काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार बनाइएका दानबहादुर कार्कीलाई सरकारले सल्लाहकारको पत्र थमाएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सल्लाहकार बनाइएको पत्र कार्कीले बुझेका थिएनन् । त्यसपछि सरकारले उनलाई पत्र थमाएको खुलेको हो । उच्च स्रोतका अनुसार १८ कात्तिकमा गृह मन्त्रालयका एक कर्मचारीले आईजीपी कार्कीको घरमै पुगेर पत्र थमाएका हुन् ।
‘उहाँले सल्लाहाकारको पत्र बुझ्न नमानेपछि घरमै पुगेर पत्र बुझाइएको हो,’ उच्च स्रोतबाट जानकारी प्राप्त भएकाे छ ।
१८ कात्तिककै मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाउँदै प्रधानमन्त्रीको विशेष सल्लाहकार बनाएको थियो । एआईजी डा. मनोजकुमार केसीलाई आईजीपी बनाइएको थियो ।
सोही दिन कार्यालय समयमा गृह मन्त्रालयले कार्कीलाई उनकै घर पुगेर पत्र थमाएको स्रोतले बतायो ।
कार्कीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यकक्षको समेत व्यवस्था गरिएको छ ।
तर कार्की भने सरकारको यो निर्णयविरुद्ध सर्वोच्च अदालत गएका छन् । आईजीपीमा पुनर्वहालीको माग गर्दैै कार्कीले दायर गरेको रिट भोलि सोमबारलाई पेशी तोकिएको थियो । तर सोमबार सार्वजनिक बिदा भएकाले उनको पेशी भोलि सुनुवाइ नहुने भएको छ ।
सरकारले उनलाई हटाएर मनोज केसीलाई नेपाल प्रहरीको आइजीपी बनाएको छ।


