आइत, कार्तिक ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अपराधीको गतिभन्दा छिटो कदम चाल्नुपर्नेमा जोड

धारणा न्यूज by धारणा न्यूज
१ हप्ता अगाडि
Reading Time: 1 min read
0
अपराधीको गतिभन्दा छिटो कदम चाल्नुपर्नेमा जोड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपालले बढ्दो अन्तरदेशीय अपराध नियन्त्रणका लागि सदस्य राष्ट्रहरूबीच सीमाभन्दा बलियो सहकार्य र अपराधीको गतिभन्दा छिटो कदम चाल्नुपर्नेमा जोड दिएका छन्। भारतमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा नेपालको तर्फबाट सहभागी उनले यस्तो उक्त धारणा राखेका हुन् ।

आतंकवाद, मानव बेचबिखन, लागुऔषध तस्करी, सम्पत्ति शुद्धीकरण र साइबर अपराधजस्ता सुरक्षा चुनौतीहरू बढ्दै गएको सन्दर्भमा भावी पुस्ताको सुरक्षित भविष्यका लागि यो बैठक महत्त्वपूर्ण रहेको उनको भनाइ छ। अपराध नियन्त्रणका लागि प्रभावकारी सूचना आदानप्रदान, अत्याधुनिक प्रविधिको प्रयोग र संयुक्त क्षेत्रीय पहल अपरिहार्य रहेको उनले प्रष्ट पारेका छन् ।

बैठकमा प्राकृतिक विपत्तिले कुनै सीमा नचिन्ने यथार्थलाई मध्यनजर गर्दै बिमस्टेकअन्तर्गत क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य संयन्त्र र संयुक्त कार्यदल गठन गर्न नेपालले औपचारिक प्रस्ताव अघि सारेको छ।

यसैबीच, बैठकका क्रममा भारतीय गृहमन्त्री अमित शाहसँग द्विदेशीय साझा सुरक्षा चासोका विषयमा द्विपक्षीय छलफल भएको छ। भेटमा दुवै देशका गृहमन्त्रीहरूले सीमा सुरक्षाका विविध आयाम र नवीनतम मामिलाहरूमा आपसी समन्वय तथा सहकार्य प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन्।

भेटका क्रममा नेपाली उद्योगी तथा व्यापारीहरूले भारतीय बजार पहुँचमा भोग्नुपरेका चुनौती र भारतमा रहेका प्रवासी नेपालीका समस्याबारे समेत कुराकानी भएको थियो। उक्त समस्या समाधानका लागि भारतीय पक्षबाट आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको गृहमन्त्री गुरुङले बताएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात

भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात

९ मिनेट अगाडि
आज मौसम सफा रहने

पाँच दिन देशका विभिन्न क्षेत्रमा आंशिक बदली हुने

१३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

म्याग्दीको सडक पुनर्निर्माण गर्न नौ करोड रुपैयाँ लाग्ने

नेपालको पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

प्यालेस्टाइनलाई छुट्टै स्वतन्त्र राष्ट्र बनाउने पक्षमा छैन इजरायल

आज कोजाग्रत पूर्णिमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक