बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

धारणा न्यूज by धारणा न्यूज
१५ मिनेट अगाडि
0
दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । दलित आयोगमा नेवाः देय् दबूको ज्ञापनपत्र नेवारहरूको साझा राष्ट्रिय संगठन नेवाः देय् दबूले राष्ट्रिय दलित आयोगमा गई दलितको थरको सूचीमा आदिवासी नेवारहरूको ३५ भन्दा बढी थर समावेश गरिएकोमा आपत्ति प्रकट गर्दै तत्काल त्यस्ता नेवार थरहरू सूचीबाट हटाउन माग गरेको छ ।

नेपाल संवत् ११४७ कछलाथ्व चतुर्दशी मंसिर ६ गते देय् दबूकी अध्यक्ष रश्मिला प्रजापतिको नेतृत्वमा उक्त प्रतिनिधिमण्डल गएको थियो । ज्ञापनपत्रमा यसरी भनिएको छ, ‘राष्ट्रिय दलित आयोगको सिफारिसमा नेपाल सरकार, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयबाट प्रकाशित सूचनामा नेवार आदिवासीका ३५ भन्दा बढी थर समावेश भएकोप्रति नेवाः देय् दबूको गम्भीर आपत्ति छ ।

त्यस्ता नेवार थर तत्काल दलितको सूचीबाट हटाउने पहल गर्न विशेष अनुरोध गर्दछौँ ।’ ज्ञापनपत्रमा दलितको सूचीमा समावेश गरिएका निम्न नेवार थरहरू उल्लेख गरिएको छ: १) कुचिकार, २) च्याम खलः, ३) च्यामे, ४) सुइफर, ५) जलारी, ६) जालन्धर, ७) देउला, ८) पुजारी, ९) पोडे, १०) उपाध्याय, ११) कर्माचार्य, १२) कुमाल, १३) कोनाजु, १४) खड्गी, १५) खड्की, १६) गोर्खाली, १७) चित्रकार, १८) जोगि, १९) ताम्रकार, २०) तम्राकार, २१) तुलाधर, २२) नगरकोटी, २३) नेवाः, २४) प्रधान, २५) बनेपाली, २६) मल्ल, २७) रजक, २८) राजवंशी, २९) लाखे, ३०) शाक्य, ३१) शाही, ३२) श्रेष्ठ, ३३) साहु, ३४) सिह, ३५) सिं, ३६) सिजापति, ३७) कनौजिया, ३८) रजक, ३९) सिकर्मी र ४०) कुसुले । नेवाः देय् दबूका महासचिव श्रीकृष्ण महर्जन नेवाःले ज्ञापनपत्र पढेर सुनाउनुभएको थियो भने त्यसपछि देय् दबूकी अध्यक्ष रश्मिला प्रजापतिले राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मालाई हस्तान्तरण गर्नुभएको थियो ।

उक्त ज्ञापनपत्र हस्तान्तरण गरिसकेपछि राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र सदस्य सुन्दर पुकुतीसँग व्यापक रूपमा छलफल भएको थियो । सो क्रममा आयोगले दलित र गैरदलितको सूचीका बारेमा कुराकानी गर्दै छलफल अगाडि बढाइने बताउँदै नेवाः देय् दबूले दिएको ज्ञापनपत्र अब आयोगको बैठकमा पेश गरिने बताउनुभयो ।

देय् दबूले नेवारहरू आदिवासी जनजातिको सूचीभित्र समावेश रहेको र आदिवासी आयोगले नेवार थरको सूचीसमेत प्रकाशित गरिसकेको कुरा उल्लेख गर्दै छलफलबाट समस्या समाधान गर्नुपर्ने बताएको थियो । उक्त प्रतिनिधिमण्डलमा नेवाः देय् दबूका केन्द्रीय सचिव मचाराजा महर्जन, श्रीजनमान श्रेष्ठ, केन्द्रीय सदस्य अर्चना तण्डुकार महर्जन तथा उपत्यका विशेष समितिका सदस्य राजाराम तण्डुकार सहभागी हुनुभएको थियो ।

यो पनि पढ्नुहोस्

त्रिविको परीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक हुने

अबदेखि त्रिवि दिक्षान्त समाराेह सातै प्रदेशमा

२ हप्ता अगाडि
तीन वटा विश्वविद्यालय उपकुलपतिविहीन

वैदिक विश्वविद्यालय स्थापना कार्यान्वयनमा लैजानुपर्नेमा जोड

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा

प्रम बालेनको भ्रमणमा देखावटी पक्ष मात्रै राम्रो देखियाे

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक