आइत, मंसिर १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
Reading Time: 1 min read
0
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । दाङ, राप्ती गाउँपालिका-३ बाघढड्डीस्थित सडकमा लु. १ ख ९२४८ नम्बरको ट्रक र प्र.३-०२-०१० प ६९२२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-६ भगवानपुर बस्ने ३० वर्षीय प्रबिन चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भालुबाङ अस्पताल भालुबाङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको लुम्बिनी सिटि अस्पताल बुटवल रूपन्देहीमा उपचार भइरहेको   छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्की, पोखरा महानगरपालिका-२६ अर्घौचोकस्थित सडकमा ग. १३ प २०९४ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-२६ बस्ने पर्वत जलजला गाउँपालिका-५ घर भएका ७० वर्षीय मन बहादुर पुनको आइतबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको   हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्याङ्जा, वालिङ नगरपालिका-९ गाईश्वारास्थित सडकमा हुवासबाट वालिङतर्फ आउँदै गरेको ग.१ त ५७६९ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही नगरपालिका-१० बस्ने ६१ वर्षीय नन्दलाल बुढा मगर र सोही नगरपालिका-१० बस्ने पर्वत घर भएका ४३ वर्षीय प्रेम राना मगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही स्वास्थ्य केन्द्र तथा ट्याक्टर चालकको गण्डकी मेडिकल कलेज पोखरा कास्कीमा उपचार भइरहेको छ ।

दैलेख, गुराँस गाउँपालिका-४ चिसापानीस्थित सडकमा लु.प्र.०२-००१ क ०१९३ नम्बरको ट्रकमा क.प्र.०२-००३ प २२१० नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार चामुण्डा बिन्द्रासैनी नगरपालिका-३ बस्ने ५५ वर्षीय कृष्ण कुमार आचार्यको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्सा, जीराभवानी गाउँपालिका-५ स्थित सडकमा बा.४४ प २३०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ सखुबनिया टोल बस्ने ४५ वर्षीय संजय खवासको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

अटोरिक्साको ठक्करबाट महिलाको  मृत्यु

ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्याे

२३ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

दुई चिनियाँ नागरिक अवैध सुनसहित पक्राउ

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मौसमी प्रणालीको उल्लेखनीय प्रभाव

फूट र विभाजनले कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्याे

लैङ्गिक हिंसाको सम्बोधनको लागि थप क्रियाशील हुँदै नेपाल प्रहरी

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक