मङ्ल, कार्तिक १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिकी कंग्रेसको आज देशभर मतदान

धारणा न्यूज by धारणा न्यूज
१० घण्टा अगाडि
Reading Time: 1 min read
0
अमेरिकी कंग्रेसको आज देशभर मतदान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वाशिङ्टन । अमेरिकी कंग्रेसको माथिल्लो सदन (सिनेट) को नियन्त्रण कसको हातमा पुग्नेछ भन्ने छिनोफानो गर्न आज देशभर मतदान भइरहेको छ।

सन् २०२६ को यस मध्यावधि निर्वाचनमा ५ करोड ६० लाखभन्दा बढी मतदाताले यसअघि नै अग्रिम मतदान (अर्ली भोटिङ) गरिसकेको भए पनि आज भने विभिन्न राज्यका मतदान केन्द्रहरूमा मतदान हुन लागेको हो ।

नयाँ सर्वेक्षणहरूले डेमोक्र्याटहरू सिनेटमा बहुमतको नजिक पुगेको देखाइरहेका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षीले कंग्रेस जितेमा आफूले उनीहरूका हरेक विधेयकमा ‘भिटो’ प्रयोग गर्ने चेतावनी दिएका छन्।

आजको निर्वाचनमा सबैभन्दा बढी चासोको केन्द्र बनेको मिशिगन राज्यमा रिपब्लिकन उम्मेदवार माइक रोजर्स र डेमोक्र्याट उम्मेदवार अब्दुल एल-सईदबीच निकै पेचिलो प्रतिस्पर्धा भइरहेको छ।

मतदानको अन्तिम घडीमा डेमोक्र्याटिक सांसद हेली स्टिभेन्सले आफ्नै पार्टीका उम्मेदवारलाई छाडेर रिपब्लिकनका रोजर्सलाई समर्थन गरेपछि त्यहाँको राजनीति एकाएक तरंगित बनेको छ।

स्टिभेन्सको यो अनपेक्षित कदमले आज मतदान केन्द्र पुगेका मतदाताहरूलाई कति प्रभाव पार्छ भन्ने विषयलाई विश्लेषकहरूले निकै चासोका साथ हेरिरहेका छन्।

यसैबीच, मतदान सुरु हुनुभन्दा केही घण्टाअघि मात्र राष्ट्रपति ट्रम्प प्रशासनले सर्वोच्च अदालतबाट कानुनी झट्का बेहोरेको छ। गैरनागरिकहरूले मत हालेको हुन सक्ने दाबी गर्दै क्यालिफोर्नियाका हजारौँ मतपत्रहरू गणनाबाट अलग राख्न न्याय मन्त्रालयले दिएको आपत्कालीन निवेदनलाई सर्वोच्च अदालतले रातारात खारेज गरिदिएको छ। अदालतको यस संक्षिप्त आदेशसँगै ती सबै मतपत्रहरू नियमित रूपमा गणना हुने बाटो खुलेको छ।
सिनेटको भविष्य निर्धारण गर्न मिशिगन बाहेक साउथ क्यारोलिना, क्यान्सस, इन्डियाना र अलास्का जस्ता राज्यहरूमा आजको मतदानलाई पनि निर्णायक मानिएको छ। साउथ क्यारोलिनामा बालरोग विशेषज्ञ डा. एनी एन्ड्रयुजले रिपब्लिकन सिनेटर डार्लिन ग्राहमविरुद्ध बलियो चुनौती प्रस्तुत गरेकी छन् भने क्यान्ससमा एडम ह्यामिल्टन र इन्डियानामा बो बायेले महँगी र आर्थिक मुद्दालाई अघि सार्दै रिपब्लिकनको गढ भत्काउने दाबी गरेका छन्। उता अलास्कामा पनि सिनेटर ड्यान सुलिभान र मेरी पेल्टोलाबीचको तीव्र प्रतिस्पर्धाले राष्ट्रिय ध्यान तानेको छ। महँगी, अर्थतन्त्र र तीव्र दलगत ध्रुवीकरणका बीच आज मतपेटिकामा खस्ने मतले आगामी दुई वर्षसम्म अमेरिकाको नीति निर्माण र राष्ट्रपति ट्रम्पको बाँकी कार्यकालको शक्ति सन्तुलन तय गर्ने समाचारहरुमा जनाइएको छ ।

यो पनि पढ्नुहोस्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप

ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका

१ हप्ता अगाडि
भारतको अरुणाचल प्रदेशमा झडप

भारतको अरुणाचल प्रदेशमा झडप

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सोलुखुम्बुमा हेलिकोप्टर ठोक्किँदा एक जनाको मृत्यु

पुराना मधेशी दलप्रति जनताको भरोसा कमजोर

वैदिक विश्वविद्यालय स्थापना कार्यान्वयनमा लैजानुपर्नेमा जोड

सेयर काराेबार बढ्याे

‘पाँच पाण्डव’ चलचित्रको प्रस्तुतीकरणप्रति आपत्ति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक