मोरङ । रंगेली नगरपालिका-८ निचामारी मुसरी टोल बस्ने झबु रिसिदेबको घरमा बिहीबार साँझ आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी मोरङ, सुनवर्षी नगरपालिका-६ पटिया पाडा बस्ने सुरेश मगरातीको भान्सा घरमा बिहीबार साँझ आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


