बुध, असार ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

श्रमिकविहीन चिया दिवस

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
श्रमिकविहीन चिया दिवस
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
 

इलाम । शुक्रबार इलामको फिक्कलमा २७औं राष्ट्रिय चिया दिवस मनाइयो। कार्यक्रमका प्रमुख अतिथि थिए कृषि तथा पशुपन्छी मन्त्री बेदुराम भुसाल। खचाखच भरिएको सभाकक्षमा श्रमिक भने एक जना पनि थिएनन्।

कार्यक्रमको शुभकामना दिन मञ्चमा पुगेका केन्द्रीय सहकारी संघका अध्यक्ष हर्कबहादुर तामाङले भने, ‘यत्रो कार्यक्रममा चिया क्षेत्रमा काम गर्ने श्रमिकको उपस्थिति भएको भए राम्रो हुने थियो।’

अध्यक्ष तामाङको चिन्ता अरूको चासो बनेन। आफूअघि बसेका जापान, चीन र अमेरिकाका चिया खरिदकर्तालाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले स्वागत गरे। उनले चियाको वास्तविक अवस्थाका बारेमा चिया खरिद गर्न आएका व्यापारीलाई बुझाए । तर, श्रमिकको समस्याका विषयमा एक शब्द खर्चेनन्।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले शुक्रबार सार्वजनिक गरेको विवरणमा देशभर ६० हजार श्रमिक चिया कारखाना र चिया बगानमा कार्यरत छन्। मन्त्री भुसाललेसमेत चियामा चासो राखेर विदेशी ग्राहक आउन थालेकोमा प्रसन्नता व्यक्त गरे पनि चियालाई ‘बोटबाट ओठ’ सम्म ल्याउने श्रमिकका विषयमा बोल्न चासो देखाएनन्।

कार्यक्रम आयोजना भएको सूर्योदय नगरपालिकाको सभाकक्षबाट करिब चार किलोमिटरको दूरीमा कार्यरत चिया श्रमिक सोममाया राईले चिया दिवसको बारेमा आफूलाई थाहा नभएको बताइन्। उनले सुनाइन् ‘सधैं बगानमा दिन बित्छ, अहिलेसम्म चिया दिवसमा जाने अवसर पाएकै छैन।’

कन्याम चिया बगानमा १७ वर्षको उमेरदेखि चिया टिप्ने उनी मात्रै होइन त्यहाँ  कार्यरत एक सयभन्दा बढीले चिया दिवसको सुइँको समेत पाएनन्।
चिया बगानमा ४० वर्षभन्दा बढी नियमित काम गरेका श्रमिकका लागि २७ वटा चिया दिवसले कहिल्यै नछोएको बताउँछिन्, लामो समय बगानमा काम गरेकी शर्मिला तामाङ। उनी भन्छिन्, ‘चिया श्रमिकले अहिले पनि अभाव र अपहेलना सहेर काम गरिरहेका छन्।’

चिया विकास निगमअन्तर्गतको कन्याम चिया बगानमा अहिले पनि करिब १५० श्रमिक न्यूनतम तलबमा काम गरिरहेका छन्। उनीहरूले सरकारले तोकेको सेवासमेत पाएका छैनन्। अधिकांश चिया बगान र कारखानामा काम गर्ने श्रमिकले बिना नियुक्तिपत्र काम गरिरहे पनि यो विषयमा चिया क्षेत्रको नियमन गर्ने निकाय चिया तथा कफी विकास बोर्ड सधैं मौन रहने गरेको श्रमिकहरूको गुनासो छ।  कन्याम, इलाम, शोक्तिम र चिलिमकोट चिया बगानका मजदुरले सरकारले राजपत्रमा प्रकाशन गरेको ज्यालासमेत नपाएको श्रमिक नेताहरू बताउँछन्। उनी भन्छन्, ‘मिडियामा हाम्रो दुःख सुनायो भने कम्पनीले अनेक बहाना बनाएर कामबाट निकालिदिन्छ, नाम खोलेर बोल्ने अवस्थामा पनि छैनौं।’

इलामका चारवटै बगानमा श्रमिकका लागि स्वास्थ, शिक्षा, बसोबासको सामान्य प्रबन्धसमेत नगरेकोप्रति मजदुरको गुनासो छ। बगान व्यवस्थापनले श्रम ऐनमा तोकिएको ज्यालासमेत दिएको छैन। सरकारले तोकेको ज्याला झापाका बर्ने, टोक्ला र बाह्रदशी चिया बगानका मजदुरले मात्र पाएपछि पहाडका मजदुरमाथि भएको विभेदको समाधान गर्न सबै दल असक्षम भएको मजदुरहरूको गुनासो छ।

  •  मन्त्रीले चियाको वास्तविक अवस्थाका बारेमा चिया व्यापारीलाई बुझाए। तर, श्रमिकको समस्याका विषयमा एक शब्द खर्चेनन्।
  •     खचाखच भरिएको सभा कक्षमा श्रमिक भने एक जना पनि थिएनन्।
  •     कन्याम चिया बगानमा कार्यरत एक सयभन्दा बढीले चिया दिवसको सुइँको समेत पाएनन्।

चिया विकास निगमअन्तर्गतको संघाई समूहलाई ठेक्कामा दिएपछि मजदुरका पक्षमा बोल्ने क्षमता सरकारले पनि गुमाएको प्रति मजदुर नेताहरू निक्कै आक्रोश छ।

लामो समयदेखि काम गर्ने मजदुर पनि अरू विकल्प नपाउँदा जीवनका अन्तिम प्रहरहरू चियाबगानका बुट्टाहरूमा बिताइरहेका छन्। कन्याम चिया कारखाना बनाउँदा गिटी बोक्ने श्रमिकहरू अहिले पनि त्यही चिया बगानको चिया टिप्छन्, बगानका मालिकहरूको अवस्था फेरिए पनि श्रमिकको अवस्था उस्तै रहेको त्यही बगानमा काम गरेका पाण्डुराज गिरीले बताए। उनलाई बगानभित्रको विकृतिविरुद्धमा बोलेका कारण बगानले राजीनामा दिन बाध्य बनाएको उनले सुनाए।

५५ वर्ष पुगेपछि स्थायी मजदुरको अवकाश हुन्छ। अवकाश भएपछि मजदुर खाली हात घर फर्कनुपर्छ। एक लाखको हाराहारीमा पाउने उपदान त्यो पनि किस्तामा पाउने गरेको उनीहरू बताउँछन्। घरबार चल्ने बेतन नपाएकै कारण चिया बगानमा काम गर्ने मजदुरहरू कोही अरू पेसामा त केही वैदेशिक रोजगारीमा गएका छन्।

बगान व्यवस्थापनले त्यहाँका कारखाना बाहिर काम गर्ने श्रमिकलाई दैनिक ४१४ रुपैयाँ ज्याला दिन्छ। एक मजदुर नेताका अनुसार श्रम ऐनअनुसार पनि दैनिक ज्याला ४३५ रुपैयाँ पाउनुपर्छ। कारखानाभित्र काम गर्ने मजदुरले ४९० पाउनुपर्नेमा ४५६ रुपैयाँ मात्रै पाएका छन्।

कन्याम चिया बगानमा पनि अहिले स्थायी कामदार घट्ने क्रममा रहेको मजदुर संगठनहरूले जनाएका छन्। कन्याम चिया बगानमा ६१ जना करारका श्रमिक काम गरिरहेका छन्। अरू दैनिक ज्यालादारीमा रहेका छन् त्यहाँ करिब १५० मजदुर रहेका छन्।

बगान छोडेका कामदारले अहिले दैनिक कम्तीमा सात सय कमाउँछन्। सिजनमा बगानकै मजदुर पनि गाउँका निजी बगानमा चिया टिपेर दैनिक एक हजारसम्म कमाउने गरेका छन्। कतिपयले काम नहुँदा मात्र बगानमा आउने गरेको बताए।

जिल्लाका कन्याम, इलाम, शोक्तिम र चिलिमकोट चिया बगानबाट हजारको हाराहारीमा श्रमिक विस्थापित भइसकेका छन्। अहिले संघाई समूहले लिएका सातवटा बगानमा पुगनपुग ७०० स्थायी श्रमिक रहेका छन्। व्यवस्थापन ती श्रमिकसमेत हटाउने रणनीतिमा रहेको श्रमिक संगठनका नेताहरू बताउँछन्।

सरकारी स्वामित्वमा रहेका यी चिया बगान र कारखाना २०५७ सालमा निजीकरणसँगै मजदुर विस्थापित भएका छन्। निजीकरण गरिएपछि व्यवस्थापन पक्षले दैनिक ज्याला, बिदा र सेवा सुविधामा कटौती गरेपछि परिवार पाल्न नसक्ने भएकाले मजदुर चिया बगान छोडेर रोजगारीका लागि अन्य स्थानतिर जाने गरेका हुन्। ४ सय ७३ स्थायी मजदुर रहेको देशको ठूलो अर्थोडक्स चिया उत्पादन गर्दै आएको कन्याम चिया बगानमा यतिबेला ६१ मजदुर कार्यरत रहेका छन्। यस्तै १ सय ६५ जना स्थायी मजदुर रहेको इलाम चिया बगान, शोक्तिम, चिलिमकोट चिया बगानमा पनि केही मजदुर मात्र स्थायी छन्।

सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल चिया विकास निगम २०५७ सालमा संघाई ग्रुपलाई ५० वर्षका लागि भाडामा दिएपछि मजदुरहरू भने मारमा परेको गुनासो गर्दै आएका छन्। विस्थापित मजदुर भारतको दार्जिलिङ, सिक्किम, ग्यान्टोक, भारतका कोइलाखानी र खाडी मुलुकमा पुगेको श्रमिकहरू बताउँछन्।

सुरक्षित छैन कार्यस्थल 

नेपालमा करिब १७ हजार हेक्टरमा चियाखेती हुन्छ। वार्षिक २३ हजार ७ सय ४५ मेट्रिकटन चिया उत्पादन हुन्छ। चियामा १७ हजारभन्दा बढी किसान आबद्ध छन्। चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा ६० हजारभन्दा बढी श्रमिकले चियाको बोटदेखि बजार पुर्‍याउँदासम्म काम गरिरहेका छन्।

यो पनि पढ्नुहोस्

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

५ घण्टा अगाडि
विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

६ घण्टा अगाडि

तर, चिया बगान र चिया कारखानामा काम गर्ने श्रमिकका लागि स्वास्थ्य र सुरक्षाको क्षेत्रमा न त सरकारले लगानी गरेको छ न त उद्यमीले नै। श्रम ऐनमा व्यवस्था भएका कतिपय सुविधाबाट समेत वञ्चित भएका चिया र अलंैचीमा काम गर्ने श्रमिकलाई स्वास्थ्य र सुरक्षाका विषयमा सचेतना जगाउने उद्देश्यले इलाम र झापाका श्रमिकहरू ल।गि सञ्चालन गरेको विशेष कार्यक्रमबाट भने श्रमिक आफैंले आफ्नो स्वास्थ्य र सुरक्षामा चासो देखाउन थालेका छन्।

उद्यमीहरू समेत यस विषयमा सचेतता अपनाउनु पर्ने रहेछ भन्न थालेका छन्। इलाम नगरपालिका–१२ को पीताम्बर अर्गानिक चिया प्रशोधन उद्योगका प्रोपाइटर नन्दलाल भट्टराई भन्छन्, ‘स्वास्थ्य र सुरक्षाका हिसाबले इलामका चिया कारखाना र बगानहरूमा सुधार गर्नुपर्ने प्रशस्त कुरा छन्।’

श्रमिकविहीन चिया दिवस

श्रमिकविहीन चिया दिवस

तोयानाथ भट्टराई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेप्से परिसूचक घट्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

विश्वकपमा फ्रान्सकाे विजयी सुरुआत

इरानले खेल समाप्त हुनेबित्तिकै अमेरिका छाड्नुपर्ने

४५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक