शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एआईका सिईओ जेन्सेन हुआङकाे राजीनामा

धारणा न्यूज by धारणा न्यूज
३२ मिनेट अगाडि
Reading Time: 1 min read
0
एआईका सिईओ जेन्सेन हुआङकाे राजीनामा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

न्युयोर्क । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप निर्माण क्षेत्रको अग्रणी कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) जेन्सेन हुआङले अप्रत्याशित रूपमा पदबाट राजीनामा दिएका छन्।

विवाहेत्तर सम्बन्धको आरोप सार्वजनिक भएसँगै उनले दिएको राजीनामाले सिलिकन भ्यालीदेखि क्यापिटल हिलसम्म ठूलो तरङ्ग पैदा गरेको छ।

हुआङको सम्बन्ध चिनियाँ जासुससँग रहेको आशंका सार्वजनिक भएपछि अमेरिकी सांसदहरूले उनीमाथि छानबिन र सोधपुछको माग गरेका छन्। एआई प्रविधिको तीव्र विस्तारसँगै विश्वकै सर्वाधिक मूल्यवान् कम्पनीहरूको सूचीमा पुगेको एनभिडियाले यो प्रकरण सतहमा आएको पाँच दिनमै ५५० अर्ब अमेरिकी डलर बराबरको बजार मूल्य गुमाएको छ।

हुआङको कदमले व्यावसायिक मर्यादा उल्लङ्घन गरेको मात्र नभई अमेरिकी राजनीतिज्ञहरूमाझ राष्ट्रिय सुरक्षा जोखिमको गम्भीर चिन्तासमेत जन्माएको छ।

सन् १९९३ देखि एनभिडियाको नेतृत्व सम्हाल्दै आएका हुआङले चिनियाँ गुप्तचर भएको आशंका गरिएकी एलिस हुआङसँग सम्बन्ध रहेको खबर आएपछि आफू श्रीमतीप्रति ‘विश्वासघाती’ बनेको स्वीकार गरेका थिए। त्यसलगत्तै बुधबार उनी एनभिडियाकै अर्की एक उच्च अधिकारीसँग पनि सम्बन्धमा रहेको तथ्य बाहिरियो।

सिंगापुरस्थित कम्पनी मेगास्पिडकी कार्यकारी एलिस हुआङ चीनका लागि गुप्तचरीमा संलग्न रहेको आशंका गरिएको ‘द न्युयोर्क टाइम्स’ ले उल्लेख गरेको छ। चीनले भने यो आरोपलाई बदनाम गर्ने षड्यन्त्र भन्दै खण्डन गरेको छ।

यता अमेरिकी महान्यायाधिवक्ता टोड ब्लान्चले एलिस बेइजिङका लागि जासुसीमा संलग्न भए/नभएको विषयमा न्याय मन्त्रालय कुनै निष्कर्षमा नपुगेको स्पष्ट पारेका छन्।

अमेरिकी सञ्चारमाध्यमका अनुसार हुआङको दोस्रो सम्बन्ध एनभिडियाकै उच्च अधिकारी किम्बर्ली पावेलसँग थियो, जसले कम्पनीभित्र सिधै हुआङलाई रिपोर्टिङ गर्थिन्। कम्पनीका कर्मचारीहरूले उनीहरूबिच अस्वाभाविक निकटता देखिएको बताएका छन्।

सुरुवाती आरोपलाई सामान्य रूपमा लिएका कर्मचारीहरू कम्पनीकै अर्की उच्च अधिकारीसँगको सम्बन्ध सार्वजनिक भएपछि अचम्ममा परेका थिए। व्यवस्थापनले यसबारे सार्वजनिक रूपमा वा सञ्चारमाध्यममा नबोल्न कर्मचारीहरूलाई निर्देशन दिएको छ।

यसैबिच अमेरिकी सिनेटर एलिजाबेथ वारेन, क्रिस कुन्ससहित हाउस फरेन अफेयर्स कमिटीका सांसदहरूले हुआङलाई संसद्मा, उपस्थित भएर यसबारे प्रस्टीकरण दिन माग गरेका छन्। स्वेच्छाले उपस्थित नभए उनलाई संसदीय आदेश (सबपिना) मार्फत बोलाउन सकिने चेतावनी सिनेट अधिकारीले दिएका छन्।

यता एनभिडियाले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचनामा कुनै सम्झौता नभएको दाबी गर्दै यसबारे स्वतन्त्र अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको छ।

सुरुमा कम्प्युटर गेमिङका लागि चिप उत्पादन गर्ने एनभिडिया पछिल्लो चार वर्षमा च्याटबट र लार्ज ल्याङ्ग्वेज मोडलहरूका लागि आवश्यक पर्ने शक्तिशाली चिप निर्माण गरेर एआई क्रान्तिको शीर्ष स्थानमा पुगेको थियो।

कम्पनीलाई यो उचाइमा पुर्या उन हुआङको भूमिका अहम् थियो। हुआङको बहिर्गमनपछि एनभिडिया नयाँ सिइओको खोजीमा जुटेको छ। हालका लागि कम्पनीकी प्रमुख वित्तीय अधिकृत (सिएफओ) कोलेट क्रेसलाई अन्तरिम सिइओको जिम्मेवारी दिइएको छ भने उनले कम्पनीको आगामी रणनीति तय गर्न उच्च अधिकारीहरूको आकस्मिक बैठक डाकेकी छन्।

 

यो पनि पढ्नुहोस्

संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

तनहुँमा बलेरो जिप दुर्घटनामा ६ जना घाइते

३ घण्टा अगाडि
प्रचण्ड रसिया प्रस्थान

प्रचण्ड रसिया प्रस्थान

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रचण्ड रसिया प्रस्थान

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

पश्चिमी वायुको आंशिक प्रभाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक