बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

हामीले फेरिरहेको हावा कति विषाक्त छ ?

धारणा न्यूज by धारणा न्यूज
२४ मिनेट अगाडि
0
चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सबि भट्टराई

राजधानी काठमाडौंको आकाशमा प्रदूषणको मात्रा बढ्दै गएको छ । विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा काठमाडौं पाँचौँ स्थानमा उक्लिएको छ । अन्तर्राष्ट्रिय वायु गुणस्तर मापन संस्था आईक्यूएयरका अनुसार बुधबार बिहान ६ देखि ७ बजेसम्म काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७२ पुगेको छ । यो स्वास्थ्यका दृष्टिले अस्वस्थकर तह हो। बुधबार बिहान ५ देखि ६ बजेसम्म काठमाडौं १५८ एक्यूआईसहित विश्वका प्रदूषित सहरको सूचीमा ११औँ स्थानमा थियो। तर, एक घण्टामै वायु प्रदूषणको मात्रा १४ अंकले बढ्दा काठमाडौं पाँचौँ स्थानमा पुगेको हो। यसले राजधानीको वायु गुणस्तर कति तीव्र गतिमा बिग्रिरहेको छ भन्ने देखाउँछ ।

दक्षिण एसियाका प्रमुख सहरहरू वायु प्रदूषणको चपेटामा पर्दा काठमाडौं पनि विश्वकै सबैभन्दा प्रदूषित सहरमध्ये एक बनेको छ । वायु गुणस्तर सूचकांक १५१ देखि २०० सम्म पुग्नुलाई अस्वस्थकर मानिन्छ । यस्तो अवस्थामा स्वस्थ व्यक्तिले समेत प्रदूषणका कारण स्वास्थ्यमा प्रतिकूल असर अनुभव गर्न सक्छन्। विशेषगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दम, मुटु र फोक्सोसँग सम्बन्धित समस्या भएका व्यक्तिहरू बढी जोखिममा हुन्छन्। हावामा रहेका सूक्ष्म धुलोका कण श्वासप्रश्वासका माध्यमबाट शरीरभित्र प्रवेश गर्छन्। तीमध्ये २.५ माइक्रोमिटरभन्दा साना कणलाई पीएम २.५ भनिन्छ । यस्ता कण यति सूक्ष्म हुन्छन् कि नाक र घाँटीको सामान्य अवरोध पार गर्दै फोक्सोको भित्री भागसम्म पुग्न सक्छन्। कतिपय अवस्थामा रक्तसञ्चार प्रणालीसम्म पुगेर शरीरका अन्य अंगमा समेत असर पु¥याउन सक्छन्। वायु प्रदूषणका कारण खोकी लाग्ने, घाँटी खसखसाउने, आँखा पोल्ने, श्वास फेर्न गाह्रो हुने र दमका बिरामीमा समस्या बढ्ने जोखिम हुन्छ ।

लामो समयसम्म प्रदूषित हावामा बस्दा दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोग, मुटुरोग र फोक्सोको क्यान्सरको जोखिमसमेत बढ्न सक्छ । विश्व स्वास्थ्य संगठनले पीएम २.५ को वार्षिक औसत मात्रा प्रतिघनमिटर पाँच माइक्रोग्रामभन्दा बढी हुन नहुने मापदण्ड तोकेको छ । तर, काठमाडौंमा यसको मात्रा उक्त मापदण्डभन्दा धेरै माथि पुग्ने गरेको छ । आईक्यूएयरका अनुसार सन् २०२५ मा काठमाडौंको वार्षिक औसत पीएम २.५ को मात्रा प्रतिघनमिटर ३९ माइक्रोग्राम थियो। यो विश्व स्वास्थ्य संगठनको वार्षिक मापदण्डभन्दा ७.८ गुणा बढी हो। यसले काठमाडौंको वायु प्रदूषण कुनै एक दिनको समस्या नभई दीर्घकालीन वातावरणीय तथा सार्वजनिक स्वास्थ्य संकट भएको देखाउँछ । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्नुका पछाडि प्राकृतिक र मानवीय दुवै कारण छन्। सवारीसाधनबाट निस्कने धुवाँ, उद्योग तथा इँटाभट्टाको उत्सर्जन, सडकको धुलो, निर्माण गतिविधि र फोहोर जलाउने प्रवृत्ति प्रदूषणका प्रमुख स्रोत हुन्। काठमाडौं उपत्यकाको भौगोलिक बनावट पनि प्रदूषण बढ्नुको अर्को कारण हो। चारैतिर पहाडले घेरिएको कचौरा आकारको उपत्यकामा हावा पर्याप्त मात्रामा आवतजावत हुन नसक्दा प्रदूषक तत्त्व जमेर बस्ने गर्छन्। विशेषगरी हिउँदमा तापक्रम उल्टिने अवस्था (तापक्रम प्रतिलोमन) सिर्जना हुँदा जमिननजिकको चिसो हावामाथि न्यानो हावाको तह बस्छ । यसले प्रदूषित हावालाई माथि जान नदिई उपत्यकामै थुनेर राख्छ । काठमाडौंको वायु प्रदूषणमा स्थानीय स्रोत मात्रै जिम्मेवार छैनन्।

