काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक शनिबार बिहान ११ बजे बस्दैछ। पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा छलफल हुने तय भएको प्रवक्ता जगदिश खरेलले सिधाकुरालाई जनाए।
‘अहिलेको समसामयिक विषयमा नै छलफल गर्न बैठक बस्न लागेको हो,’ उनले भने।
शुक्रबार सञ्चारमाध्यमहरूमा प्रहरी पसेर धरपकड गरेको भन्दै सरकारको आलोचना भइरहेको छ। यही पृष्ठभूमिमा रास्वपाको सचिवालय बैठक बस्न लागेको हो।
