काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५ पिप्ले चोक नजिकै रहेको एक होटलमा गएराति आगलागी भएको छ ।
आशिष गौतमले सञ्चालन गरेको द डोर्स होटलमा गएराति साढे ११ बजे आगलागी भएको हो ।
प्रहरीका अनुसार आगो निभाउने क्रममा होटल सञ्चालक २९ वर्षीय आशिष गौतम र दमकलका कर्मचारी ३५ वर्षीय नविन नेपाल सामान्य घाइते भएका छन् ।
आगलागीबाट ४३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । स्थानीय, प्रहरी र दमकलको सहयोगमा १२:२० बजे आगलानी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगलागीबाट होटलको भान्साकोठा र हलमा क्षति पुग्दा करिब ४३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । विद्युतीय तार सर्ट भई आगलागी भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।


