बुध, असार ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भक्तपुर आउने पर्यटकको सङ्ख्या बढेपछि पर्यटन व्यवसायमा आशा पलायाे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
भक्तपुर आउने पर्यटकको सङ्ख्या बढेपछि पर्यटन व्यवसायमा आशा पलायाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भक्तपुर । कोरोना भाइरस सङ्क्रमणको महामारीपछि सुस्ताएको पर्यटकको आगमन पछिल्लो समय बढ्न थालेको छ । पछिल्लो एक वर्षमा भक्तपुर आउने पर्यटकको सङ्ख्या बढेपछि पर्यटन व्यवसायमा आशा पलाएको छ ।

भक्तपुर नगरपालिका क्षेत्रमा ऐतिहासिक सम्पदाको अवलोकनका लागि मात्र आर्थिक वर्ष २०७९र८० को नौ महिनामा एक लाख १६ हजार आठ सय १२ विदेशी पर्यटकको आगमन भएको छ । चालु आवको चैतसम्म भक्तपुरको अवलोकनमा आउने पर्यटक बढ्दै गएको र यस अवधिमा एक लाखभन्दा बढी पर्यटक आउँदा पर्यटन व्यवसायमा आशा पलाएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनाए ।

उनले भने , “चालु आवको चैतसम्म भक्तपुरमा ६७ हजार सात सय जना गैरसार्क राष्ट्रका र ४९ हजार एक सय १२ जना चीनसहितका सार्क राष्ट्रका पर्यटकको आगमन भएको छ ।” गत आव २०७८र७९ को सोही अवधिमा भक्तपुर नगर क्षेत्रका सम्पदाको आवलोकनका लागि गैरसार्क राष्ट्रबाट ११ हजार चार सय ४० र सार्क राष्ट्र तथा चीनबाट ११ हजार सात सय २७ गरी कुल २३ हजार एक सय ६७ पर्यटकको आगमन भएको थियो । गत आवको समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा गैरसार्क राष्ट्रबाट ५६ हजार दुई सय ६० र चीनसहितका सार्क राष्ट्रबाट ३७ हजार तीन सय ८५ गरी कुल ९३ हजार छ सय ४५ बढी पर्यटकको आगमन भएको छ ।

यस अवधिमा भक्तपुर नगरपालिकाले गत वर्षको नौ महिनामा भन्दा रु ११ करोड १४ लाख ३१ हजार पाँच सय बढी पर्यटन शुल्क सङ्कलन गरेको छ । गत आव २०७८र७९ को समीक्षा अवधिमा नगरपालिकाले कुल रु दुई करोड ३० लाख २३ हजार पाँच सय पर्यटन शुल्क सङ्कलन गरेकामा चालु आवको यो नौ महिनामा नगरपालिकाले गैरसार्कका पर्यटकबाट रु १० करोड ९८ लाख ९९ हजार र सार्क राष्ट्र तथा चीनका पर्यटकबाट रु दुई करोड ४५ लाख ५६ हजार गरी कुल रु १३ करोड ४४ लाख ५५ हजार पर्यटन शुल्क सङ्कलन गरेको छ ।

भक्तपुर नगरपालिकाले १ जनवरी २०२३ बाट डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न गैरसार्क पर्यटकहरूसँग नेरु एक हजार पाँच सयबाट रु तीन शुल्क वृद्धि गरि रु एक हजार आठ सय कायम गरी शुल्क सङ्कलन गर्दै आएको हो । भक्तपुर नगरमा हाल दैनिक पाँचदेखि छ सयको हाराहारीमा विदेशी पर्यटक आगमन हुने गरेको छ । भक्तपुर घुम्न प्रायः भारत, चीन, अमेरिका, जापान, कोरिया र युरोपेली मुलुकका पर्यटकको आगमन बढ्न थालेको नगरप्रमुख प्रजापतिले बताए। भक्तपुर अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र भएको छ । पर्यटकको चहलपहल बढेसँगै यहाँका विभिन्न पेसा व्यवसायीमा पनि आर्थिक गतिविधि बढ्न थालेको छ ।

भक्तपुर नगरपालिकाले स्थानीय जनताको साथ र सहयोगमा हाल यो एक वर्षमा १४ वटा सम्पदाको पुनःनिर्माण र जीर्णोद्वार सम्पन्न गरेको र अन्य दर्जनौँ सम्पदाको पुनःनिर्माण र जीर्णोद्धार जारी राखेको बताएको छ । अघिल्लो पाँच वर्षमा भक्तपुर नगरपालिकाले एक सय २४ वटा सम्पदा जनताको आर्थिक, भौतिक र नैतिक सहयोगमा नगरपालिकाको लगानीमा निर्माण सम्पन्न गरिएको थियो ।

यो पनि पढ्नुहोस्

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

३ घण्टा अगाडि
विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेप्से परिसूचक घट्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्वकपमा फ्रान्सकाे विजयी सुरुआत

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

इरानले खेल समाप्त हुनेबित्तिकै अमेरिका छाड्नुपर्ने

कुपोषणमुक्त र स्वस्थ्य समाज निर्माणमा सबैको भूमिका हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक