काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कलंकीबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं कलंकी बस्ने धादिङ घर भएका ४० वर्षीय अर्जुन ढुङ्गाना समेत ८ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कलंकीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार ३ सय १० रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।
मोरङ, बेलबारी नगरपालिका-११ नलबारीस्थित बाँसघारीमा जुवा (कौडा) खेलिरहेको अवस्थामा कानेपोखरी गाउँपालिका-२ बस्ने ५१ वर्षीय खमानसिङ लिम्बु समेत ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ८ सय २५ रूपैयाँ र ११ थान कौडा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