भारतका विभिन्न क्षेत्रमा हुने कृषि अवशेष जलाउने गतिविधि, वन डढेलो तथा औद्योगिक उत्सर्जनबाट निस्कने प्रदूषक तत्त्व हावासँगै नेपालसम्म आइपुग्ने गर्छन्। विश्व बैंकको सन् २०२५ को प्रतिवेदनअनुसार काठमाडौं उपत्यकामा हुने कुल वायु प्रदूषणको करिब एक चौथाइ हिस्सा उपत्यकाबाहिरबाट आउने प्रदूषणसँग सम्बन्धित छ । त्यसमध्ये आधाभन्दा बढी प्रदूषण देशबाहिरबाट आउने गरेको प्रतिवेदनमा उल्लेख छ । हिउँदमा वर्षा कम हुने र हावाको गति कमजोर हुने भएकाले प्रदूषक तत्त्व लामो समयसम्म वातावरणमा रहन्छन्। धान काट्ने मौसममा नेपाल र भारतका विभिन्न क्षेत्रमा पराल तथा कृषि अवशेष जलाउने गतिविधि बढ्दा प्रदूषण थप चर्किने गर्छ । यसकारण काठमाडौंको वायु प्रदूषण नियन्त्रणका लागि उपत्यकाभित्रका गतिविधि नियमन गर्नुका साथै छिमेकी मुलुकसँग क्षेत्रीय सहकार्य पनि आवश्यक देखिन्छ ।

वायु प्रदूषण नेपालमा मृत्यु र अपांगताको प्रमुख जोखिममध्ये एक बनेको छ । विश्व बैंकको ।।।टुवाड्र्स क्लिन एयर इन नेपाल ः बेनिफिट्स, पोल्युसन सोर्सेस एन्ड सोलुसन्स’ शीर्षकको प्रतिवेदनअनुसार नेपालमा वायु प्रदूषणका कारण प्रत्येक वर्ष करिब २६ हजार मानिसको अकाल मृत्यु हुने गरेको छ । प्रतिवेदनले वायु प्रदूषणका कारण औसत नेपालीको आयु ३.४ वर्षले घट्ने अनुमान गरेको छ । यसले प्रदूषण केवल वातावरणीय समस्या नभई स्वास्थ्य, अर्थतन्त्र र मानव विकाससँग प्रत्यक्ष जोडिएको विषय भएको देखाउँछ । त्यस्तै, युनिसेफको प्रतिवेदनअनुसार नेपालका ९९ लाख बालबालिका अस्वस्थकर वायु प्रदूषणको जोखिममा छन्। बालबालिकाको फोक्सो पूर्ण रूपमा विकसित भइसकेको नहुने भएकाले प्रदूषित हावाले उनीहरूको स्वास्थ्य र शारीरिक विकासमा दीर्घकालीन असर पार्न सक्छ ।

काठमाडौंमा वायु प्रदूषण बढ्ने समस्या हरेक वर्ष दोहोरिने गरे पनि नियन्त्रणका लागि प्रभावकारी काम हुन सकेको छैन । सडकको धुलो नियन्त्रण, सवारीसाधनको नियमित प्रदूषण परीक्षण, पुराना सवारी विस्थापन, उद्योग तथा इँटाभट्टाको उत्सर्जन नियन्त्रण र फोहोर व्यवस्थापनमा सरकारी प्रयास पर्याप्त देखिँदैन । विभिन्न सरकारी निकायबीच समन्वयको अभाव र जिम्मेवारी पन्छाउने प्रवृत्तिले पनि समस्या समाधान हुन सकेको छैन । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच वायु प्रदूषण नियन्त्रणको स्पष्ट कार्ययोजना तथा प्रभावकारी कार्यान्वयन आवश्यक छ  । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीका भारत भ्रमणमा के–के छन् एजेन्डा ?

प्रधानमन्त्रीका भारत भ्रमणमा के–के छन् एजेन्डा ?

३४ मिनेट अगाडि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप

एआईको विश्वव्यापी नियमनकाे विरोध

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

THE TORONTO NEWAR SUMMER SCHOOL 2027

आसन्न स्थानीय तह चुनावबारे छलफल गर्दै आयाेग

विदेशी मुद्राको विनिमयदर निर्धारण

नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदै

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक