काठमाडाैं । नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि अन्तर्गत होन्डा कारले नयाँ वर्ष २०८० को उपलक्ष्यमा नगद छुट तथा अन्य सुबिधा सहित स्किम सार्वजनिक गरेको छ ।
चैत २६ गते बाट लागु गरिएको सो अफर आगामी २०८० बैशाख ३१ गते सम्मका लागि उपलब्ध हुनेछ ।
होन्डा अमेज ईएमटी, एसएमटी, भीएक्स एमटी, एस सीभीटी र भीएक्स सीभीटी गरी ५ भेरिएन्टमा उपलब्ध छन् । होन्डा अमेजका यी भेरिएन्टको मूल्य ३९ लाख ३० हजार देखि ५३ लाख १० हजार रुपैयाँ सम्म छ ।
त्यसैगरी होन्डा सिटी फिफ्थ जेन विभिन्न ६ भेरिएन्टमा उपलब्ध छ र मूल्य ५८ लाख ६० हजार देखि ७६ लाख २० हजार रुपैयाँ सम्म छ ।होन्डा सिटी फोर्थ जेन एस-भीएमटी र भी-एमटी गरी दुई भेरिएन्टमा उपलब्ध छ र मूल्य ५० लाख ९० हजार र ५३ लाख ४० हजार रुपैयाँ छ। यस अन्तर्गत ४० प्रतिशत डाउनपेमेन्ट, ५ प्रतिशत ब्याजदरमा कार खरिद गर्न सकिने छ ।
गाडी खरिद गर्नेका लागि एक आर्थिक बर्षको कर निःशुल्क, एक आर्थिक बर्षको फुल इन्स्योरेन्स र आकर्षक नगद छुट उपलब्ध हुने कम्पनीले बताएको छ ।