बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

धारणा न्यूज by धारणा न्यूज
१७ मिनेट अगाडि
Reading Time: 1 min read
0
दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । नेपाली चलचित्रमा फरक कथावस्तु र प्रस्तुतिको खोजी भइरहेका बेला प्रदर्शनमा आएको चलचित्र ‘हिमालयन गोल्ड’ले दर्शकको मन जितिरहेको छ । गत शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको धीराज राजवंशीको डेब्यू निर्देशकीय फिल्मले प्रदर्शनसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको हो ।

चलचित्र हेरेर निस्किएका दर्शकले यसको कथा, छायांकन, दृश्य, कलाकारको अभिनय र प्रस्तुतिको खुलेर प्रशंसा गरेका छन् । विशेषगरी नेपाली चलचित्रमा कमै देखिने फरक विषयवस्तु र अन्तर्राष्ट्रिय स्तरको मेकिङले आफूहरूलाई प्रभावित पारेको उनीहरूको प्रतिक्रिया छ ।

दर्शकले ‘हिमालयन गोल्ड’लाई नेपाली चलचित्रमा नयाँ स्वाद दिने फिल्मका रूपमा व्याख्या गरेका छन् । हिमालका आकर्षक दृश्य, सिनेम्याटोग्राफी र कथालाई प्रस्तुत गरिएको शैलीले फिल्मलाई विशेष बनाएको उनीहरूको भनाइ छ । कतिपय दर्शकले त नेपाली चलचित्रले अब हलिउड र बलिउडको स्तरलाई समेत चुनौती दिन थालेको प्रतिक्रिया दिएका छन् ।

एक दर्शकले फिल्मलाई आफूले अहिलेसम्म हेरेका नेपाली चलचित्रमध्ये उत्कृष्टमध्येको एक भन्दै कथा, अभिनय र सस्पेन्सको प्रशंसा गरे। ‘हरेक दृश्यपछि अब के हुन्छ भन्ने कौतूहलता जागिरहन्छ । नेपाली चलचित्रमा यस्तो खालको सस्पेन्स र थ्रिलरको अनुभव विरलै गरेको थिएँ,’ उनले भने । फिल्म हेरेपछि नेपाली चलचित्रको स्तर हलिउड र बलिउडसम्म पुग्न सक्ने विश्वाससमेत जागेको उनको प्रतिक्रिया थियो ।

अर्का दर्शकले फिल्मको सिनेम्याटोग्राफीलाई असाध्यै उत्कृष्ट बताए । नेपाली चलचित्रमा कमै देखिने गुफा तथा हिमाली क्षेत्रका दृश्यलाई पर्दामा उतारिएको शैलीले आफूलाई प्रभावित पारेको उनको भनाइ थियो ।

फिल्ममा प्रयोग गरिएको ठेट नेपाली भाषा र स्थानीय लवजले पनि दर्शकको ध्यान खिचेको छ । यद्यपि, केही दर्शकले संवादमा प्रयोग भएको भाषा अलि कडा लागेको प्रतिक्रिया दिएका छन् । विशेषगरी दिवंगत अभिनेता सुनिल थापाको संवाद र चरित्र आफूले विगतमा देख्दै आएको भूमिकाभन्दा फरक र अप्रत्याशित लागेको उनीहरूको भनाइ छ ।

चलचित्रमा सुनिल थापाको अभिनयलाई दर्शकले विशेष रूपमा सम्झिएका छन् । उनको संवाद शैली र चरित्र चित्रणले आफूलाई आश्चर्यचकित बनाएको एक दर्शकले बताए । यो फिल्म सुनिल थापाले अभिनय गरेको अन्तिम चलचित्रसमेत भएकाले उनको भूमिका थप चासोको विषय बनेको छ ।

‘हिमालयन गोल्ड’ले यार्सागुम्बाको विषयलाई आधार बनाएर त्यससँग जोडिएका सामाजिक, सांस्कृतिक र मानवीय पक्षलाई समेत प्रस्तुत गरेको दर्शकको बुझाइ छ । यार्सागुम्बाबारे सामान्य जानकारी भए पनि त्यसको खोजी र संकलनसँग जोडिएका तीन दशकअघिका घटनाक्रम तथा त्यसपछाडिको कथाबारे फिल्मबाट नयाँ कुरा थाहा पाएको उनीहरूले बताएका छन् ।

एक युवती दर्शकले फिल्मलाई यार्सागुम्बाको कथामा मात्र सीमित नरहेको भन्दै मानवीय मनोविज्ञानको समेत गहिरो खोजी गरेको प्रतिक्रिया दिइन् । विशेषगरी सुनको खोजीमा लाग्दा मानिसको व्यवहार र सोचमा आउने परिवर्तनलाई फिल्मले रोचक ढंगले प्रस्तुत गरेको उनको भनाइ थियो ।

त्यस्तै, फिल्मको अभिनयलाई स्वाभाविक र संवादलाई बनावटीपनरहित पाएको दर्शकको प्रतिक्रिया छ । नेपाली संस्कृति, हिमाली भूगोल र स्थानीय जीवनशैलीलाई पर्दामा उतार्ने प्रयास पनि उनीहरूले रुचाएका छन् ।

धीराज राजवंशीको लेखन तथा निर्देशनमा बनेको ‘हिमालयन गोल्ड’मा कर्मा, सुनिल थापा, धीरज राजवंशी लगायतका कलाकारको अभिनय छ ।

दर्शकका प्रतिक्रियाले ‘हिमालयन गोल्ड’लाई सामान्य नेपाली चलचित्रभन्दा फरक अनुभवका रूपमा हेरिएको देखाउँछन्।

ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा कर्मा शाक्य, परीक्षा लिम्बु, सुनिल थापा, मेनुका प्रधान, राहुल एन. मुखिया, अङ्कित खड्का, सुनिल तामाङ, तेन्जिङ ठकुरी, सविता अधिकारी र ऋषिकेश बस्याललगायतको अभिनय छ ।

धीराज राजवंशीको कथा तथा निर्देशन रहेको फिल्मको पटकथा दीपेन्द गौचन र धीराज राजवंशीले तयार पारेका हुन् । मीनबहादुर भाम निर्माता रहेको फिल्ममा सुयश ज्ञवाली सहनिर्माता र राजु राजवंशी कार्यकारी निर्माता छन् ।

फिल्मलाई भारतको प्रतिष्ठित वितरण कम्पनी एए फिल्म्सले प्रदर्शन गराएको छ । यसअघि ‘बाहुबली’, ‘आरआरआर’ र ‘केजीएफ’ जस्ता चर्चित फिल्म वितरण गरिसकेको कम्पनीले ‘हिमालयन गोल्ड’लाई भारतमा वितरण गर्न लागेको हो । नेपालमा एप्पल इन्टरटेनमेन्ट र जापानमा टोकियो ड्रिम इन्टरटेनमेन्टले वितरणको जिम्मा लिएका छन् भने मध्यपूर्वमा फार्स फिल्म मोसन पिक्चर्सले वितरण गराएको छ ।

यो पनि पढ्नुहोस्

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

२ घण्टा अगाडि
‘सिन्दुरे जात्रा’ले समाजप्रति प्रश्न गर्छ : अञ्जना बराइली

‘सिन्दुरे जात्रा’ले समाजप्रति प्रश्न गर्छ : अञ्जना बराइली

२३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

प्रम बालेनको भ्रमणमा देखावटी पक्ष मात्रै राम्रो देखियाे

‘सिन्दुरे जात्रा’ले समाजप्रति प्रश्न गर्छ : अञ्जना बराइली

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक