शनि, मंसिर ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वैदेशिक रोजगारीको नाममा ठगी रोक्न विशेष कार्यदल गठन

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
Reading Time: 1 min read
0
वैदेशिक रोजगारीको नाममा ठगी रोक्न  विशेष कार्यदल गठन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  वैदेशिक रोजगारीको प्रलोभन देखाएर नेपाली नागरिकलाई ठगी गर्ने, विदेशमा श्रम शोषण गर्ने तथा कन्सल्टेन्सीमार्फत गैरकानुनी रूपमा विदेश पठाउने गतिविधि नियन्त्रण गर्न गृह मन्त्रालयले विशेष कार्यदल गठन गरेको छ। कार्यदलले शुक्रबारदेखि नै आफ्नो काम सुरु गर्ने मन्त्रालयले जनाएको छ।

वैदेशिक रोजगारीका नाममा नेपाली युवामाथि हुने ठगीको स्वरूप पछिल्लो समय विभिन्न रूपमा देखिँदै आएको छ। विदेश पठाउने भन्दै रकम असुल्ने, एउटा कामको सम्झौता गराएर विदेश पुगेपछि अर्कै काममा लगाउने, सम्झौताअनुसारको तलब तथा सेवा सुविधा नदिने र भिजिट भिसाको आवरणमा रोजगारीका लागि पठाउने भन्दै ठगी गर्ने प्रवृत्ति नियन्त्रण गर्न सरकारले विशेष पहल थालेको हो।

गृह मन्त्रालयले गठन गरेको कार्यदलले यस्ता गतिविधिको सूक्ष्म अनुगमन गर्नेछ। विशेषगरी वैदेशिक रोजगारीका नाममा हुने ठगी, करार सम्झौताको उल्लङ्घन, कन्सल्टेन्सीमार्फत हुने गैरकानुनी कारोबार, भिजिट भिसाको आवरणमा हुने मानव तस्करी तथा श्रम शोषणका घटनालाई कार्यदलले प्राथमिकतामा राख्नेछ।

यसका लागि गृह मन्त्रालयले विभिन्न सरकारी निकायका प्रतिनिधि सम्मिलित संयुक्त कार्यदल बनाएको हो।

विदेशमा रहेका नेपालीको गुनासोपछि गृहमन्त्रीको पहल

वैदेशिक रोजगारीका नाममा हुने ठगी र श्रम शोषणको विषय पछिल्लो समय विदेशमा रहेका नेपालीले पनि उठाउँदै आएका छन्। दुबईमा आयोजित ‘विश्व प्रहरी शिखर सम्मेलन २०२६’ मा सहभागी हुन नोभेम्बर १३ मा संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका गृहमन्त्री गुरुङले अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित नेपाली महावाणिज्य दूतावासमा नेपाली समुदायसँग छलफल गरेका थिए।

उक्त छलफलमा नेपाली नागरिक वैदेशिक रोजगारीका क्रममा विभिन्न प्रकारका ठगी र श्रम शोषणमा पर्ने गरेको विषय उठेको थियो। विदेश पठाउने नाममा रकम असुल्ने, सम्झौताअनुसार काम र पारिश्रमिक नपाउने तथा विभिन्न बहानामा श्रमिकलाई समस्यामा पार्ने गरिएको गुनासो नेपाली समुदायले गृहमन्त्रीसमक्ष राखेका थिए।

त्यसक्रममा गृहमन्त्री गुरुङले ठगी तथा आपराधिक गतिविधिमा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए। विदेशमा रहेका नेपालीबाट आएका गुनासोलाई सम्बोधन गर्ने प्रतिबद्धताअनुसार स्वदेश फर्किएपछि उनले गृह मन्त्रालयमा उच्चस्तरीय बैठक बोलाएका हुन्।

गृहदेखि श्रम, प्रहरी र पर्यटन मन्त्रालयसम्मको सहभागिता

गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवसहित गृह, श्रम, पर्यटन तथा शिक्षा मन्त्रालयका सचिव सहभागी थिए।

बैठकमा नेपाल प्रहरीका महानिरीक्षक, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीलगायतको उपस्थिति थियो।

बैठकले विभिन्न निकायबीच समन्वय गरी वैदेशिक रोजगारीका नाममा हुने ठगी र श्रम शोषण नियन्त्रण गर्न संयुक्त कार्यदल परिचालन गर्ने निर्णय गरेको हो।

कार्यदलले ठगीका घटनाको अनुगमन गर्ने, गैरकानुनी गतिविधिको पहिचान गर्ने तथा संलग्न व्यक्तिहरूमाथि कारबाहीका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने जिम्मेवारी पाएको छ।

भिजिट भिसादेखि कन्सल्टेन्सीसम्म निगरानी

सरकारले विशेषगरी भिजिट भिसाको आवरणमा हुने मानव तस्करी र कन्सल्टेन्सीमार्फत विदेश पठाउने नाममा हुने ठगीलाई पनि कार्यदलको निगरानीमा राखेको छ।

भिजिट भिसामा विदेश पठाइदिने भन्दै रकम असुल्ने, कन्सल्टेन्सीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर गैरकानुनी कारोबार गर्ने तथा विदेश पुगेपछि श्रमिकलाई सम्झौताभन्दा फरक काममा लगाउने जस्ता गतिविधिमाथि निगरानी गरिनेछ।

वैदेशिक रोजगारी नेपाली नागरिकको आयआर्जन र परिवारको आर्थिक आधारसँग जोडिएको विषय हो। तर, यही बाध्यतालाई अवसर बनाएर ठगी गर्ने गिरोह सक्रिय हुँदा धेरै नेपाली श्रमिक आर्थिक र कानुनी समस्यामा पर्ने गरेका छन्।

यो पनि पढ्नुहोस्

संक्रमणकालीन न्यायका बाँकी कामहरू अविलम्ब पूरा गर्न सबै पक्षलाई आग्रह

संक्रमणकालीन न्यायका बाँकी कामहरू अविलम्ब पूरा गर्न सबै पक्षलाई आग्रह

२ घण्टा अगाडि
रिफ्युलिङ प्रणालीको शुभारम्भ

फिफाबाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढ्याे

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

वैदेशिक रोजगारीको नाममा ठगी रोक्न विशेष कार्यदल गठन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एनपीएलमा उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच खेल हुने

फिफाबाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढ्याे

भोटेकोशी बाढीपीडितलाई नगद राहत

डिजिटल सुरक्षादेखि दुष्प्रचार नियन्त्रणसम्म सरकारको तयारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक