शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

बहुमत र क्रान्तिकारी माओवादीबीच एकता हुने

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
बहुमत र क्रान्तिकारी माओवादीबीच एकता हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालका दुई मालेमावादी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच वैशाख १८ गते मे दिवसका दिन घोषणा हुने एकता कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको छ । नेकपा (बहुमत) को केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार मजदुर दिवसका दिन उल्लेख्य जनसहभागिताबीच खुला मञ्चमा ऐतिहासिक घोषणा सभा हुनेछ । घोषणासभामा यसअघि दुई पार्टीका रूपमा रहेका शीर्ष नेताहरूले पार्टीको नयाँ नामसहित नयाँ नेतृत्व र कार्यक्रम सार्वजनिक गर्दै एकताको घोषणा गर्नेछन् । पार्टी एकता घोषणासभामा शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्राप्त जानकारीअनुसार दुवै पार्टीका शीर्ष नेतृत्व र एकता संयोजन समितिका बैठकहरू बसेर दर्शन, विचार, राजनीति, कार्यक्रम, योजना र सङ्गठनका विषयमा भएका छलफलहरू करिब टुङ्गिइसकेका छन् । १७ गतेसम्म दुवै पार्टीका एकल र संयुक्त बैठक÷अधिवेशनहरू बसेर १८ गते पार्टी एकता घोषणाका लागि प्रस्तावहरू तयार पार्ने स्रोतले जनाएको छ ।

यसैक्रममा नेकपा (बहुमत) का संयोजक कञ्चन, प्रवक्ता सुदर्शन, कार्यालय सदस्य दीपकलगायत नेतृत्वको उपस्थितिमा काठमाडौँमा बसेको जवस, मोर्चा र बागमती उपत्यका ब्युरोमा रहेका भूगोलका प्रमुख र इन्चार्जहरूको संयुक्त बैठकले खुलामञ्चमा सोमबार हुने पार्टी एकता घोषणा सभा भव्यतापूर्वक सफल पार्ने निर्णय गरेको छ ।

बैठकमा पार्टी संयोजक कञ्चनले दुई क्रान्तिकारी मालेमावादी पार्टीबीचको एकता धक्कापूर्ण राजनीतिक महत्वको ऐतिहासिक परिघटना भएकाले भव्यतापूर्वक सफल पार्नुपर्ने बताए ।

पार्टी प्रवक्ता सुदर्शनले पार्टी एकता र क्रान्तिकारी ध्रुवीकरणको औचित्य पार्टी एकता र क्रान्तिको सफलताले प्रमाणित गर्नुपर्ने प्रस्ट पार्दै एकता घोषणा कार्यक्रमलाई उत्सवका रूपमा सम्पन्न गर्नुपर्ने बताए ।
पार्टी केन्द्रीय कार्यालय सदस्य दीपकले दुई क्रान्तिकारी पार्टीबीचको एकताले क्रान्तिको वातावरण निर्माण गर्न ऐतिहासिक भूमिका निर्वाह गर्ने बताए ।

बैठकमा बागमती उपत्यका ब्युरो इन्चार्ज शरद, जवस मोर्चा फ्र्याक्सन इन्चार्ज शार्दूल, पार्टीको केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन ब्युरो संयोजक अशोक सुवेदी, पार्टीको काठमाडाँै जिल्ला इन्चार्ज दीपेन्द्र चलाउने, संयोजक अविरल चन्द, ललितपुर इन्चार्ज दिल, भक्तपुर इन्चार्ज रोजन, अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राई, किसान सङ्गठनका अध्यक्ष हरि श्रेष्ठ, महिला सङ्गठनकी अध्यक्ष अञ्जना तामाङ, सुकुमबासी सङ्गठनका अध्यक्ष मीनराज गिरी, दलित मोर्चाका संयोजक दर्शन नेपाली, बुद्धिजीवी सङ्गठनका देवकला अधिकारी, नन्दलाल खरेल, पार्टीको नुवाकोट इन्चार्ज रक्तिम, पत्रकार सङ्गठनका संयोजक कमलका साथै मजदुर, शिक्षक, सम्पर्क मञ्चलगायत मोर्चाका प्रतिनिधिले घोषणा सभा भव्य र सन्देशमूलक बनाउनुपर्ने बताएका थिए ।

यसअघि दुवै पार्टीले चैत २४ गते काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गर्दै वैशाख १८ गते पार्टी एकता घोषणा सभ ागर्ने सार्वजनिक गरेका थिए ।

यो पनि पढ्नुहोस्

बिचौलिया सम्झिँदै न्यायाधीशको संसदीय सुनुवाइ

बिचौलिया सम्झिँदै न्यायाधीशको संसदीय सुनुवाइ

३७ मिनेट अगाडि
आज मौसम सफा रहने

यस्ताे छ माैसम

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक