बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शिक्षककाे पेन्सनबारे आधिकारिक कागजात नै निर्णायक हुने

धारणा न्यूज by धारणा न्यूज
२७ मिनेट अगाडि
Reading Time: 1 min read
0
शिक्षकले कात्तिक महिनादेखि तलब पाएन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । शिक्षकको पेन्सन (निवृत्तिभरण) हिसाब गर्दा खाइपाई आएको ग्रेड रकम जोडिन्छ कि जोडिँदैन भन्ने विषयमा सामाजिक सञ्जालमा भइरहेको विभिन्न चर्चाप्रति राष्ट्रिय किताबखानाको शिक्षक शाखाले प्रस्ट पारेको छ।

कार्यालयले सार्वजनिक सूचना निकाल्दै ग्रेड रकम समावेश हुने वा नहुने विषयमा कसैको व्यक्तिगत अनुमान वा अड्कलबाजी भन्दा पनि प्रचलित कानुन, सरकारको निर्णय, स्वीकृत तलब प्रतिवेदन र आधिकारिक कागजात नै निर्णायक आधार हुने स्पष्ट गरेको हो।

शिक्षा नियमावलीअनुसार स्थायी शिक्षकले एक शैक्षिक सत्र पूरा गरेपछि सरकारले तोकेबमोजिम तलब वृद्धि (ग्रेड) पाउने व्यवस्था छ । पेन्सनको हिसाब निकाल्दा अवकाश हुने बेलाको (आखिरी महिनाको तलब) लाई मुख्य आधार मानिने भएकाले शिक्षकले नियमअनुसार पाएको, आधिकारिक अभिलेख तथा पारित तलब प्रतिवेदनबाट पुष्टि भएको र अवकाश हुँदाका बखत लागू रहेको तलब तथा ग्रेडको अवस्था यकिन गरेर मात्र गणना गरिने किताबखानाले जनाएको छ।

त्यस्तै, छुट प्राविधिक ग्रेडको विषयमा पनि सबै शिक्षकलाई समान रूपमा दुई ग्रेड थपिने वा कसैलाई पनि ग्रेड नदिइने भन्ने दुवै प्रकारका हल्ला तथ्य सङ्गत नभएको कार्यालयको भनाइ छ। सर्वोच्च अदालतको आदेश र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुसार तोकिएको योग्यता, नियुक्ति समय, तालिम, विगतमा प्राविधिक ग्रेड पाएको अवस्था र आवश्यक प्रमाण कागजातका आधारमा योग्य ठहरिएका शिक्षकलाई मात्र छुट प्राविधिक ग्रेड उपलब्ध गराइने स्पष्ट पारिएको छ।

नियमावलीअनुसार स्थायी दरबन्दीमा कम्तीमा २० वर्ष काम गरेका शिक्षकको मासिक पेन्सन निकाल्दा गणना हुने जम्मा नोकरी वर्ष र आखिरी महिनाको तलबलाई गुणन गरी ५० ले भाग गरिन्छ।

यसरी आउने पेन्सन रकम समान पदको बहालवाला शिक्षकको सुरु तलबको आधाभन्दा कम र सुरु तलब स्केलभन्दा बढी नहुने कानुनी सीमा तोकिएको छ। साथै, २० वर्ष काम गरेकै आधारमा सम्पूर्ण अवधि स्वतः पेन्सनमा नजोडिने र कानुनबमोजिम गणना हुने सेवा अवधि मात्र मानिने किताब खानाले जनाएको छ।

शिक्षकको पेन्सन, उपदान र सेवा अवधि गणना गर्ने जिम्मेवारी पाएको किताब खानाले अभिलेख र कागजात जाँचेर पेन्सन अधिकार पत्र तयार पार्ने गर्छ। यदि कुनै शिक्षकको पेन्सन रकममा फरक परेको देखिएमा सम्बन्धित विवरण र कागजात हेरेर आवश्यक सच्याउने प्रक्रिया अघि बढाइने जनाउँदै कार्यालयले भ्रम फैलाउने अधुरो सूचनाको पछि नलाग्न र आधिकारिक रूपमा सम्पर्क गरी तथ्य बुझ्न सबैमा आग्रह गरेको छ।

यो पनि पढ्नुहोस्

विश्वभाषा क्याम्पस, जापानिज भाषा विभागको ४ वटा कक्षाकोठा पुनर्निर्माण

विश्वभाषा क्याम्पस, जापानिज भाषा विभागको ४ वटा कक्षाकोठा पुनर्निर्माण

६ घण्टा अगाडि
दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पूर्व मुख्यसचिव पक्राउ

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

आनी नियुक्तको सूचना दिन आनाकानी

स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक