
तोलामा आज सुनको भाउ एक हजार ८ सय रुपैयाँले बढेर एक लाख १० हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ८ हजार ८ सय रुपैयाँ थियो ।
गएको चैत २२ गते सुनको भाउ अहिलेसम्मकै उच्च भएको थियो । २२ गते सुनको मूल्य तोलामा एक लाख ११ हजार रुपैयाँमा पुगेको थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर तोलाको एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


