मङ्ल, कार्तिक १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

साजन डंगोलकाे दाेश्राे दुर्लभ विश्व कीर्तिमान

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
Reading Time: 1 min read
0
साजन डंगोलकाे दाेश्राे दुर्लभ विश्व कीर्तिमान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लन्डन । नेपाली फुटबलर साजन डंगोलमा २ दुर्लभ कीर्तिमान कायम गर्न सफल भएका छन् ।

ताेखाका स्थानीय बेलायत बस्दै आइरहनु भएका  साजनले अहिले सम्म कुनै पनि खेलाडी बनाउन नसकेकाे कीर्तिमान फुटबल जगलिङमा २ दुर्लभ विश्व कीर्तिमान  बनाउन सफल भएका छन् ।

आजभन्दा २ बर्ष अगाडि सन् २०२४ मा पहिलो विश्व कीर्तिमान बनाएका डंगोलले हालै दोस्रो कीर्तिमान पनि गिनिज वर्ल्ड रेकर्डमा दर्ता गराउन सफल भएकाे छ ।  सन् २०२४ फेब्रुअरी १६ मा बेलायतको बर्मिङ्घममा एक घण्टामा २ हजार २१८ पटक फुटबल जगलिङ गरेर पहिलो विश्व कीर्तिमान बनाएका साजनले सन् २०२६ मे १५ मा लगातार ६ घण्टा २२ मिनेट ५९ सेकेन्डसम्म जगलिङ गर्दै दोस्रो कीर्तिमान कायम गरेका हुन् ।

दोस्रो कीर्तिमान कायम गर्ने क्रममा उनले फुटबललाई भुइँमा खस्न नदिई दुवै खुट्टा आलोपालो प्रयोग गरेर लगातार जगलिङ गरेका थिए । आफूलाई परीक्षण गर्दै क्षमताको सीमा थप विस्तार गर्ने उद्देश्यले यो चुनौती लिएको उनले बताए ।

आइतबार बेलायतको बर्मिङ्घममा आयोजित पत्रकार सम्मेलनमा डंगोलले आफ्नो विश्व कीर्तिमानी उपलब्धि, फुटबल यात्रा, संघर्ष र सफलताको कथा सुनाए । ‘फुटबल पिचदेखि सगरमाथाको शिखरसम्म’ शीर्षकमा आयोजित कार्यक्रममा उनले फुटबलसँग जोडिएको आफ्नो यात्रा र सगरमाथा आरोहणको अनुभवसमेत साझा गरे ।

फुटबलदेखि विश्व कीर्तिमानसम्म

काठमाडौंको टोखामा जन्मिएका डंगोलले सानैदेखि फुटबल खेल्न थालेका थिए । अन्डर–१४ राष्ट्रिय लिगबाट फुटबल यात्रा सुरु गरेका उनले नेपालको ए डिभिजन क्लब ब्रिगेड ब्वाइजबाट खेलेका थिए । त्यसपछि मनाङ मर्स्याङ्दी, फ्रेन्ड्स क्लब र बाँसबारीलगायतका क्लबबाट विभिन्न लिगमा सहभागीता जनाएका थिए ।

झन्डै आठ–नौ वर्ष फुटबल खेलेका उनी अन्डर–१९ राष्ट्रिय टोलीमा समेत छनोट भएका थिए । तर, स्वास्थ्य समस्या र चोटका कारण राष्ट्रिय टोलीबाट खेल्ने अवसर भने पाएनन् ।

नेपालमै बीबीए अध्ययन पूरा गरेका डंगोल सन् २०२१ मा थप अध्ययनका लागि बेलायत आएका थिए । उनले सन् २०२२ मा बर्मिङ्घम सिटी युनिभर्सिटीबाट म्यानेजमेन्ट एन्ड इन्टरनेसनल बिजनेसमा स्नातकोत्तर गरेका थिए ।

बेलायत आएपछि पनि फुटबललाई निरन्तरता दिएका उनले बर्मिङ्घम टाइगर्स, साल्टली स्टालियन्स र गुरु रविदासलगायतका क्लबबाट सेमीप्रो तथा नन–लिग फुटबल खेले । विभिन्न नेपाली फुटबल प्रतियोगितामा समेत सहभागी हुँदै आएका उनी हाल फ्रुट क्वालिटी टेक्निसियनका रूपमा इन्स्पेक्सनसम्बन्धी काम गर्छन् ।

 सगरमाथा आरोहण

फुटबल जगलिङमा २ विश्व कीर्तिमान कायम गरेका डंगोलले विश्वको सर्वोच्च शिखर सगरमाथाको समेत सफल आरोहण गरेका छन् । सगरमाथा आरोहण उनको बाल्यकालदेखिकै सपना देखेका थिए ।

सन् २०२५ अप्रिल १९ मा ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमाल आरोहण गरेका उनले मे १४ मा सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए ।

आफ्नो जीवनमा विशेष उपलब्धि हासिल गर्ने प्रेरणा आमाबुबाको संघर्षबाट पाएको उनले बताए । आमाबुबाले जीवनमा गरेको संघर्ष नजिकबाट देखेका कारण आफूले पनि मेहनत गरेर केही उपलब्धि हासिल गर्ने अठोट लिएको उनको भनाइ थियो ।

आत्मविश्वास

साजनको सफलतापछाडि लामो र कठोर अभ्यासको कथा छ । बाल्यकालमा फुटबल खेल्ने समयदेखि नै नियमित प्रशिक्षणपछि पनि खुट्टा थकाउन र आफूलाई थप चुनौती दिन जगलिङ गर्ने गरेको उनले सुनाए । ‘हामीले आफूलाई आफैंले चुनौती दिनुपर्छ । धेरै मानिसले आफ्नो सीमा निर्धारण गर्छन्, तर आफ्नो क्षमता कति छ भन्ने कुरा आफैंले परीक्षण गर्नुपर्छ,’ उनले भने, ‘जुनसुकै लक्ष्य चुनौतीपूर्ण र कठिन भए पनि मेहनत, लगाव र निरन्तरताका साथ अघि बढ्यौं भने हासिल गर्न सकिन्छ ।’

कार्यक्रममा विवेक खातीले सहजीकरण गर्दै डंगोलको फुटबल यात्रा र विश्व कीर्तिमानबारे जानकारी गराएका थिए । उनका सहकर्मी दिनेश थापा तथा विदेशी मूलका केही सहकर्मी खेलाडीले पनि डंगोलको कठोर मेहनत र दृढ संकल्पको प्रशंसा गर्दै उनको यात्राबाट सबैले प्रेरणा लिन सक्ने  जनाए।

सोही अवसरमा डंगोलको जीवन, फुटबल यात्रा, सगरमाथा आरोहण, संघर्ष र विश्व कीर्तिमानको उपलब्धि समेटिएको संक्षिप्त भिडियो सामग्री प्रदर्शन गरिएको थियो । त्यस्तै, जानकी सिंजालीले डंगोलको जीवनमा केन्द्रित रहेर निर्माण भइरहेको डकुमेन्ट्रीबारे जानकारी गराइन् ।

 

यो पनि पढ्नुहोस्

विराटनगरलाई जित्नैपर्ने दबाब

विराटनगरलाई जित्नैपर्ने दबाब

८ घण्टा अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेलहरू हुने

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अभियानकर्मी राजीव श्रेष्ठ काठमाडौं महानगरको प्रमुख पदमा उम्मेदवारी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सोलुखुम्बुमा हेलिकोप्टर ठोक्किँदा एक जनाको मृत्यु

पुराना मधेशी दलप्रति जनताको भरोसा कमजोर

वैदिक विश्वविद्यालय स्थापना कार्यान्वयनमा लैजानुपर्नेमा जोड

सेयर काराेबार बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक