मङ्ल, कार्तिक ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गायिका आनी छोइङ डोल्मा सम्पत्ति शुद्धीकरणसम्बन्धी विवादमा

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
गायिका आनी छोइङ डोल्मा सम्पत्ति शुद्धीकरणसम्बन्धी विवादमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रसिद्ध बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयसँगै उनीमाथिको पुरानो सम्पत्ति शुद्धीकरणसम्बन्धी विवाद पुनः सतहमा आएको छ ।

विवादित आर्थिक पृष्ठभूमिका कारण उनको यो नियुक्तिले सुशासन र नैतिक आचरणमाथि गम्भीर प्रश्न खडा गरेको छ ।

गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ (१) (ख) बमोजिम डोल्मालाई कोषको उपाध्यक्षमा मनोनीत गरेको थियो । बौद्ध आस्थाको अन्तर्राष्ट्रिय केन्द्रमा स्रोत नखुलेको रकम भित्र्याएर अनुसन्धानको दायरामा तानिएकी व्यक्तिलाई जिम्मेवारी दिइएपछि चौतर्फी आलोचना सुरु भएको छ ।

आनी छोइङ डोल्मामाथिको विवादको मुख्य कारण २०७५ सालमा हङकङबाट उनको बैंक खातामा आएको स्रोत नखुलेको ठुलो रकम हो । विदेशबाट नेपाल रकम भित्र्याउँदा सम्बन्धित नियामक निकायलाई पूर्वजानकारी र अनुमति नलिई हङकङका नागरिक लियाङ चुङ हाङ र जियोरीले तत्कालीन मेगा बैंकमा खोलिएको आनीको खातामा तीन दिनभित्र धमाधम रकम जम्मा गरेका थिए ।

पहिलो पटक आनीको खातामा २०७५ वैशाख २६ मा ५ लाख ७९ हजार ९८० अमेरिकी डलर, दोस्रो पटक २०७५ वैशाख २७ मा ५ लाख ३९ हजार ९८० अमेरिकी डलर, तेस्रो पटक २०७५ वैशाख २८ मा ५ लाख २९ हजार ९८० अमेरिकी डलर आएको थियो ।

कुल १६ लाख ४९ हजार ९४० अमेरिकी डलर (हालको विनिमय दरअनुसार करिब २५ करोड ११ लाख रुपैयाँ) खातामा आएपछि बैंकले आनीलाई रकमको वैधानिक स्रोत खुलाउन आग्रह गरेको थियो । तर, आवश्यक प्रमाण र स्रोत पेस गर्न नसकेपछि २०७५ वैशाख २७ पछि बैंक खातामा रहेको रकम नेपाल राष्ट्र बैंकको निर्देशनमा रोक्का गरिएको थियो ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले विदेशी विनिमय तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण ऐनअनुसार शंकास्पद कारोबार ठहर गर्दै थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको थियो ।

अनुसन्धान प्रक्रिया अघि बढेपछि भने राजनीतिक दबाब र प्रभावका कारण यो प्रकरण सामसुम पारिएको आरोप छ । खाता रोक्का भएको करिब दुई महिनापछि २०७५ साउनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चालन गरेको ‘जनतासँग प्रधानमन्त्री’ टेलिभिजन कार्यक्रममा पुगेर आनीले तुइन विस्थापन कोषका लागि १ करोड रुपैयाँ सहयोगको घोषणा गरेकी थिइन् । ओलीको तुइन विस्थापन कार्यक्रममा आनीले १ करोड रुपैयाँ सहयोग गरेसँगै स्रोत खुलाउन नसकेको उनको रकम फुकुवा गरिएको थियो ।

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति रद्द गर्न जेनजी नागरिक अभियानको माग

शंकास्पद रकम छानबिनको घेरामा रहेकै बेला राज्यसत्ताको प्रमुख नेतृत्वसँगको यो निकटतालाई लिएर त्यतिबेला पनि प्रश्न उठेको थियो । त्यसपछि अनुसन्धान विभागमा रहेको फाइल अघि बढ्न सकेन भने राजनीतिक दबाबमै सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान हुन सकेन । आनीले काठमाडौँको फर्पिङमा सन् २००० देखि ‘आर्यतारा विद्यालय’ सञ्चालन गर्दै आएकी छन् । उक्त रकम समाजसेवाकै लागि आएको दाबी गर्दै आए पनि त्यसको कानुनी तथा वित्तीय परीक्षण भने पारदर्शी रूपमा टुंगो लाग्न सकेको छैन ।

सम्पत्ति शुद्धीकरण जस्तो अन्तर्राष्ट्रिय चासोको विषयमा नाम मुछिएको र स्पष्ट रुपमा कानुनी सफाइ नपाएको अवस्थामा राज्यका महत्त्वपूर्ण पदमा नियुक्ति गरिनुले कानुनी राज्यको उपहास भएको छ । आनीले गत भदौ १० गते भोटेकोशी बाढीको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख १ हजार रुपैयाँ सहयोग गरेकी छन्।

प्रधानमन्त्री राहत कोष वा सरकारी अभियानमा आर्थिक सहयोग गरेकै भरमा गम्भीर वित्तीय अनियमितताका मुद्दाहरू दबाउने र त्यसको बदलामा राजकीय पद उपहार दिने ‘दलीय संरक्षण’को प्रवृत्ति यस नियुक्तिले पुनः उजागर गरेको छ ।

यो पनि पढ्नुहोस्

बेनी–जोमसोम–कोरला सडकमा क्षति

बेनी–जोमसोम–कोरला सडकमा क्षति

२ घण्टा अगाडि
पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको महासम्मेलन हुने

पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको महासम्मेलन हुने

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भरत सामरी बने अन्तर्राष्ट्रिय प्रतियोगिताको निर्णायक बन्ने पहिलो नेपाली

गृहमन्त्री लरेन नुनेजले दिएको राजीनामा अस्वीकार

कतारद्वारा नयाँ क्षेत्रीय रक्षा साझेदारीको घोषणा

कोप–३१ मा जलवायुलाई प्राथमिकताका साथ उठाउने

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक