मङ्ल, मंसिर ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा

धारणा न्यूज by धारणा न्यूज
२५ मिनेट अगाडि
Reading Time: 1 min read
0
‘विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्याय ‘अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा समावेश हुनुभएको छ । ‘अमेरिका बुक अफ रेकर्ड्स’ले उहाँलाई गीत-संगीत तथा साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ‘हल अफ फेम’मा समावेश गरेको हो । कुनै क्षेत्रमा असाधारण योगदान र सफलता हासिल गरेका व्यक्तिहरूलाई विशेष रूपमा सम्मान गरेर राखिने सूचीलाई ‘हल अफ फेम’ भनिन्छ । अमेरिका बुक अफ रेकर्ड्सले जारी गरेको आधिकारिक प्रेस विज्ञप्तिमा डा. उपाध्यायलाई उक्त उपाधि प्रदान गरिएको जनाइएको छ ।

प्रमाणपत्रमा गीत लेखन क्षेत्रमा उहाँको उल्लेखनीय उपलब्धि, समर्पण तथा विशिष्ट योगदानको कदरस्वरूप ‘हल अफ फेम’मा समावेश गरिएको उल्लेख गरिएको छ । अमेरिका बुक अफ रेकर्ड्सका अनुसार संस्थाले विभिन्न क्षेत्रमा विशिष्ट उपलब्धि हासिल गरेका व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ । यसैक्रममा छनोट भएका व्यक्तिहरूमध्ये डा. उपाध्यायलाई पनि प्रतिष्ठित ‘हल अफ फेम अवार्ड’ प्रदान गरिएको हो ।

अवार्डसँगै संस्थाले डा. उपाध्यायलाई आधिकारिक प्रमाणपत्रसमेत प्रदान गरेको छ । प्रमाणपत्रमा अवार्डसम्बन्धी दाबी कोड उल्लेख छ । संस्थाका तर्फबाट डेनिस लोपेजले प्रमाणपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

नेपाली गीतसंगीतको क्षेत्रमा लामो समयदेखि सक्रिय डा. उपाध्यायका लागि यो अन्तर्राष्ट्रिय सम्मान थप उपलब्धिका रूपमा रहेको छ । यसले नेपाली गीतसंगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनसमेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायले गीत-संगीत र विविध विधामा १५३ विश्व कीर्तिमान कायम गर्नुभएको छ । यस्तै, उहाँका १७ भन्दा बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् । उहाँको पछिल्लो उपन्यास ‘आशक्ति’ र कवितासंग्रह कवितासंग्रह ‘अन्तसंस्करण’ रहेको छ ।

समाजशास्त्रमा सन् २०००मा विद्यावारिधि गर्नुभएका उपाध्यायलाई विश्वका विभिन्न दश विश्वविद्यालयले मानार्थ डाक्टरको उपाधि पनि दिएका छन् ।

यो पनि पढ्नुहोस्

‘सिन्दुरे जात्रा’ले समाजप्रति प्रश्न गर्छ : अञ्जना बराइली

‘सिन्दुरे जात्रा’ले समाजप्रति प्रश्न गर्छ : अञ्जना बराइली

१३ मिनेट अगाडि
भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा ।

भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा ।

४६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प

भैरहवाबाट हवाई रुट दिन भारत सहमत, नेपालको दशक लामो प्रयासमा ब्रेक थ्रु

नेपाल–भारतबीच प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु

नेपाल–भारत सम्बन्धमा नयाँ मोडकाे व्याख्या

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक