काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सामान्य हृदयाघात भएपछि धुम्बाराहीस्थित हेम्स अस्पतालमा भर्ना भएका खनालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ ।
अस्पताल स्रोतका अनुसार आइतबार भर्ना हुँदा उनको अवस्था असहज रहे पनि अहिले सामान्य छ । उनको उपचार डा. रोशन राउतसहितको चिकित्सक टोलीले गरिरहेको अस्पतालले जनाएको छ ।
खनालका प्रेस सहयोगी मिलन उपाध्यायका अनुसार अस्पतालले उनलाई मंगलबार साँझ वा बुधबार बिहान डिस्चार्ज गर्ने तयारी गर्न जानकारी दिएको छ ।

